सम्झौताको राजनीति

dinanath_sharmaदीनानाथ शर्मा

 

समाज अग्रगामी छ । राजनीति यथास्थितिवादी, पश्चगामी । समाज छलाङ् मारेर अगाडि जान चाहन्छ । यसले अग्रगमनको वकालत गर्छ । अग्रगमनका लागि विश्वमा ठूल्ठूला क्रान्ति हुँदै आएका छन् । समय अग्रगामी छ । राजनीतिले समयको प्रवाह रोक्न प्रयत्न गर्छ । समयको छाललाई बाँधेर केहीबेर रोकिएला सधैँ सम्भव छैन । समाज प्रतिकूल राजनीतिको बाँधलाई समय र समाजले भत्काउँदै अगाडि बढ्छ । यही अन्तरविरोधको बीचबाट राजनीतिक प्रणालीको विकास हुँदै अगाडि बढेको छ ।
प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले आफ्नो आत्मवृत्तान्तमा ‘राजनीति कहिले पनि समाज अनुकूल हुँदैन’ भनेका छन् । उनी राजनीतिज्ञ होइनन् तर राजनीतिको वैज्ञानिक सारतìव विश्व राजनीतिक रंगमञ्चमा पेस गरेका छन् । विश्व राजनीतिक इतिहासको आजसम्मको अध्ययन र अनुसन्धानपछिको वैज्ञानिक निष्कर्ष हो यो । विश्व राजनीतिमा जति पनि उतारचढाव र परिवर्तन भए, त्यसमा जनता खुसी र सन्तोषी छैन ।
परमाणु वैज्ञानिक आइन्स्टाइन जीवनभर अध्ययन अनुसन्धान र वैज्ञानिक परीक्षणमा समय बिताए । परमाणुको सबभन्दा सानो एकाइ भित्र असीमित गतिशील ऊर्जाशक्ति हुन्छ भन्ने पत्ता लगाए । उनको नयाँ आविष्कारको दुरुपयोग गरेर पेन्टागनले हिरोसिमा र नागासाकीमा परमाणु बम पड्काएर लाखौँ जापानीलाई एकै चिहान बनायो । परमाणुभित्रको गतिशील ऊर्जा उत्सर्जन गर्न सफल वैज्ञानिक आइन्स्टाइनले मानव चेतनाभित्र पनि त्यसै प्रकारको ऊर्जा अन्तरनिहित छ भन्ने सन्देश दिए ।
नेपाली राजनीतिक आन्दोलनको पछिल्लो शताब्दीको इतिहास अध्ययनले पनि त्यही कुराको पुष्टि गर्छ । नेपालको राजनीति कहिल्यै पनि नेपाल राष्ट्र, नेपाली जनता र नेपाली समाज अनुकूल हुन सकेन । नेपाली जनताले अग्रगमनको पक्षमा इतिहासको विभिन्न कालखण्डमा क्रान्ति गरे । प्रतिगामीहरूले क्रान्तिका उपलब्धिलाई समाप्त गरे ।
दिल्ली सम्झौताले २००७ सालको आन्दोलन टुङ्ग्याइदियो । जनताले क्रान्ति गरे । नेतृत्वले सम्झौता गरेर परिवर्तनका एजेण्डा तुहाउने काम भयो । राणा, राजा, भारतीय दरबारको शक्तिसन्तुलन र स्वार्थ केन्द्रित थियो दिल्ली सम्झौता । संविधानसभा थला प¥यो । ०१५ को आम निर्वाचन प्रतिगामी निरङ्कुशताको कारक बन्यो । समय र समाजले परिवर्तन खोज्यो । सत्ताले निरंकुशता लाद्यो । नेपालको राष्ट्रिय राजनीतिको आधा शताब्दी त्यसरी नै बित्यो । ०९७ सालका शहीदले बगाएको रगतको अपमान र अवमूल्यन भयो । नेपालको राष्ट्रिय राजनीति नेपाली समाज अनुकूल हुन सकेन ।
०४६ सालमा समाजले परिवर्तनका लागि अर्को बलिदान ग¥यो । पञ्चायत गयो । सामन्ती राजतन्त्रसित सम्झौता भयो । संविधानमा प्रतिगमनकारी छिद्रहरू खोपिए । तरल राजनीति चुहियो । मोटो सामन्ती राजतन्त्र र सामन्तवाद चाल्नोमा थिग्रियो । संविधान नेपाली जनभावना र समाज अनुकूल भएन । फेरि पनि आन्दोलनकारी शक्ति ठगियो । सत्ता साझेदारी र स्वार्थका लागि सामन्तवादको पाउमा टोपी राखेर प्रतिगामी र यथास्थितिवादी शक्तिहरूले भागबण्डा गरे । राष्ट्रिय अर्थतन्त्र धराशयी भयो । उद्योगहरू निजीकरण र बन्द गरिए । मजदुर बेरोजगार भए । अर्थतन्त्र चौपट भयो । दलाल र नोकरशाह वर्ग मालामाल भयो । फेरि पनि ०४६ सालपछिको राजनीतिक परिवर्तन समाज अनुकूल भएन ।
०५२ सालबाट सुरु भएको माओवादी जनयुद्धले पुराना सामाजिक सम्बन्धलाई भत्काइदियो । प्रतिगामी यथास्थितिवादी शक्ति हायलकायल भयो । पुरानो सत्ताका अंशियारभित्र अन्तरविरोध चक्र्यो । दरबार हत्याकाण्ड भयो । सत्ताभित्रको अन्तरविरोध चुलियो । निरङ्कुशता हावी भयो । माओवादीसित १२ बुँदे समझदारी गर्न बाध्य भयो । जनयुद्धको जगमा १९ दिने जनआन्दोलनले ‘दिल्ली सम्झौता’ कार्यान्वयन गर्न सफल भयो । अन्तरिम संविधान बन्यो । गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिकको व्यवस्था भयो । सत्ताका प्रतिगामी तथा यथास्थितिवादी अंशियारले परिवर्तन चाहेनन् । त्यही तìव कहिले सत्ता साझेदार त कहिले प्रतिपक्ष बन्यो । परिवर्तनका एजेण्डा भनौँ वा जनयुद्ध र जनआन्दोलनका उपलब्धि संस्थागत गर्न त्यो शक्ति नै बाधक बन्यो । ०६२÷०६३ को आन्दोलन पनि सम्झौतामा टुङ्गियो । राजतन्त्रको अन्त भयो । नयाँं रजौटाको उदय भयो । पछिल्लो चुनावमा त्यो शक्ति हावी भयो । संविधान कार्यान्वयनको एजेण्डा थला प¥यो । नेपालको राष्ट्रिय राजनीतिले यसरी नै गोलचक्कर काट्दै आएको छ । नेपाली राजनीतिमा अलबर्ट आइन्स्टाइनको वैज्ञानिक निचोड ‘राजनीति समाज अनुकूल हुँदैन’ भन्ने सत्य सिद्ध साबित भएको छ ।
कोट पुरानो हुन्छ, फेर्नुपर्छ । विचार पुरानो हुन्छ, बदलिनुपर्छ । पुरानो विचारले नयाँ युगको नेतृत्व गर्न सम्भव छैन । सामन्तवादलाई सलाम मारेका हातहरू जनताका अगाडि उठ्न गाह्रो भएको छ । अहिलेको राजनीति सम्झौताको राजनीति हो । पश्चगामी तìवसित सम्झौता गरेर अग्रगामी एजेण्डा स्थापित गर्न सम्भव छैन भन्ने कुराको हेक्का आन्दोलनकारी शक्तिहरूले राख्नै पर्छ । ००७ सालका एजेण्डा काँग्रेसले संस्थागत गर्न चार दशक जीवनमरणको सङ्घर्ष गर्नुपरेको इतिहास हाम्रै अगाडि छ ।
आइन्स्टाइनको भनाइ विश्व राजनीतिमा पनि लागू भएको छ । विश्व राजनीतिक परिस्थिति संकटपूर्ण अवस्थाबाट गुजे्रको छ । अमेरिकी लोकतन्त्रले त्यहाँका जनताको अपेक्षा पूरा गर्न सकेको छैन भन्ने कुरा पछिल्लो चुनावी परिणामले पुष्टि गर्छ । युरोपियन युनियनबाट अलग हुने बेलायती जनताको जनमतले विश्वभरिका शासक गुटलाई स्तब्ध बनाएको छ । समय बदलिन्छ । समाज परिवर्तन हुन्छ । आर्थिक सामाजिक सम्बन्धमा पनि परिवर्तन हुन्छ । त्यसैअनुसार पुरानो राजनीतिक प्रणाली थोत्रिन्छ । थोत्रा राजनीतिक प्रणाली बोकेर नयाँ युगको नेतृत्व हुन सक्दैन । पुरानो हठ पालेर नयाँ युगको नेता बन्न सम्भव छैन । मृत लासमा सास भर्न विज्ञानले पनि सक्दैन ।
नेपालमा प्रतिगमनकारी शक्ति र अग्रगामी सोचका बीच कडा टक्कर छ । अहिलेको राजनीतिक गत्यावरोध त्यसकै परिणाम हो । अग्रगामी विचार सधैँ कमजोर बनेको इतिहास हो । बीपी र पुष्पलालको अग्रगामी विचार कमजोर बन्यो । आफ्नै जीवनकालमा अपेक्षित परिवर्तनको अनुहार देख्न पाएनन् उनीहरूले । गणेशमान र गिरिजाको लोकतन्त्र बचाउन गाह्रो प¥यो प्रतिगामीबाट । जनयुद्धका उपलब्धि रक्षाको संकट परेको छ प्रचण्डलाई । यो इतिहासको विडम्बना हो । महेन्द्रले राष्ट्रियताको प्रतिगामी घोडा चढेर सीमित लोकतन्त्र मासिदिए । सङ्घीयता विरोधी तìवहरू उही बुढोघोडा चढेर सवार भएका छन् । सबै लोकतन्त्रवादीहरूलाई अराष्ट्रिय भनेर सरापिन्थ्यो । अहिले सबै सङ्घीयता, गणतन्त्र, समावेशी समानुपातिक भन्नेहरू छिमेकीका अरौटे भनेर आक्षेप लगाइँदैछ । सङ्घीयताविरोधी राष्ट्रवादको नारा आन्तरिक राष्ट्रियतालाई खण्डित गर्ने र सत्तासाझेदारीको भिख माग्ने झोली सिवाय केही होइन । ढोँगी र भोगीहरू नेतृत्वमा पुगेपछि देशले दुःख पाउँछ । इतिहासमा त्यही भएको छ । महेन्द्रको घोडामा सवार हुनेले अझै चर्चदैछन् नेपालको सत्तालाई । त्यसैले परिवर्तन संस्थागत गर्न त्यति सजिलो छैन अग्रगामी आन्दोलनका अगुवालाई ।
नेपाली जनक्रान्ति निर्णायक हुन सकेन । नेपाली जनताका निर्णायक क्रान्तिमा दक्षिणको सेपिलो हावाले हिर्कायो । प्रत्येक आन्दोलनलाई यथास्थितिसँग सम्झौता गर्ने बाध्यता प¥यो । नेपालका लागि यो दुर्भाग्य हो । खुलासीमाबाट छिरेको आन्दोलन विरोधी भुइँकुहिरोले इतिहासका निर्णायक क्षणमा सताउँदै आएको छ । त्यसैले क्रान्तिलाई निर्णायक बनाउन सकेनन् जनताले ।
प्रत्येक क्रान्तिपछि जनता परिवर्तनको अनुभूति गर्ने अपेक्षा राख्दछन् । दुरुह दैनिक जीवनमा केही राहतको सास फेर्न चाहन्छन् जनता । शान्ति र समृद्धि साझा चाहना बन्छ । सामाजिक भेदभावको अन्त, न्याय, सामाजिक सद्भाव र सम्मान उत्पीडित पक्षका अपेक्षा हुन् । प्रत्येक राजनीतिक परिवर्तनले जनतको मनोभावनामा सकारात्मक सन्देश दिन सकेन । आजभोलि जनता राजनीतिक खिचातानीबाट आजित भइसकेका छन् ।
राजनीति कहिले पनि समाज अनुकूल हुँदैन भन्ने कुरा पुँजीवादी राजनीतिक प्रणालीमा सार्वभौम सत्य हुँदै गएको छ । पश्चिमा लोकतन्त्र र समग्र राजनीतिक प्रणालीलाई पुनःपरिभाषित र परिमार्जित गर्नुपर्छ भन्ने तर्क पश्चिमा विद्वानहरूले भन्न थालेका छन् । पुँजीवादी विश्वमा पछिल्लो चरणमा देखा परेको आर्थिक मन्दी र संकटले पनि पुँजीवादी विश्व राजनीतिक धराशयी हुँदैछ भन्ने सङ्केत गर्छ । अग्रगामी आर्थिक राजनीतिक प्रणालीले सामाजिक रूपान्तरणलाई सुनिश्चित गर्नसक्नुपर्छ । नेपालका क्रान्तिकारी आन्दोलनले त्यो मान्यतालाई संस्थागत गर्न सकेका छैनन् । राजनीतिक परिवर्तनको अर्थ सामाजिक रूपान्तरण हो । पुरानोसित सम्झौता होइन सम्बन्ध विच्छेद अनिवार्य सर्त हो । हाम्रो सन्दर्भमा प्रतिगमनसितको सम्झौता अनिवार्य बाध्यता भएको छ । त्यसैले राजनीति कहिले पनि समाज अनुकूल हुँदैन भन्ने आइन्स्टाइनको भनाइ सही र सत्य साबित भएको छ ।
थोत्रो विचारले नयाँ राजनीतिको लाज ढाक्न सक्दैन । गतिशील नेतृत्व युगको माग हो । निर्णायक क्रान्तिले पुरानो संरचना नभत्काएका देशको स्थिति यस्तै हो । पुरानोसित सम्बन्ध विच्छेद नै युगको माग हो । अहिलेको गत्यावरोध सम्झौताको राजनीतिको परिणाम हो ।









थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना