प्रमको दैनिक काम उपप्रम निधिबाट

bimalendra_nidhiकाठमाडौँ, माघ २ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार यूएईतर्फ प्रस्थान गर्नु भएकाले उहाँले गर्ने दैनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोक्नुभएको छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा राष्ट्रपतिले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधिले सम्हाल्ने गरी तोक्नुभएको उल्लेख छ ।  प्रधानमन्त्री दाहाल ‘वल्र्ड फ्युचर इनर्जी समिट’ मा भाग लिन शनिबार यूएईतर्फ प्रस्थान गर्नुभएको हो ।  उहाँ मङ्गलबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना