अकोराबमा खतिवडा निर्वाचित

काठमाडौँ , पुस २३ गते । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित हुनुभएको छ ।

यहाँ सम्पन्न सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले एक सय ४२ मत ल्याई निर्वाचित हुनु निर्वाचन समितिका सदस्य नेत्र केसीले जानकारी गराउनुभयो । उहाँका प्रतिद्वन्द्वी किशोरजङ्ग थापाले एक सय ३२ मत ल्याउनुभएको थियो । कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला)मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस)मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति)मा अर्जुनकुमार राई विजय भएका छन् । सङ्घका महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक हुनुहुन्छ ।

त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र नरेन्द्रप्रसाद भट्ट निर्वाचित हुनुभएको छ ।

प्रदेश अध्यक्ष सङ्घको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ । ।अधिवेशनको शुक्रबार सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गर्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना