ब्ल्याक डायरी तयार

blacmelकाठमाडौँ,  माघ १४ गते   ।  सुजन घिमिरे निर्देशित एक्सन चलचित्र ‘ब्ल्याक डायरी’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ ।  स्टन्ट र थ्रीलर वैशाखबाट सार्वजनिक प्रदर्शनमा लैजाने लक्ष्य निर्माण पक्षको छ ।  युवापुस्तालाई मध्यनजर गरेर तयार पारिएको चलचित्रमा मुख्यतः बाइक स्टन्ड र मर्डर मिस्त्रीमा आधारित रहेको पत्रकार सविन शाक्यले जानकारी दिनुभयो ।  
चलचित्रमा भुवन केसी, रमेशसिंह ठकुरी, पूजा भट्ट, अभय कुँवर, बबिता घिमिरे, निकिता शाही, बाल्दिप राईलगायतका कलाकारहरूको अभिनय रहेको छ ।  क्याट भिजन प्रोडक्सन प्रा. लि.को ब्यानरमा अनोज अधिकारीले निर्माण गरेको चलचित्र ‘ब्ल्याक डायरी’को प्रस्तुतकर्ता सविन शाक्य हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना