विश्व ट्रेड युनियन आन्दोलनका प्रवृत्ति

Premal kumar khanal प्रेमलकुमार खनाल

विश्व ट्रेड युनियन आन्दोलन दोस्रो विश्व युद्धपछि संगठित तवरले अगाडि बढेको छ ।  विश्वका श्रमिकहरूको मूलधारको रूपमा सन् १९४५ मा विश्व टे«ड युनियन महासङ्घ   (डब्लुएफटीयू) को स्थापना भयो तर पुँंजीवादीहरूले श्रमिकहरूको मूलधारका रूपमा रहेको डब्लुएफटीयूलाई साझा थलो बनाउन चाहेनन् र अन्ततः विभाजित गरेर अन्तर्राष्ट्रिय टे«ड युनियन केन्द्रको रूपमा आईसीएफटीयू गठन गरे ।  सन् २००६ मा क्रिश्चियनहरू सम्बद्ध वल्र्ड क्रिश्चियन लेबर (डब्लुसीएल) र आईसीएफटीयूको मर्ज (सहवरण) गरेर आईटीयूसी गठन भएको छ ।
यसरी ७० वर्षबीचको अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनलाई नियाल्दा दुई लाइनको विचारलाई प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय केन्द्रहरू क्रियाशील छन् ।  पहिलाका, प्रगतिशील र समाजवादी विचार पक्षघर श्रमिकहरू जसले श्रमिकहरूको हितका लागि समाजवादलाई लक्ष्यका रूपमा आत्मसात् गर्ने गर्दछन् ।  यी सबै डब्लुएफटीयूमा आबद्ध छन् ।  दोस्रो, आफूलाई ‘सोसल डेमोक्रेट’ (सामाजिक प्रजातन्त्रवादी) विचार पक्षधरका रूपमा चिनाउने तर सारमा पुँंजीवादी विचारको पक्षपोषण गर्ने ट्रेड युनियनहरू आईटीयूसीमा आबद्ध छन् ।  
भूमण्डलीय पुँंजीवादले अख्तियार गरेको श्रमिक विरोधी आर्थिक नीतिका कारण विश्वका श्रमिकहरू प्रताडित बनिरहेको बेला डब्लुएफटीयूले स्थापनाकालदेखि नै फाँसीवाद, साम्राज्यवाद र उपनिवेशवादको विरोध गर्दै आएको छ ।  साम्राज्यवादले सञ्चालन गरेको हत्या, हिंसा, आतङ्ककको विरोध गर्दै विश्वमा शान्तिका लागि अभियान सञ्चालन गरेको छ ।  श्रमिकहरूको टे«ड युनियन अधिकारका लागि अन्तर्राष्ट्रिय अभिसन्धि पारित गराउन महìवपूर्ण भूमिका खेलेको छ ।  डब्लुएफटीयूले श्रमिक पक्षीय टे«ड युनियन आन्दोलनको मर्मअनुसार सञ्चालन गरेको सङ्घर्ष र आन्दोलनले विश्वका प्रगतिशील र श्रमिक पक्षधर ट्रेड युनियनहरू डब्लुएफटीयूमा आबद्ध हुने क्रम बढ्दो छ ।  
आईटीयूसीले विश्व पुँजीवादले अख्तियार गरेको श्रमिक विरोधी नीतिको खुलेर विरोध र सङ्घर्ष सञ्चालन गर्न चाहँदैन उल्टै युरोपियन पुँंजीवादी मुलुकका सरकारहरूबाट हरेक वर्ष करोडौँ डलरको आर्थिक सहयोगमा विभिन्न गोष्ठी, सेमिनार आदि सञ्चालन गर्दै आएको सार्वजनिक भएको छ ।  अझ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ट्रेड युनियन गतिविधिका नाममा अनेकन परियोजनाहरू सञ्चालन गरी ट्रेड युनियन आन्दोलनलाई वर्ग समन्वयकारी धारमा लगेर कमजोर बनाउने गतिविधि अगाडि बढाएको छ ।  अमेरिका र नाटो देशका सरकारहरूले इराक, प्यालेस्टाइन, अफगानिस्तान, सिरिया लगायतका देशमा सैनिक हस्तक्षेप र आक्रमण गरिरहेका छन्, युद्ध र हतियार खरिदका नाममा खर्बौं डलर खर्च भइरहेको छ ।  युद्धबाट करोडौँ श्रमिक प्रताडित भएका छन् तर आईटियूसीले कुनै प्रतिक्रिया जनाउँदैन ।  आईटीयूसीका यस किसिमका गतिविधिले सारमा साम्राज्यवादको सेवा गर्ने काम गरेको छ ।  
ट्रेड युनियनहरूलाई साम्राज्यवादले कसरी भष्टिकरणको दिशामा लैजान्छ भन्ने बारेमा लेनिनले उल्लेख गर्नु भएको छ–“साम्राज्यवादले मजदुर वर्गको माथिल्लो सङ्गठनका नेताहरूलाई अतिरिक्त सुविधाको घुस दिएर साम्राज्यवादको समर्थक बनाइन्छ वा साम्राज्यवादको विरोधमा बोल्न नसक्ने बनाइन्छ । ” विश्व टे«ड युनियन आन्दोलनभित्र यही अवसरवादी प्रवृत्ति अर्काे चुनौतीको विषय बनेको छ ।  आफूलाई प्रगतिशील भन्ने कतिपय टे«ड युनियनहरू पनि आईटीयूसीमा आबद्ध भएर साम्राज्यवाद र पुँजीवादीहरूका गतिविधिलाई सहयोग पु¥याउने काम गरेका छन् ।
आईटीयूसीका गतिविधि पुँंजीवादलाई सहयोग पु¥याउने र ट्रेड युनियन आन्दोलनलाई वर्ग सङ्घर्षबाट विमुख बनाउँदै पुँजी, सरकार र रोजगारदातासँग समन्वय र सहकार्य गर्ने वर्ग समन्वयवादी नीति अवलम्बन गरेको छ ।  विश्वमा सञ्चालन भएका साम्राज्यवाद विरोधी आन्दोलन र ऐक्यबद्धता अभियानको आईटीयूसीले विरोध गर्ने गर्दछ या मौनता साँध्ने गरेको छ ।  उसले अमेरिकी साम्राज्यवादले आतङ्कवादलाई नियन्त्रण गर्ने नाममा सञ्चालन गरेको युद्धको विरोध र युद्धबाट पीडित करोडौँ श्रमिक र तिनका परिवारका पक्षमा अहिलेसम्म आवाज उठाउन सकेको छैन ।  आईटीयूसीको यस्तो वर्ग समन्वयवादी पुंँजीवादी परस्त नीतिको स्वयं आईटीयूसीभित्र विरोध भएको छ ।  हालसालै आईटीयूसीका उपाध्यक्ष तथा भारतीय ट्रेड युनियन कँग्रेसका अध्यक्ष संजीव रेड्डीले त खुलेर आईटीयूसीको श्रमिक विरोधी गतिविधिहरूको विरोध गर्नुभएको छ ।  
यसरी विश्व टे«ड युनियन आन्दोलनमा विद्यमान प्रवृत्तिले स्पष्टतः दुईखाले बाटोलाई नेतृत्व गरिरहेको छ ।  प्रगतिशील, साम्राज्यवाद विरोधी विचार पक्षधर केन्द्रले वर्ग सङ्घर्षका माध्यमबाट श्रमिकको काम र जीवनलाई मर्यादित वनाउने दिशामा भूमिका खेलिरहेको छ ।  सोसल डेमोक्रेट विचार पक्षधर केन्द्रले वर्ग समन्वयवादी धार लिँदै पुँजीवादीसँग सम्झौतापरस्त नीति अख्तियार गरेको छ ।  यही समन्वयवादी धारका कारण विश्वका श्रमिकहरूले अनेकन चुनौती व्यहोरिरहेका छन् ।
श्रमिकहरूको हकहितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलो )बाट थुप्रै अभिसन्धिहरू पारित गरी न्यूनतम श्रम मापदण्ड तय भएको छ, तर आईएलओको सदस्य राष्ट्रहरूबाट यी अभिसन्धिहरू अझै पारित हुन सकेका छैनन् ।  यस सन्दर्भमा श्रमिक पक्षीय अभिसन्धिहरूको अनुमोदन कार्यान्वयन गर्ने विश्वव्यापी अभियानलाई संगठित तबरले अगाडि बढाउनुपर्ने खाँचो छ ।  नव उदारवादका नाममा विश्वव्यापीकरण बनेको पुँजीवाद अहिले आफैँ सङ्कटग्रस्त बनेको छ ।  यतिखेर पुँजीवादको विकल्प समाजवादको नारा विश्वव्यापी रूपमा गुञ्जायमान भइरहेको छ ।  अतः श्रमजीवी वर्गको हित र मानवतावादको सुरक्षाका लागि समाजवादको ध्येय र लक्ष्यका साथ विश्व ट्रेड युनियन आन्दोलनको वैचारिक अभियानलाई तीव्र रूपमा अगाडि बढाउन जरुरी छ ।
विश्व साम्राज्यवाद र पुँंजीवादले अख्तियार गरेको नवउदारवादी अर्थनीतिले श्रमिकहरूको ट्रेड युनियन अधिकार कटौती गरेको छ ।  यसले गर्दा ट्रेड युनियन घनत्व विकसित वा अविकसित मुलुकमा अत्यन्तै न्यून छ ।  अतः असङ्गठित अवस्थामा रहेका करोडाँै श्रमिकहरूलाई ट्रेड युनियनभित्र सङ्गठित गर्ने विश्वव्यापी आवश्यकता बनेको छ ।  अन्तर्राष्ट्रिय श्रम सङ्गठनबाट पारित भएका न्यूनतम श्रम मापदण्ड सम्बन्धी अभिसन्धिहरू पारित गर्न हरेक देशमा अभियान सञ्चालन गर्न अन्तर्राष्ट्रिय स्तरबाटै पहल गर्नु आवश्यक छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा सरकार, रोजगारदाता र श्रमिकवर्गको प्रतिनिधित्व हुने, त्रिपक्षीय अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसङ्घको विशिष्टिकृत निकाय भएको हुँदा श्रमिक वर्गका तर्फबाट समानुपातिक प्रतिनिधित्व गराउने माग र दबाबलाई विश्वव्यापी रूपमा अभियानका रूपमा सञ्चालन गर्नु आवश्यक छ ।
साम्राज्यवादले युद्ध र हतियार खरिदका नाममा खर्बौं डलर खर्च गरी विश्वमा युद्ध र आतङ्क मच्चाई श्रमजीवी वर्गको रोजगारी, जीवनयापन, स्वास्थ्य र सुरक्षामा गम्भीर प्रकारको चुनौती खडा गरिरहेको हँुदा विश्वव्यापी रूपमा साम्राज्यवाद विरोधी आन्दोलनको अभियान सञ्चालन गर्नु आवश्यक छ ।  नवउदारवादी पुँंजीवादी अर्थनीतिका कारण विश्वव्यापी रूपमा बढ्दै गएको श्रमशोषण, श्रमिक कटौती, सेवा असुरक्षा, न्यून तलबका विरुद्ध देशगत रूपमा सरकारहरू समक्ष श्रमजीवी वर्गको आधारभूत अधिकारका रूपमा रहेको शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानी, आवास, यातायात क्षेत्रका सेवाहरूलाई निजीकरण र व्यापारीकरण गर्ने नीतिको अन्त्य गरी राज्यबाट सरल र सबल ढङ्गले प्रदान गर्ने, उत्पादनशील क्षेत्रमा लगानी र रोजगारी वृद्धि तथा सार्वजनिक उद्यमहरूको संरक्षण, विकास र विस्तारको माग राखी अभियान सञ्चालन गर्नेे चुनौती छ ।
ट्रेड युनियन आन्दोलनमा हुर्किएको अवसरवाद, वर्ग समन्वयवाद र ‘करियरइज्म’ का विरुद्ध दृढतापूर्वक विश्वव्यापी रूपमा वैचारिक सङ्घर्ष गर्दै माक्र्सवादको आलोकमा श्रमिक पक्षीय टे«ड युनियन आन्दोलनको विकास गर्नु आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना