नेपाल बैंकले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौँ, माघ ५ गते । नेपाल बैंक लिमिटेडको ५६ औँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकले आफ्ना सेयर धनीलाई १०ः२.३७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
nepal bank agm_mohan bhattarai

सो हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी बैंक र क्यापिटल मार्केटबीच आज सम्झौता भयो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गर्नुभयो ।

नेपाल बैंक लिमिटेडले प्रति सेयर १०० रुपैयाँका दरले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी रु छ अर्ब ५० करोड रहेको छ भने हकप्रद सेयर निष्काशनपश्चात् बैंकको कुल चुक्ता पुँजी रु आठ अर्ब चार करोड हुनेछ । हाल चुक्ता पुँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।

नेपालको पहिलो उक्त बैंकले बंैकिङ प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरण गरी १३० वटा शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना