राजदूत थापालाई जिम्मेवारी थप

काठमाडौँ, माघ १३ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापालाई नेदरल्यान्डको गैरआवासीय राजदूत तोक्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले थापालाई गैरआवासीय राजदूत तोक्नुभएको हो ।  संविधानको धारा २८२ (१) बमोजिम राजदूत थापालाई नेदरल्यान्डको समेत राजदूत तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना