प्रहरी हुँ भनी ठगी गर्ने पक्राउ

काठमाडौँ,  पुस २९ गते । लामो समयदेखि ‘ म अपराध अनुसन्धानमा कार्यरत प्रहरी हुँ’ भनी काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ठगी गर्दै हिँड्ने मूलपानीका गोपीकृष्ण खतिवडालाई प्रहरीले  पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक, सिन्धुकोट गाविस घर भई हाल काठमाडौँ बस्ने खतिवडालाई अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले विशेषतः महिलालाई प्रलोभनमा पारी ठगी गर्दै क्रममा हालसम्म छ महिलालाई ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना