परराष्ट्रमन्त्री कतार जानुहुँदै

Prakash-saran-mahatकाठमाडौँ, पुस २६ गते ।  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत कतारका विदेशमन्त्री सेख मोहम्मद विन अब्दुलरहमान बिन जसिम अल–थानीको निमन्त्रणामा मङ्गलबार त्यसतर्फ जाँदै हुनुहुन्छ ।
तीनदिने भ्रमणका क्रममा उहाँले आफ्ना समकक्षीसँग बुधबार दोहामा द्विपक्षीय भेट गर्नुहुनेछ । परराष्ट्रमन्त्री डा. महतले कतारका अमिरसँग भेट गर्नाका साथै त्यहाँका श्रममन्त्रीसँग पनि छलफल गर्नुहुनेछ ।
मन्त्री डा. महतले दोहामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले  जनाएको छ ।
परराष्ट्रमन्त्रीका साथ सचिव शङ्करदास बैरागी, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव र परराष्ट्र मन्त्रालयका अन्य अधिकारी रहनुहुनेछ । मन्त्री डा. महत त्यहाँबाट गैरआवासीय सङ्घ अमेरिकाको पाँचौँ साधारणसभामा प्रमुख अतिथिका रूपमा भाग लिन बिहीबार अमेरिका जानुहुनेछ । उहाँ आगामी माघ ३ गते स्वदेश फर्कनुहुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना