राष्ट्रिय एकताको ओजस्वी इतिहास

 ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’


इतिहासका पानामा आजका लागि पनि उत्तिकै कालजयी गुण र एकतासँग अङ्कित नाम हो– पृथ्वीनारायण शाह ।  राष्ट्रिय एकताको शङ्खघोष त्यतिखेरै भयो जतिखेर पृथ्वीनारायणको पराक्रमी वीरताले विजयोत्सव मनाएको थियो ।  राष्ट्रिय विभूति शाहद्वारा प्राप्त भएको सिङ्गो राष्ट्रिय स्वाधीनताको मूल्यलाई एक सच्चा राष्ट्रभक्तले बिर्सने कुरै रहँदैन ।  इतिहाससँग रमाउन न त व्यक्तिगत स्वार्थको पुन्तुर बाँधिनु उचित हुन्छ न त अपव्याख्याका कनिकुथी भाव नै बलवान बन्छन् ।  बाइसे–चौबीसे राज्यमा विखण्डित देशलाई एकीकरणको मालामा उनेको महान् इतिहासलाई छायाँमा पारेर आक्रमणकारी युद्ध पिपासुको लाञ्छना लगाइनु पुर्खाको पसिना, गौरव अनि धरोहरलाई गिज्याएको पनि हुन सक्छ, सोचनीय विषय हो ।  समय सापेक्षी ढङ्गले दूरदृष्टि राखेर टुक्रे भावनालाई एउटै स्वरूप दिँदै अखण्ड सार्वभौम राज्यनिर्माण गर्नु कुनै केटाकेटीको खेल अवश्य होइन ।  सुदृढ नेपाल राज्यको परिकल्पनाभित्र कति योद्धाले रगत बगाए होलान्, त्यो समय नै त्यस्तै रहेछ जसमा युद्ध कौशलता उच्च थियो ।  यत्रो विशाल कार्यमा कमजोरी त भए होलान् नै तथापि हामीले स्वतन्त्र राज्यका स्वाधीन नागरिकको पहिचान पाउनुसँग गर्व गर्नु पर्दैन र ! जतिखेर भ्रष्ट्राचारीका खुट्टा काँप्थे ।  समयानुकूल विकासको दैलो खोल्न कुनै कञ्जुस्याइँ भएको थिएन ।  
प्राचीन समयमा बनेका दरबार, मन्दिर कैयौँ ठूला–साना भूकम्पसँग झुकेनन् ।  विज्ञान र वैज्ञानिक सोचमा हाम्रो देश त्यो समयमै कति सक्षम रहेछ, जतिखेर अङ्ग्रेज स्वार्थी सोच नै त्राहीत्राही भएको थियो ।  स्वाभिमानको उच्च रक्षा थियो– व्यक्तिगत स्वार्थ इतिहासमा जति थियो, त्योभन्दा कम छैन आज ।  इतिहासको अपव्याख्या गरेर मपाईत्व छाँट्दै गर्दा वीर पुरुषका रगतमा मुछिएको आधुनिक नेपाल निर्माण र राष्ट्रिय एकताको इतिहाससँग आज विखण्डनकारी सङ्कुचित विचारमा हामी मुछिएको पीडा छ ।  तसर्थ ‘पृथ्वीनारायण’ कुनै व्यक्तिगत निधि नभएर हाम्रा पुख्र्यौली धरोहर, अजेय इतिहास र प्रेरणाप्रद नेपाली एकताको गौरवमय नाम हो ।  
इतिहासका कतिपय विषय समयान्तरसँगै झुठा र अपाच्य बन्छन् र बन्दै जानेछन् पनि ।  आज हामीले सत्य भनेर कोरिएका नियम कानुन भोलिको इतिहासका लागि अपाच्य बन्न सक्छन् तर हिजो पृथ्वीनारायण शाहले नेपाली जनतालाई ‘चार जात छत्तीस वर्णको पूmलबारी’ भनेर दिनुभएको अभिव्यक्तिमा जति प्रेम र एकता थियो त्यति आजका मागमा छभैmँ पनि लाग्दैन ! भर्खरैको सशस्त्र द्वन्द्वले जनतालाई सैद्धान्तिक रूपमा कागजमै अड्काएर दिएका उपलब्धिसँग तौलेर, मानवअधिकार उल्लङ्घनसँग जोडिएका तीता विषय बिर्सदै सिङ्गो राष्ट्रको अखण्डताका ऐतिहासिक व्यक्तित्व पृथ्वीनारायणलाई मूल्याङ्कन गर्न पूर्वाग्रह राख्नुसँग अहम्वाद गाँसिएभैmँ लाग्छ ।  भावी पिँढीले हामीलाई औँल्याएर यसो पनि भन्ला– हाम्रा पछिल्ला पुर्खाले सिङ्गो देशभन्दा साँघुरो सोचभित्रै आफूमै लडाइँ गरे, हाम्रा लागि उज्ज्वल बाटो खन्नै सकेनन् ।  गफ छाँटे, काम गर्न सकेनन् ।  भ्रष्टाचारी बने तर मुलुकको गरिबीमा आँखा लगाएनन् ।  हो त्यतिखेर हाम्रा आजका विचार थोत्रा, असक्षम र स्वार्थी साबित हुनेछन् ।  त्यहाँ न त जातको सवाल होला न त सानो राज्यका बीच गर्ने झगडाको ।  
गोर्खाका राजा नरभूपाल शाहको देहवसानपश्चात् पृथ्वीनारायण शाहले २० वर्षकै उमेरमा राजदण्ड सम्हालेर राज्य एकीकरणको दर्विलो राजत्वको स्थायी रेखा कोर्नुभयो ।  आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई वि.सं. १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ ग¥यो ।  तत्कालीन छिमेकी राज्य लमजुङ र कास्कीसँग मित्रताको हात पैmलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय ।  मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेलबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता, आखिर त्यहाँ गोर्खाली शान र स्वाभिमानको इतिहास छ ।  कीर्तिपुरको युद्धमा काजी कालु पाण्डेजस्ता शूरवीर व्यक्ति मारिए, जयन्त रानाले निर्मम रूपमा छाला काढिएर मर्नुप¥यो, शूरप्रतापले कानो हुनुप¥यो ।  यही क्रोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाक कान काटेर बदला लिएको भन्ने गरिए पनि इतिहासकारहरूको मतमा यी नेपालबाट निस्कासित क्रिस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो ।  आफ्नो अभीष्ट अभियान असफल पारिदिएका राजाविरुद्ध दुष्प्रचार उनीहरूबाट हुने नै भयो ।  उपत्यकाबाट अङ्ग्रेजको राजनीतिक कुचाला लघारियो ।  उपत्यकासँगै पूर्वका सेन राज्य चौदण्डी र विजयपुर क्षेत्र नेपालमा गाभियो ।  फलतः किराँत र लिम्बूवान प्रदेशका राजाले गोर्खाली झण्डामुनि एकैसाथ बस्ने अपेक्षा बोकेर आत्मसमर्पण गरे ।  तबदेखि ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन ।  सबै जातको पूmलबारी हो’ भन्ने महान् अभिव्यक्तिसँग हामीले स्वाभिमानको उच्चतामा रम्न पाइरहेका छौँ ।  सैनिकले कदर पाए ।  कालु पाण्डे, कीर्ति शाह, तुलाराम पाण्डे, रामकृष्ण कुँवर, केहरसिंहजस्ता योद्धाले यो सङ्ग्रामको महायज्ञमा दिलोज्यान दिए, एकीकरणको सपना साकार पार्नका निम्ति कसुर छाडेनन् ।  स–साना राज्यलाई एक्लैले डोल्याएपछि अङ्ग्रेजको सपनामा भेलबाढी आयो त्यसैले त आज हामी छौँ ।  त्यसैले त एकीकरणका भावसँग कवि सुवानन्द दासको कवित्व पोतियो–
नेपालको सिनकि लुटि मंरातको घिउले भुटि
पालपाको ल्याउ हिंग जिरो, रिसिंगको ल्याउ पिरो
तनहुँको भातसित भीर्कोटको दालसित
कन्चन कचौराभरि स्वर्णका थलियाभरि
अष्टदल चौकी बसि गंगाजल झारिभरि
पुरव मुहडा गरि
महाराजको जिउनार बनाउ है ।  
विश्वको नक्सामा सानो नेपाललाई खोज्न लाग्दा सगरमाथाको चुम्बकीय शक्तिले ध्यान खिच्छ ।  एसियाको मुटु हो नेपाल, चाहे उत्तरमा हिमालको अजेय खम्बाबाटै शितलता प्रवाह होस् या पहाडका हरियालीसँग तराईका फाँटले लुकामारी खेलून्– यहाँ अटुट प्राकृतिक चाञ्चल्य स्वभाव छ ।  मनसुनी हावामा रम्छ, भूपरिवेष्ठित देशले चिनिन्छ, जलाशयको खानी, सौन्दर्यकी रानी, अन्नको भण्डार सबै नेपाली स्वाभिमानका स्वर्णाक्षरित नाम हुन् ।  हरेक विदेशी फिरन्ताले यहाँको प्राकृतिक चाञ्चल्यसँग थुक निल्दै अटुट प्रेमको गाँठो कस्छन् ।  बहुजातिका परम्परा, भेष र पर्वका एकताको शृृङ्गारमा स्वर्गले आफ्नो स्वरूपलाई बिर्सन्छ ।  यहाँ कृत्रिमताविरोधी भाव छ त्यसैले संसारको दौलत नेपालका लागि नगन्य बन्छ ।  आखिर कसैले त जोड्यो यो भूगोललाई ! आज विश्व समुदायले इतिहासका यस्ता अमर नामलाई सलाम गर्दैछ भने यो गौरवसँग हामीले रमाउन पाउनु अवसर होइन र !
आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ ।  २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ ।  उहाँका “प्रजा योग्य भए दरबार बलियो हुन्छ ।  जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ ।  उहाँका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ ।  घुस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुञ्जिन्छ ।  
पृथ्वीनारायणमा कृषि विकासको सपनासँग गाँसिएको ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’ नीति थियो ।  कति गर्विला विचार छन् उहाँका– स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अङ्ग्रेजको कालो नीतिको चर्को विरोधी भावमा, राष्ट्रिय स्वाधीनतामा, जडीबुटी बेचेर पैसा साट्ने विषयमा, खानी सदुपयोग गर्नेजस्ता आत्मनिर्भरताका दूरदर्शितासँग ।  त्यसो त परराष्ट्रनीतिको “नेपाल दुई ढुङ्गाबीचको तरुल हो” भन्ने उद्गार कूटनीतिक सचेतनाको दृष्टान्त हो ।  यसर्थ उहाँका गर्विला विचारहरूले आजका लागि अनुकरणीय, मननीय र व्यवहारमा प्रायोगिक बनाउन उत्तिकै सामथ्र्य राख्छन् ।  चतुरपनाको प्रखर भाव आज पनि कति सान्दर्भिक छ– किल्लालाई दह्रो बनाउने भावसँग, ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’ भन्ने महावाणीसँग, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिसँग ।  राज्य र सीमारक्षाका निम्ति सैनिक सुदृढीका पाटामा उहाँको विचार आजका लागि कम प्रेरणाप्रद लाग्दैनन् ।  ‘सैनिकलाई नुनको पछि नलगाउनु किनकि राजाको सार भनेको सिपाही र रैती हुन्’ यी विचारमा राज्यसेवाको भावना जागृत छन् ।  सुन्दर, शान्त नेपालका जन्मदाताको अमूल्य दिव्योपदेशले राष्ट्रिय एकता र समृद्धिको खम्बा गाड्देको छ ।  यस्ता युगपुरुषको यादमा हरेक सच्चा नेपालीले माथ झुकाउन जान्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना