राजनीतिभित्र महिला हिंसा

 mina shresthaमीना श्रेष्ठ


 

सन् १९९९ मा राष्ट्रसङ्घको महासभाले नोभेम्बर २५ लाई विश्वभर महिला हिंसाको विरुद्धको दिवस मनाउने घोषणा ग¥यो ।  विगत केही वर्षदेखि नेपालमा पनि विभिन्न कार्यक्रम गरी महिलावादी सङ्घ संस्था र राजनीतिक दलहरूले समेत १६ दिने अभियान, महिला हिंसा विरुद्ध तथा समानताका लागि विभिन्न अभियान चलाउने गरिन्छ ।  मुलुकमा महिला नै राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस भइसकेको अवस्था छ तर पनि महिला पुरुष समान भन्ने भनाइ चरितार्थ हुन सकेको छैन ।  अधिकारको विषयलाई उठाइने राजनीतिक क्षेत्रमा पनि पार्टीहरूका घोषणा पत्रमा भनेजस्तो या सार्वजनिक रूपमा बोलेजस्तो महिला सहभागिता गराउन सकिएको छैन ।  नेपालका ठूला राजनीतिक दलमै पनि उपल्लो तहमा भनिंँदै आएको ३३ प्रतिशत महिला सहभागिता पु¥याउन सकिएको छैन ।  हाल नेपाली काँग्रेसको केन्द्रीय तहमा महिलाको उपस्थिति १८ प्रतिशत, नेकपा एमालेको २२ प्रतिशत र नेकपा माओवादीमा जम्मा १२ प्रतिशत रहेको छ ।  
अधिकार र मुक्तिको कुरा गरिने राजनीतिक क्षेत्रभित्र हुने गरेका हिंसाहरू बाहिर आउने गरेको पाइन्न ।  बोलेर नै राजनीति गरिन्छ तर राजनीतिभित्र हुने गरेका हिंसाको बारेमा बोल्न सकिन्न ।  हिंसाको बारेमा आवाज उठाए अनुशासनको कारबाहीको विषय बनाइन्छ ।  महिलालाई समानता होइन मातहतले प्रश्रय पाइरहेको छ ।  पुरुषको मातहत रहेर काम गर्दा राम्रो हुने तर त्यही पुरुषसरह समान भइसकेपछि महिलाका तिलजत्रो गल्तीलाई पहाड बनाएर आलोचनाको शिकार बनाएर चरित्र हत्यासमेत गर्नपछि परिन्न ।  आफ्ना व्यक्तिगत समस्याहरूसँगको सङ्र्घषलाई थाँती राख्दै राजनीतिक क्षेत्रमा लागेकाहरू जति नै योग्य भए पनि योग्यताको कदर गरिन्न ।  उसको कार्यकाल पूरा नहुञ्जेल शङ्काको दृष्टिले हेरिन्छ ।  चिन्तन अझै पनि पितृसत्तात्मक नै रहेको पाइन्छ ।  आवाज सुन्ने ठाँउमा महिला सङ्ख्या न्यून रहेको छ ।  अधिकांश पुरुष नै हुने गरेका छन् ।  
त्यसो त महिला नेतृत्व पनि पुरुष चिन्तनले ओतप्रोत पाइन्छ ।  आफूसरहको महिला आफूभन्दा सक्षम देखिंँदा, स्वस्थ प्रतिस्पर्धा गर्न नसके महिलाको अधिकार र अवसर महिलाले नै पनि हनन गर्ने गरेको पाइन्छ ।  उल्लेखनीय काम गर्दा पनि ओठ लेप्राउने, चियो गर्ने गरिन्छ ।  अनावश्यक कुरा काटेर चर्चाको विषय बनाइन्छ ।  कोसँग कतिबेर बोली ? देखि लिएर कहाँ गई ? सम्मको चर्चा गरिन्छ ।  महिलाहरूलाई पुरुष सहारा चाहिन्छ भन्ने मानसिकताले महिलाहरू हिंसा सहिरहन्छन् ।  हुन पनि पुरुष सहारा भएका महिलाहरू नै लामो समयसम्म टिकिरहेको र शक्तिशाली भएर रहेको पाइन्छ ।  पति, पिता, काका, दाइ, भाइ सम्बन्धले आशीर्वाद पाएका महिलालाई भन्दा पुरुषको आशीर्वाद नभएका महिला नेतालाई ओझेलमै पारिन्छ ।  पार्टी कमिटी या पार्टीका जनवर्गीय सङ्गठनमा सक्रिय अधिकांश महिला नेताहरूलाई एक न एकजना पुरुष नेतासँग नाम जोड्ने गरेको पाइन्छ ।  अझ अविवाहित र एकल महिलामा यस्ता लाञ्छना अत्यधिक लगाइने गरेको पाइन्छ ।  परापूर्वकालदेखि, पञ्चायतकालदेखि नै विना प्रमाणित बेतुकका नाम जोडेर महिला अगुवालाई अनावश्यक बदनाम गराउन खोज्ने प्रवृत्ति छ ।  अचम्मको कुरा त के भने यस्तो बद्नाम गर्ने काममा महिला आफैँ पनि सामेल हुन्छन् ।  राजनीतिभित्र पनि महिलाले महिलालाई हिंसा गरिरहेका हुन्छन् ।
हरेक क्षेत्रमा एक तिहाइ महिला भनिए पनि कुनै पार्टीको केन्द्रीय कमिटीमा महिला नै नभएको उदाहरण पनि पाइन्छ ।  पार्टीको भुइ तहमै ३३ प्रतिशत पु¥याए मात्र गाउँ, नगर, क्षेत्र, जिल्ला प्रदेश हँुदै केन्द्रमा ३३ प्रतिशत महिला सहभागिता पु¥याउन सकिन्छ ।  अहिले अमेरिका र भारतभन्दा नेपालको संसद्मा महिला प्रतिनिधित्व बढी छ तर सङ्ख्या बढी भएर मात्र हुन्न, प्रभाव पनि बढी देखिनुपर्छ ।  अवसरलाई चुनौतीको रूपमा सदुपयोग गर्नुपर्छ ।
दलभित्र गुटगत हिंसा पनि मौलाएको पाइन्छ ।  एक गुटले अर्को गुटको महिलालाई खेदो गर्ने गरेको पाइन्छ ।  प्रभावशाली र समर्थनमा समूह तयार भए गुटबन्दी गरेको आरोपमा तिलको पहाड बनाएर सानातिना त्रुटिलाई आलोचना गर्दै कारबाही गरेर चरित्र हत्यासमेत गर्दै पाखा लगाउन खोजिन्छ ।  एउटै गल्ती महिला र पुरुषले गरेको छ भने पुरुषलाई सफाइ दिइन्छ तर महिलालाई दोषी बनाइन्छ ।  यो पनि राजनीतिभित्रको महिला हिंसाको चरम रूप हो ।  महिलाले मुलुकका लागि, पार्टीका लागि के कति उपलब्धिमूलक काम गरिन्, कति त्याग गरिन् त्यो खोजिन्न ।  आफ्नै दलभित्रको नेतृत्वलाई समर्थन गर्दा गुटबन्दीको आरोप लगाएर पुरुषलाई कारबाही गर्न नसकेर महिलालाई कारबाहीको प्रक्रियामा पु¥याइन्छ ।  यस्ता हिंसाका कारण राजनीतिक दलमा महिलाको विकास र प्रभाव अपेक्षित रूपमा देखिन सक्दैन ।  
राजनीतिक क्षेत्रभित्र महिलालाई अवसरको वातावरण बनाइनु आवश्यक छ अनि मात्र समानताको समाज निर्माण गर्न सकिन्छ ।  महिलाले पनि राजनीतिभित्र आफूले भोगेका, आइपरेका हिंसायुक्त व्यवहारलाई खुलेर भन्न सक्नुपर्छ ।  हिंसाका प्रमुख कारण पत्ता लगाउनुपर्छ ।  हजारौँ वर्षदेखि लादिएको पुरुष चिन्तनबाट मुक्त हुनैपर्छ ।  आग्रह पूर्वाग्रह छाडेर महिला हकहितको निम्ति एकजुट हुनुपर्छ ।  
जबसम्म राजनीतिक क्षेत्रमा भइरहेको हिंसालाई अन्त गर्न सकिन्न तबसम्म महिलाका हितलाई सामूहिक हित बनाउनुपर्छ ।  पार्टीको विधान र मुलुकको संविधानमा महिलाका लागि प्रशस्त अवसर र अधिकार भए पनि महिलालाई सक्षम बनाउन जति पहल गरिनुपर्ने त्यो पहल भएको पाइँदैन ।  यसका लागि राज्य र पार्टीले महिलालाई सक्षम बनाउन पहल गर्नुपर्छ भने महिला आफूले पनि आफूभित्र भएको दास मनोवृत्तिलाई फ्याक्न सक्नुपर्छ  महिलाले अवसरका लागि पर्खने होइन, तिनलाई दिइनुपर्छ ।  महिलाले पुरुषसरह आफ्नो क्षमताअनुसार राजनीतिमा भाग लिन सक्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना