तीन जना निवार्चन अायुक्त सिफारिश

गोरखापत्र समाचारदाता
काठमाडाैं, माघ १४ गते । संवैधानिक परिषद्ले निर्वाचन आयोगमा लामो समयदेखि रिक्त तीन आयुक्तको नियुक्तिका लागि सिफारिश गरेको छ ।

Rss_Images_1485514806344_Pro_Ktm_270117_rss (1)

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न परिषद् बैठकले सिफारिशको निर्णय गरेको हो । परिषद्को सिफारिश निर्णय संसदीय सुनुवाइका लागि शुक्रबार नै संसदीय सुनुवाइ विशेष समितिमा पठाइएको छ ।

परिषद्ले ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार शाहलाई सिफारिश गरेको उपसभामुख गङ्गाप्रसाद यादवले बताउनुभयो । पौडेल पूर्व रक्षा सचिव हुनुहुन्छ भने दाहाल निर्वाचन आयोगको पूर्वसचिव हुनुहुन्छ । यस्तै शाह पूर्व सहसचिव हुनुहुन्छ । प्रशासनिक क्षेत्रमा लामो समय संलग्न तीनै जनालाई परिषद्ले निर्वाचन आयुक्तमा सिफारिश गरेको हो ।

सिफारिश भएका तीनै जनालाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुहुनेछ । तीनै जनाको नियुक्ति भएपछि निर्वाचन आयोगले पूर्णता पाउनेछ । एकजना प्रमुख निर्वाचन आयुक्त र चारजना आयुक्त रहने संवैधानिक व्यवस्था छ । अहिले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा कार्यरत हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा सम्पन्न परिषद् बैठकमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्तिमगर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपसभामुख यादव उपस्थित हुनुहुन्थ्यो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना