ऐया ! केही खानै मिलेन दाँत झन्झनायो !!

डा. प्रकाश बुढाथोकी


 काठमाडौँ– ३२ मैतिदेवीकी सरिता श्रेष्ठको मुखमा पानी हाल्नै हु“दैन ।  चिया, गुलियो र अम्लीय पदार्थको स्वाद उनले बिर्सिसकिन ।  यस्ता समस्या भएका धेरै जना दन्त चिकित्सक कहाँ आउने गर्छन् ।  मुख खोली हावा नै लिन नमिल्ने गरी दा“त दुख्छ, पेन किलर औषधि खा“दाखा“दै ग्याष्ट्रिक भइसक्यो भन्ने पनि प्रशस्तै भेटिन्छन् ।  के रोग लागेको होला मलाई भनी गुनासो गर्ने उनीहरू मात्र नभई हजारौँ छन् ।  रोग र औषधिले खान थाल्योे मलाई भनी दर्दनाहक अवस्था देखाउ“दै सिकायत लिएर वीर अस्पतालको दा“त विभागमा आउने बिरामी चिसो बढेसँगै बढ्दै छन् ।  
 समस्या के हो ?
  दा“त सिरिङ्ङ–सिरिङ्ङ हुने वा चिसो पानी, गुलियो वस्तु खा“दा दा“त दुख्ने वा लाग्ने रोगलाई चिकित्सकीय भाषामा हाइपर सेन्सीटीभीटी भनिन्छ ।  हाइपर सेन्सीटीभीटी एक किसिमको दुखाइ हो जुन दा“तको बीचको तह डेन्टीन देखिएर हुने गर्छ ।  यस रोगलाई सुरु गराउने तथा बढाउने काम तातो–चिसो, ब्रस गर्दा वा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ ।  
  हाइपर सेन्सीटीभीटीमा दुखाइ तिखो, गम्भीर, केही समय सेकेण्डदेखि मिनेटसम्म हुन्छ ।  बिरामीले उक्त दा“त र स्थान आफै देखाउन सक्छ ।  बिरामीले भन्दा सिल्का हान्छ, कन्चट हान्छ भन्ने जस्ता शब्द प्रयोग गर्छन् ।  भिन्दै किसिमको नशा ए–डेल्टा नोसिसेप्टरले गर्दा हुने दुखाइ भएकोले दुखाइको प्रकृति अन्य दुखाइको तुलनामा फरक हुन्छ ।  
डेन्टीन कसरी देखिन्छ ?
  दा“तको बाहिरी सतह टाउकोमा भए इनामेल, जरामा भए सिमेन्टम र घा“टीमा भए इनामेल र सिमेन्ट दुवै नोक्सान भएर भित्री तह डेन्टीन देखिन्छ ।  नोक्सान हुने दर, सबैभन्दा बढी सिमेन्टमा त्यसपछि डेन्टीन र इनामेलमा हुन्छ ।  डेन्टीनमा भएका डेन्टीनल ट्युबुल जहा“ नशाहरू हुन्छन् । बाहिरी वातावरण वा मुखको वातावरणस“ग प्रत्यक्ष सम्पर्कमा आउँछ र गुलियो, चिसो, ब्रस, अमिलो नशास“ग सम्पर्कमा आई झन्झनाहट हुन्छ ।  तथापि द“ातमा सिरिङ्ङ सिरिङ्ङ आउन देखिएको डेन्टीनमा भएका डेन्टीनल ट्युबुलहरू खुला, ठूला र धेरै सङ्ख्यामा भएको हुनुपर्छ ।  
दा“त कीराले खा“दा (दन्त सडन)
दा“त खिइनु– एट्रीशन, एब्रेजन र इरोजन खाना खा“दा, चपाउ“दा वा दाह्रा किट्दा दुई दा“त बीचको सम्पर्कले दा“त खिइन्छ ।  समय क्रमस“गै सबै दा“त खिइन्छ तर दा“तको बनावट, खानेकुराको प्रकार, जीवनशैली, पेशा तथा नराम्रो आदत बानीले छिट्टै यो समस्या निम्त्याउ“छन् ।  त्यस्तै दा“त र बाह्य वस्तु वा दुई दा“त बीचमा खियाउने पदार्थ भई दा“तको सतह नोक्सान हुन्छ ।  दा“त सफा गर्ने ब्रस, तरिका तथा मन्जनले, पेसा, अम्लीय पदार्थ अचार, पेयपदार्थ बढी सेवन, अन्य नराम्रा आदत बानीले पनि समस्या निम्त्याउ“छ ।  
 – गिजाले दा“त छोड्नु
– दन्त हर्षा र पाइरिया हुनु
– दा“तमा चोटपटक लाग्नु वा दा“त भा“चिनु
– भरिएको सिमेन्ट फुट्नु, चुहिनु वा दा“तस“ग  राम्रोस“ग किनारा नमिल्नु
– दा“तको चपाउने टुप्पाहरू धसिनु, चोइटा           निस्कनु
– औषधिहरू, चपाएर खाने भिटामिन सी, एस्प्रीन र थुक कम निकाल्ने औषधिहरू
– मेसिनले दा“त, गिजा सफा गरेपछि जस्तै स्केलिङ,     रुट प्लानिङ र पेरियोडेन्टल शल्यक्रिया
. बुढ्यौली उमेर
. हाइपरएसीडीटी आदि
 सबैभन्दा बढी दा“तको झन्झनाहट हुने कारणमा जोडले दात माझ्ने, ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्त ब्रस र दन्तमन्जन नमिल्दा दा“तका घा“टी क्षेत्रमा इनामेल, सिमेन्टमा खिइएर डेन्टीन देखिने अवस्था हो ।  नेपालमा आधिकारिक आ“कडा नभए पनि मेरो १४५६ वटा स्वास्थ्य शिविर, अस्पताल तथा चिकित्सालयमा बिरामी हेर्दाको अनुभव अनुसार करिब ३५ देखि ५५ प्रतिशतमा यस्तो समस्या पाइएको छ ।  
२५ देखि ४५ वर्ष उमेर समूहमा, पुरुषभन्दा महिलामा बढी देखिने यो समस्या कुकुर र प्रिमोलार दा“तमा (दा“त नमिलेको अवस्थामा बाहेक), गालातिरको दा“तको घा“टी क्षेत्रमा र ब्रस गर्ने हातको उल्टोतिर जस्तै दाहिने हा“त बढी चल्ने भए देब्रेतिरका दा“तमा बढी देखिन्छ ।  दा“तको घा“टी क्षेत्रमा बाहिरी पत्र अति नै पातलो हुने दन्त लेउ, दन्त पत्थर तथा फोहर कुरा यसैमा टा“सिने तथा सफा गर्दा हटाइने भएकोले पनि दा“त र गिजाको भेट हुने स्थान वा दा“तको घा“टीमा सिरिङ्ङ हुने समस्या बढी हुन्छ ।  
व्यवस्थापन
 दा“तको दुखाई छुट्टयाइ हाइपरसेन्सीटीभ क्षेत्रको निदान गर्नुपर्छ ।  
  दा“त फुटेको वा भा“चिएको सिमेन्ट फुटेको तथा चुहिने भएको, दा“त चर्केको, पल्प सम्बन्धी रोग, चोइटिएको दा“त, गहिरो धर्सा, दाह्रा किट्ने, खिइने, नोक्सान भएका क्षेत्रको निदान गर्नुपर्छ ।   
समस्याको कारण नियन्त्रण र रोकथाम गर्नुपर्छ ।  
  टुथब्रस, मन्जन, दा“त सफा गर्ने तरिका, दा“त बीचको फोहर सफा गर्ने साधनको उचित प्रयोग गर्न सिकाउनुपर्छ ।  दन्त लेउ नियन्त्रण, गिजा सम्बन्धी उपचार, खाने कुरामा नियन्त्रण, ग्याष्ट्रिक रिफल्कसको मूल्याङ्कन, कम पी.एच. भएको माउथवास, एस्प्रीन तथा चपाएर खाने भिटामिन सीको सेवनमा नियन्त्रण गर्नुपर्छ ।  
घरमै प्रयोग गर्नसक्ने औषधि अपनाउन सकिन्छ ।
  फ्लोराइड पोटासियम क्लोराइड, नाइटे«ड, स्ट्रोन्टीयम क्लोराइड, सोडियम साइटे«ट, डाइ कयाल्सीयम फस्फेटयुक्त मलम, माउथवास वा मञ्जन चिकित्सकको सल्लाह बमोजिम घरमै प्रयोग गर्न सकिन्छ ।  
अन्तिम विकल्प भनेको दन्त अस्पताल वा क्लिनिकमै उपचार लिने हो ।
  कयाल्सीयम कम्पाउण्ड, स्ट्रोन्टीयम क्लोराइड, अकजलेट, पोटासियम नाइटे«ड, फ्लोराइड कम्पाउण्ड दा“तमा लगाएर हाइपरसेन्सीटीभीटी निर्मूल गर्न सकिन्छ ।  त्यसैगरी, बरनीशीङ, सिलिङ कम्पाउण्ड, भारनीश सिमेन्ट, लेजर म्युको–जीन्जाइभल ग्राफट, डेन्टीन ब्रोन्डीङ एजेन्ट र आयोनटोफोरेसीस गरी समस्याबाट मुक्त दिलाउन सकिन्छ ।  
  तथापि व्यवहारमा केही दा“तमा मात्र समस्या भए सिमेन्ट भरेर, बोन्डीङ एजेन्ट राखेर तथा भारनीश प्रयोग गरी उपचार गरिन्छ भने पूरै वा धेरै दा“तको समस्या भए डिसेन्सीटाइजिङ मेडिकेटेड दन्तमन्जन प्रयोग गर्न लगाई समस्याबाट निर्मूल पार्ने गरिन्छ ।  
 अन्तमा, दा“त सिरिङ्ङ हुने समस्याले जीवन दुःखदायी बनाउ“छ ।  तातो, चिसो, गुलियो र अमिलो खा“दा दुख्ने तथा कष्ट हुने भएकोले, खाने तथा पिउने आनन्द त पाउन सकिँदैन नै शरीरमा समेत कुपोषण र अनेकन रोग निम्त्याउँछ ।  नित्यकर्म दा“त सफा गर्ने काममा बा“धा पर्दा तथा ब्रस नगर्दा फोहर, दन्तलेउ जम्मा भई सेन्सीटीभीटी झनै बढ्“छ तब दन्त सड्न, हर्षा, घाउ खटिरा, पाइरिया जस्ता अनगिन्ती समस्या तत्पश्चात् शरीरमा विभिन्न रोग निम्त्याउ“छ ।  किनभने मुख शरीरको प्रवेशद्वार मात्र नभई शरीरको ऐना हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना