पुरातन अन्त्य, नूतन उदय

salik subediशालिक सुवेदी

कार्लमाक्र्सले अघि सारेका दृष्टिकोण सामयिक थिए, अझै सान्दर्भिक छन् तर बुझ्न नसकिएको कुरा के हो भने माक्र्सवादको खोल र यज्ञोपवित धारण गर्ने माक्र्सवादी ब्राह्मणहरू नाममा माक्र्सवादी, व्यवहारमा अवसरवादी हुन मिल्छ कि मिल्दैन ?
माक्र्र्सले आफ्नो विचारलाई द्वन्द्वात्मक भौतिकवाद (डाइलेक्टीकल मेटेरियालिजम्)भनेर लिपिबद्ध गरे जुन हेगलको द्वन्द्वात्मक विचारवाद (डाइलेक्टीकल स्पीरीचुवालीजम्) को सिधा खण्डन थियो ।   द्वन्द्व  विचारमा होइन वस्तुमा हो, उपलब्धतामा हो, पहुँचमा हो, सुविधामा हो भने त्यो वाद फ्रेडिक नित्से, सिग्मण्ड फ्रायडको संवेदनात्मक द्वन्द्ववाद (डाइलेक्टिकल इमोस्नालिजम्) भन्दा पनि फरक थियो ।   
अहिले विचार र संवेदना नै वस्तुमा परिणत भइसकेको अवस्था छ ।   खासमा न त वस्तुवाद छ न विचारवाद ।   न संवेदनावाद नै ।   यी सबै शून्यवादको (निहिलिजम्) साहारामा छट्पटाइरहेको अवसरवाद हो ।   मेकानिकल अपरच्युनिटीजम (भौतिक अवसरवाद) छ ।    
माक्र्सले आफ्नो व्यवहारवादी दृष्टिकोणमा अतिरिक्त मूल्य (सरप्लस भ्याल्यु) को नवीनतम् दृष्टिकोण अघि सारे, जुन उनको युग, हाम्रो युग र पछि हाम्रा सन्ततिको युग प्रयोगवादी वा उपयोगवादी समाज रहेसम्म निरन्तर सापेक्ष विश्लेषण र प्रयोग भइरहनेछ ।   माक्र्सवादकै विषयमा हालका सञ्चारमन्त्री सुरेन्द्र कार्कीको विश्लेषण छ–“माक्र्सवाद एउटा त्यस्तो व्यावहारिक दर्शन हो, जुन दर्शनमा दुई शब्द नथपी त्यसको विश्लेषण हुँदैन ।  ” यसमा  सहमति जनााउन सकिन्छ ।   दर्शन आफैँमा अनुभवसिद्ध नहुन सक्छ ।   यो त सापेक्ष वस्तुवादले जन्माउने विश्लेषण हो तर माक्र्सवादको व्याख्या वा प्रयोग गलत ढङ्गबाट गर्ने होइन ।  
आश्चर्य लागेको विषय छ, माक्र्सले निषेधको निषेध (नेगेशन अफ नेगेशन) मा पुरातन अन्त्य, नूतन उदय भनेका छन् ।   जसले आफ्नो नाममा माक्र्स झुण्डाउँछन्, आफ्नो सिद्धान्तमा माक्र्सवाद राख्छन्, घोषणापत्रका शब्द शब्दलाई माक्र्सवादी रङ्गले पोत्छन्, उसले पुरातन अन्त्य, नूतन उदयको मार्ग रोज्छ तर यहाँ एउटा क्लिष्ट राष्ट्रवादको आवरणमा माक्र्सवादको टुप्पी पाली उग्रराष्ट्रवादको टोपी लगाएर अवसरवादको शिकार गर्ने शिकारी प्रवृत्ति विस्तारित देखिँदैछ ।   
प्रसङ्ग संविधान संशोेधन र कार्यान्वयनको हो ।   वैयक्तिक वैभव, सामाजिक आर्कषण र सांस्कृतिक रङ्ग केवल अहंकार र आत्मवाद (मेगालोमेनिक एनिमिजम्) हो ।   नेपाल सार्वभौम, नेपाली सार्वभौम बनाउने आन्दोलन (आन्दोलनको रूप फरक–फरक थियो) को परिणाम २०७२ मा बनेको संविधान नेपालको आलोक हो ।   नेपालीको विनोद हो ।   मुस्कुराउँदै गरेको हिमशृङ्खला हो ।   पहाडको बाँसबाट बनेको बाँसुरीको समुधुर ध्वनि हो ।   अनि तराईको लहलह गरी फैलिएको धानका वाला अर्थात् भोक मेटाउने भोजन पनि हो ।    
यो असन्तुष्टिको पहाड होइन, सन्तुष्टिको सागर हो, जुन सागर बन्दा वा बनाउँदा छुटेका केही नदी, खोला, नाला असन्तुष्ट छन् र भनिरहेका छन् सागरमा हामी पनि मिसिन पाउनुपर्छ ।   यो जायज छ ।   निर्माण आवश्यक छ, बृहत सागरको ।   सबैले डुबुल्की मार्न पाउने, सबैले उत्रिन पाउने र सबैले निशङ्कोच अभयका साथ बग्न पाउने पवित्र नेपाल राष्ट्रको, आम नेपालीको सागर बन्न आवश्यक छ ।   यो नै नूतन हो ।   यो नै विकास हो ।   यो नै सम्मृद्धि र शान्ति पनि हो ।   
अमेरिकामा डोनाल्ड ट्रम्पको उदय नूतन हो ।   भारतमा नरेन्द्र मोदीको विजय नूतन हो ।   अमेरिकी संविधानको २७ औँ पटकको संशोधन र स्वीकार्यता नूतन हो ।   भारतमा १०१ पटक संविधानको संशोधन र प्रदेशको विस्तार सबै नूतन हुन् ।   
नूतनको बीउ रोपिएको छ तर नूतनवादको भाषणमा घनघोर पृष्ठपोषक, उग्रराष्ट्रवादको मुकुण्डो ओढेर अवसरवादको ढोका ढक्ढक्याउने माक्र्सवादीहरूको संविधान संशोेधन विरोधी क्रियाकलाप, अभिव्यक्ति र ताली संदिग्ध छ र प्रत्युत्पादक पनि ।   संसद्मा दर्ता संविधान संशोधन प्रस्तावमाथि छलफल, संशोधन र फेरि संशोधन गरी विशाल नेपालको संविधान बनाउने अभीष्ट छ, जसलाई सरकारले संसद्मा दर्ता गराएर ।   सरकारले दर्ता गरेको संशोधन अन्तिम विषयवस्तु होइन, त्यसमा राजनीतिक दलले संस्थागत र सांसदले व्यक्तिगत संशोधन राख्न पाउँछन् ।   सबैले आ–आफ्नो संशोधन राखी अगाडि बढ्ने बाटो खुलेको मात्र हो, बन्द भएको होइन ।   संविधान कार्यान्वयनको साझा अभीष्ट पूरा गर्न प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्न छोडी जनर्निवाचित प्रतिनिधिहरूको छलफलको साझा डबली संसद्लाई वैचारिक मतैक्य वा अनेकताबीच एकताको आधिकारिक स्थल बनाउनु जरुरी छ ।   लोकतन्त्र मान्ने, आपूmलाई लोकतान्त्रिक दल भन्ने र लोकतान्त्रिक समाज निर्माणको अभियन्ता ठान्ने राजनीतिक दल र तिनका नेतृत्व लोकतान्त्रिक पद्धतिबाट निर्वाचित संसद्लाई अविश्वास, वेवास्ता र अपमान गरी संसदीय सभ्यतामा नै आँच आउने ढङ्गबाट संसद्को ढोका बन्द गर्न खोज्नु अलोकतान्त्रिक चरित्र पो हो कि ? जनता प्रश्न गर्छन् ।   त्यसैले संसद् चल्नुपर्छ ।   चलाउनका लागिकै लागि सहमति, दुईतिहाई बहुमत, सामान्य बहुमत र अल्पमतको व्यवस्था भएको हो ।   संसद् चल्न नदिनु र नचलेकोमा ताली बजाउने प्रवृत्तिले बहुलवाद, आवधिक निर्वाचन र अन्तत्वगत्वा लोकतान्त्रिक संस्कारलाई कमजोर बनाई निरङ्कुश प्रवृत्ति बलियो बनाउन सघाइरहेको हुन्छ ।   
आपूmलाई माक्र्सवादी भन्नेहरूले आफ्नो नामप्रति, वादप्रति र सिद्धान्तप्रति व्यावहारिक रूपमा देखिएको संशयलाई हटाउन मार्ग प्रशस्त गर्नुपर्छ ।   संसद्मा नै मत र विमतको अभिव्यक्ति दिनुपर्छ ।   जे नतिजा आउँछ, स्वीकार गर्न तयार हुनुपर्छ ।   त्यसले नै नेपाली राजनीतिमा नयाँ नूतनको अभ्यास हुनेछ ।   


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना