प्रज्ञाकी मूर्त रूप सरस्वती

binayak p dhitalविनायकप्रसाद धिताल


सरस्वती र विद्यालाई पर्यायवाची रूपमा लिइन्छ ।  विद्याको महिमा बुझ्न यो श्लोकको अर्थ बुझे मात्र पनि पुग्छ ।  ‘न चौरहार्य न चराजहार्य न भातृ भाज्य न चभारकारी, व्ययेकृते वर्धत एवं नित्यं, विद्या धनं सर्व धनं प्रधानम’ अर्थात् राजाले हरण गर्न नसक्ने, चोरले चोर्न नसक्ने, बोक्दा भार नहुने, भाइ अंश लगाउन नपर्ने, विद्यारूपी धन सबै धनमा श्रेष्ठ हो ।  जुन जतिसुकै बोक्न सक्यो उत्तिनै हितकारी हुन्छ, वितरण गर्नेलाई पनि र प्राप्त गर्नेलाई पनि ।  अनि विष्णु पुराण १।११।४१ मा मुक्तिको प्रसङ्गमा ‘तत्कर्म यन्न बन्धाय साविद्याया विमुक्तये ।  आया साया परंकर्म विद्यान्ना शिल्प नै पुणम्’ अर्थात् विद्याले समस्याको समाधान गर्छ, बाटो देखाउँछ, आँखा खुलाउँछ, असल संस्कार संस्कृतिको निर्माण गर्छ ।  अर्थात् कर्म त्यस्तो गर जो तिम्रो बन्धनको कारण नहोओस्, अथवा विद्या त्यो हो, जसले मुक्तिको मार्ग देखाउन सकोस् ।  
यसैलाई नाटककार बालकृष्ण समले आलङ्कारिक शैलीमा ‘ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ’ भनी विज्ञानले हासिल गरेको चमत्कार जतिसुकै भए पनि विज्ञानलाई ज्ञान वा प्रज्ञाको साथ लगाउन सकेमात्र विज्ञान विनाशकारी प्रयोगबाट बच्न गई मानव कल्याण र उन्नतिका लागि प्रयोग हुन सक्दछ भनी विद्याबाट प्राप्त हुने प्रज्ञाको महìवलाई घनीभूत रूपमा व्यक्त गर्नुभएको छ ।  सरस्वतीसँग “विद्यादानं करोतुमे” को वन्दना गर्दै विद्या अध्ययनमा लगनशील भइरहने व्यक्तिहरू नै सरस्वतीको बरद पुत्र बन्न पुगेको पाइन्छ ।  जसरी पारखी कालीगढहरूले ढुङ्गा र काठ धातुमा कुँदिएको सरस्वतीको मूर्तिको दर्शनले विद्धान् विवेकीहरू प्रसन्न हुन्छन्, उपदेशमय ज्ञान पाउन लालायित हुन्छन् त्यसरी नै सरस्वती पनि विद्धान् विवेकीहरूको आदर सत्कार तथा विद्या अध्ययन र लगनशीलताले खुसी हुन्छिन् ।  यस सम्बन्धमा ऋगवेदमा अथ्र्याइएको कुरा अत्यन्त मननीय छ ।  श्लोक मन्त्र भन्दछ ‘न ऋते श्रान्तस्य सख्व्याय देवा ः’ अर्थात् परिश्रमपूर्वक साधना गर्नेलाई देवताहरू सहायता गर्दछन्, ।  
मानव जातिको जीवन चक्र उजिल्याउने सङ्केतमा सरस्वतीले ज्ञानको निमित्त पुस्तक, र नाद उद्भव हुने एकाग्र स्थितिको निमित्त वीणा र माला धारण गरेकी छन् ।  पुस्तकका अक्षर कहिल्यै नाश नहुने सार वस्तुको रूपमा र सङ्गीतमा उत्प्रेरक शक्ति अर्थात् स्टिमुलेशन र एकाग्रस्थिति पैदा गर्नसक्ने क्षमता रहेको हुन्छ ।
भाषा शास्त्री तथा शास्त्रकारहरू सरस्वतीको सत्यस्वरूप र विवेकी ज्ञानलाई प्रज्ञा सम्बोधन गर्छन् ।  विद्याको उद्देश्य प्रज्ञाको उदय हो, जसको निमित्त गहन अध्ययनको आवश्यकता पर्छ ।  गहन अध्ययन नगरिकन सतही पढेर मात्र तर्क कुतर्क गर्ने कार्यलाई प्राज्ञिक भन्न मिल्दैन ।  बुद्धि र विवेकलाई ठीक ठाउँमा प्रयोग गरी आफूमा मात्र हैन अरूमा पनि शक्तिको उजागर गर्नु र आ–आफ्नो विषय अध्ययनको सारले ज्ञानको नयाँ क्षितिज उधार्न सक्नु नै प्रज्ञोदयको लक्षण हो ।  अप्रमेय तìवको बोध प्रज्ञाबाट नै निसृत हुन्छ ।  पढेर पनि प्रज्ञाको उदय हुनसक्दैन भने त्यस्तो पढाइको अर्थ रहँदैन ।  कुनै पनि विषयको तìव भित्री तहसम्म बुझ्नु ज्ञानको श्रेष्ठता हो र कहिल्यै खराब  अपवित्र नहुने ज्ञानको पवित्रता हो ।  ज्ञान तथा प्रज्ञा व्यक्ति, समाज तथा राष्ट्रको जग र प्रकाश हो भनी धर्मशास्त्र, आचारशास्त्र, दर्शनशास्त्र तथा श्रीमद्भागवत गीताले अथ्र्याएको छ ।  गीता अध्याय ४ श्लोक ३८ मा ‘नहि ज्ञानेन सदृशं पवित्र मिह विद्यते’ अर्थात् यस संसारमा ज्ञानजस्तो पवित्र वस्तु अरू कुनै छैन भनिएको छ ।
धार्मिक, सामाजिक, सांस्कृतिक, दृष्टिमा श्रीपञ्चमीको निकै महìव रहँदै आएको छ ।  सरस्वती पूजा बसन्त श्रवण बालबालिकाहरूको नाक, कान छेड्नु, लेनदेन व्यवहार मिलाउनु, परदेश यात्राको शुभसाइत, माङ्गलिक काम, बन्द व्यापार, घरनिर्माण, विद्यारम्भ आदिको थालनी गर्न श्रीपञ्चमीमा मुख्य पञ्चाङ्ग पात्रोको साइत जुर्न नपर्ने भएकाले यो पञ्चमी विशिष्ट पञ्चमीको रूपमा मनाउने गरिएको छ ।  वास्तवमा सरस्वती पूजाको दिन भएकोले नै श्रीपञ्चमीको महìव हुन गएको हो ।  सरस्वती प्रज्ञाको आदि दैविक रूप हुन् ।  चिन्तन मनन् र एकाग्रता सरस्वती पूजाका भित्री सामग्री हुन् अर्थात् प्रज्ञोदययका साधन हुन ।  अध्ययनको सफलता नै प्रज्ञाको उदयमा छ ।  तसर्थ सरस्वती पूजाको दिन आफूभित्र त्यही उदय वा प्रकाशका लागि आराधना गराँैं ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना