राष्ट्रिय संस्कृति र सञ्चार

laldeusa raiलालदेउसा राई




अहिलेको र अब आउने विश्वमा चाहे जुनसुकै मुलुक किन नहुन्, त्यसले आफ्नो सांस्कृतिक पहिचान जोगाउने नीतिलाई प्रााथमिकता दिनेछ ।  कुनैले दूरगामी त कुनैले हिंसात्मक अल्पगामी नीति अवलम्बन गरी आफ्नो सांस्कृतिक पहिचानका लागि स्थापित मान्यता जोगाएर विश्वमा आफ्नो प्रतिष्ठा बनाउन लागि पर्नेछ ।
आज विभिन्न राष्ट्रले आ–आफ्ना समाजका सांस्कृतिक विशेषता नीतिगत रूपमा विभिन्न किसिमका सञ्चार माध्यमद्वारा प्रक्षेप गरिरहेका छन् ।  भनिन्छ, अबको विश्व अपूर्व सांस्कृतिक क्रान्तितर्फ उन्मुख छ ।  सञ्चार प्रविधि र यसको प्रयोगको विकासले फड्को मारिरहेको अभूतपूर्व विश्व स्थितिमा भूसतही मार्गको विस्तार यस किसिमको क्रान्तिमा थप शक्ति प्रदान गर्नेछ भनिन्छ ।  उदाहरणका लागि हामी अब हातमा अति द्रूत गतिमा चल्ने मोबाइल फोन लिएर सिल्क रोडमा गुड्दै विश्वको कुनै पनि ठाउँमा के भइरहेको छ वा कस्तो मनोरञ्जनमा रमाउनमा चाहिन्छौँ, कहाँ कहिले र कसरी प्रभावित भएर आफ्नो अस्तित्व निर्वाह गरिरहेका हुने भन्ने कुरो यथार्थतामा परिणत भइरहेको छ ।
आजको विश्वव्यापीकरण एक सत्य हो भन्ने कुरोमा कसैको दुईमत छैन तर यो सत्यलाई मनन गर्दै अब विकसित भइरहेको नयाँ क्रान्तिकारी युगमा सञ्चार प्रक्रियाले खेलिरहेको भूमिकालाई ध्यानमा राख्दा साना ठूला मुलुकले आ–आफ्ना सांस्कृतिक पहिचान कसरी जोगाइराख्ला भन्ने प्रश्न टड्कारो रूपमा देखापरिरहेको छ ।  
समाज र संस्कृतिबीचको सम्बन्धबारे यस किसिमको प्रश्न उठ्नुको मूल कारण इन्टरनेटको व्यापक प्रयोग हो भन्ने गरिन्छ ।  यो यस्तो अभूतपूर्व प्रविधिको साधन हो, जसलाई जुनैसुकै मानिस जहाँबाट भए पनि जे चाहेको हो त्यो हेर्न, सुन्न र पढ्न सक्छ ।  यसले एक व्यक्तिलाई अर्काे व्यक्तिसँग तुरुन्त सम्पर्क गराउन सक्छ र जे–जस्तो व्यक्तिगत वा सामाजिक सोच विचार मत अभिमत, भनाइ गराइबाट आदानप्रदान गर्न सक्छ ।
 यस किसिमको अति नवीन सञ्चार साधनले समाज र संस्कृतिबीचको सम्बन्धलाई के फरक पार्छ भन्ने बारे सञ्चारविद्हरू अहिले सोच विचारमा मग्न छन्, यद्यपि परम्परागत आमसञ्चारका माध्यमबारे पचासौंँ वर्षदेखि उनीहरूले प्रशस्त सिद्धान्त प्रतिवादन गरेका छन् ।  जे होस् व्यवहारमा परम्परागत आमसञ्चारका माध्यम नवीनतम सञ्चार माध्यमले असर पारिरहेको पाइन्छ ।  यस नयाँ सञ्चार प्रविधि जडित सञ्चार प्रणालीले विश्व आर्थिक बाध्यता र सन्देश वितरण प्रणालीमै ल्याएको अकल्पनीय परिवर्तनले गर्दा अन्तर्राष्ट्रियकरणको गतिमा द्रुतता अधिक बढेको पाइन्छ ।  त्यतिमात्र होइन आज यस्तो अन्तर्राष्ट्रिय वा भूमण्डलीय माध्यमको सिर्जना भएको छ, जसले सन्देश प्रापक पनि आफ्नै किसिमको सिर्जना गरिरहेको छ ।  केवल सन्देशको अन्तर्य वा माध्यमको स्वामित्वको कुरो मात्र होइन ।
यसबाट विश्वका समाजमा कस्तो सांस्कृतिक प्रभाव वा असर पर्ने हुन् भन्नेबारे सञ्चारविद्हरू चिन्तामा परेको पाइन्छ ।  नेपाल सरकारले हालै विज्ञापनकोे क्षेत्रमा क्लिन फिडको नीति अवलम्बन गरी यस्तै आफ्नो सांस्कृतिक पहिचान जोगाउने प्रयास गरेको हो तर यो परम्परावादी सञ्चार सोच मात्र नभई टेलिभिजनको माध्यमबाट हुने विषयवस्तुसँग मात्र सम्बन्धित छ ।  मूल चिन्ताको विषय भनेको कसरी नवीनतम सञ्चार माध्यमको प्रभावमा आफ्ना नागरिकलाई त्यस माध्यमको आफ्नै किसिमको विशेष पाठक, श्रोता वा दर्शक बन्नबाट रोक्ने र आर्थिक बाध्यता र विश्व पहिचानमै बढी रमाउने आधुनिक व्यक्ति वा समाजको प्रवृत्तिले गर्दा तथा भूमण्डलीकरणको नयाँ लहरबाट कुनै पनि सञ्चार माध्यम अछुतो रहन सक्ने स्थिति देखा नपरेकोले यस किसिमको चिन्ताको निराकरण होला र भन्ने प्रश्न जीवित छ ।
अझ थप चिन्ताको विषय भूभण्डलीय सञ्चार माध्यमको संरचनामा अति शक्तिशाली मुलुकले केवल आफ्नो हित हुने अन्तरवस्तुको सन्देश उत्पादनमा प्रभुत्व मात्र जमाइराखेका छैनन् ती उत्पादनलाई निर्यात गरी आ–आफ्ना पाठक, श्रोता वा दर्शकवर्ग निर्माण गरिरहेका छन् ।  जब कि कमजोर राष्ट्रहरू आ–आफ्ना सञ्चार नीति तथा कार्यक्रमलाई सशक्त ढङ्गले कार्यान्वयन गर्न नसकेको वा नचाहेका अवस्थामा ती राष्ट्रका नागरिक स्वतः परराष्ट्रका सञ्चार माध्यमबाट उत्पादित सञ्चार सन्देश उपभोग गर्न लालायित पाइन्छन् ।
केही दिनअघि मात्र त्जयmबक ी। ँचष्भमmबल ले ल्भध थ्यचप त्ष्mभक को क्ष्लतभचलबतष्यलब िभ्मष्तष्यल मा आफ्नो विचार राख्दै लेखेका थिए, अब हाम्रो जीवनको अधिकांश भू–सतही संसारबाट सरेर साइबर स्पेशको संसारतर्फ उन्मुख छ ।  यसको अर्थ हो अब हाम्रो अधिकांश अन्तरक्रिया यस्तो संसारमा हुनथालेको छ, जहाँ हामी सबै अनायस अन्तरसम्बन्धित हुनेछौँ तर कोही पनि कसैबाट नियन्त्रित हुनेछैनौँ तर पनि यो यस्तो संसार हो जहाँ हाम्रो अधिकांश क्रियाकलाप सम्पन्न गर्नेछौँ ।  यसमा इन्टरनेटले आजको र आउने विश्वमा भूमिका खेलिरहेको हुनेछ तर यसको साथसाथै यो नवीनतम सञ्चार माध्यमको नियन्त्रण कसरी गर्ने भन्ने प्रश्न पनि अत्तिकै पेचिलो भएर आउनेछ ।  एउटा कारण त कुनै पनि जिउँदो मुलुक आफ्नो सांस्कृतिक पहिचानलाई गुमाउन चाहँदैन र हँुदैन पनि ।
यसमा सञ्चारविद्हरूको मन्तव्य यस्तो पाइन्छ ः नवीनतम सञ्चार माध्यमबाट के कस्ता पाठक, श्रोता वा दर्शकवर्ग आफ्नै किसिमका सिर्जना गर्ने सञ्चार माध्यम कसरी प्रवद्र्धन गर्ने भन्नेबारे निष्कर्षमा पुग्नुभन्दा पहिले त भूमण्डलीय राजनीतिक प्रणाली तथा केही कुनै रूपको अन्तरर्राष्ट्रिय वा भूमण्डलीय सरकारको गठनका लागि प्रयास हुनुपर्छ ।
नेपालको सन्दर्भमा विचार गर्दा यस मुलुकको सञ्चार नीतिले आजको भूमण्डलीय सञ्चार वातावरणमा मुलुकको प्राचीन राष्ट्रिय संस्कृतिलाई नेपाल राष्ट्रको हितका लागि जोगाइराख्न सक्छ भन्ने विश्वास जगाइराख्न सक्नुपर्छ ।  नेपालको संस्कृतिको सिर्जना सनातनकालदेखि कै भएको हुनाले यसको जग अरू कुनै बाह्य संस्कृतिले नवीनतम सञ्चार प्रविधि प्रयोग गरी ध्वस्त पार्न सक्दैन भन्ने विश्वास नेपाली जनमानसमा स्थापित भएको हुनुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना