त्रैलोक्यमोहन मन्दिर पुनःनिर्माणमा अवरोध

राधा चालिसे

काठमाडौँ, माघ १२ गते ।  काठमाडौँस्थित हनुमानढोका दरबार परिसरको त्रैलोक्यमोहन मन्दिरको पुनःनिर्माण सुरु भएसँगै स्थानीयबासीले निर्माण स्थलमा तालाबन्दी गरेका छन् ।  
कुमारी घरसँगैको दश अवतार मन्दिरका रूपमा समेत चिनिँदै आएको उक्त मन्दिर पुनःनिर्माण थाल्नुपूर्व स्थानीयबासीलाई सहभागी नगराइएको भन्दै सम्पदा
संरक्षण सङ्घर्ष समितिले मङ्गलबार निर्माणस्थलमा ताला लगाइदिएको हो ।
भूकम्पका कारण क्षति भएको उक्त तीन तले मन्दिरको पुनःनिर्माणको जिम्मेवारी पुरातत्व विभागले गत आर्थिक वर्षमा नै टेन्डर गरेर प्राकृतिक सानु सुवाल एस टी ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्कामा दिएको थियो ।  ठेक्कामा दिएको लामो समयसम्म कम्पनीले काम सुरु नगरेको र विभागले बारम्बार दबाब दिएपछि मन्दिर परिसरमा जस्ताको छेकबार लगाएर पुराना काष्ठकला मर्मत गर्ने, इँटा सफा गर्ने काम सुरु गरेको पुरातत्व विभागका इन्जिनियर गोपाल झाले बताउनुभयो ।  स्थानीयबासीले भने सूचनाको हक प्रयोग गर्दै सम्पदा पुनःनिर्माण थाल्नुपूर्व आफूहरूसँग सरसल्लाह नभएको, कुन कम्पनीले कति लागतमा पुनःनिर्माण गर्दैछ भन्ने जानकारीसमेत नगराइएको, बारम्बार काम रोक्न र छलफल गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको कारणले तालाबन्दी गरेको सम्पदा संरक्षण सङ्घर्ष समितिका
सदस्य गणपतिलाल श्रेष्ठले बताउनुभयो ।  
पुरातत्व विभागले भने महìवपूर्ण मानिएका काष्ठकला, इँटा भएकाले निर्माण क्षेत्रलाई सुरक्षित राख्न बार लगाइएको बताएको छ ।  विभागले स्थानीयबासीलाई छलफलका लागि बारम्बार बोलाइएको र मन्दिरको पुजारीको संयोजकतत्वमा नै अनुगमन समिति निर्माण गर्न प्रस्ताव गरिएको इन्जिनियर झा दाबी गर्नुहुन्छ ।  
स्थानीयबासी सम्पदा पुनःनिर्माणमा सकारात्मक सोचका साथ आएमा उनीहरूलाई सहभागी गराउन कुनै अप्ठ्यारो नपर्ने झाको भनाइ छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना