शिक्षण पेसा छाडेर बाख्रापालनमा


रामपुर (पाल्पा), माघ १३ गते । रामपुर नगरपालिकाका सूर्यप्रसाद रेग्मी शिक्षण पेसालाई छाडेर व्यावसायिक बाख्रापालन व्यवसायमा लाग्नुभएको छ ।

शिक्षण पेसाले परिवारको गुजारा चलाउन धौधौ भएपछि उहाँले पेसा नै छाडेर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । रु चार लाखको लगानीमा खोर निर्माण र ४० वटा माउ बाख्रा खरिद गरेर व्यवसाय चलाउनुभएका रेग्मीले अहिले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

उहाँको फार्ममा अहिले ४५ वटा माउ बाख्रा, ११ वटा पाठा, सात वटा खसी, १० वटा साना पाठी, एक वटा ब्याडे बोका गरी जम्मा ७३ वटा बाख्रा रहेका छन् । उहाँको फार्ममा करिब रु १० लाखको लगानी गर्नुभएको छ । चार वर्षसम्म शिक्षण पेसामा आबद्ध रहनुभएका रेग्मीले बाख्रापालन व्यवसाय सुरु गरेपछि जिविकोपार्जन रहज बनेको छ ।

“शिक्षकको जागिरले खान लाउन मुस्किल प¥यो, समय बिताउने माध्यम मात्र बन्यो,” उहाँले भन्नुभयो– “बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी भएको छ ।” व्यवसायबाट वार्षिक रुपमा खर्च कटाएर रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानी हुने गरेको छ । उहाँले स्थानीय क्रस, जमुनापारि क्रस र बोयर क्रस जातका बाख्रा पाल्नुभएको छ । उहाँले एक सय बाख्रा पाल्ने योजना बनाउनुभएको छ ।

व्यवसायका लागि जिल्ला पशुसेवा कार्यालयले युवालक्षित कार्यक्रमअन्तर्गत केन्द्रीय भेडा बाख्रा प्रवद्र्धनमार्फत रु ५० हजार अनुदान उपलब्ध गराएको छ । उहाँले रामपुरको पहाडी भेगमा खेर गएको खाली जमिनको सदुपयोग गर्दै व्यवसाय गर्दैआउनुभएको छ । उहाँ अहिले गाउँमा सफल व्यवसायी भनेर चिनिनु भएको छ ।

नेपाल बैंक पुनःस्थापना

द्वन्द्वकालमा विस्थापित भएको नेपाल बैंक लिमिटेड चापाकोट शाखा पुनःस्थापना गरिएको छ ।

पन्ध्र वर्षपछि पुनःस्थापना भएको नेपाल बैंक चापाकोट शाखाको नेपाल बैंक केन्द्रीय समिति सदस्य सुरेन्द्रप्रसाद सैनावारले उद्घाटन गर्नुभयो । बैंकको उद्घाटन गर्दै सैनावारले बैंक सञ्चालन गर्ने अधिकार यहाँका जनताको हातमा रहेको बताउँदै सहज रुपमा सेवा लिन आग्रह गर्नुभयो । गत मङ्सिर २६ गते पुनःस्थापना भएको बैंकले बुधबारबाट आफ्नो सेवा सुरु गरेको शाखा प्रबन्धक सन्तोष शर्माले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना