बस दुर्घटनामा ११ विद्यार्थी घाइते

प्रतीक इच्छुक शर्मा 

सल्यान, माघ १८ गते । राप्ती लोकमार्ग दाङ सल्यान सडकखण्ड अन्र्तगत धनवाङ नजिकै बस दुर्घटना हुँदा ११ विद्यार्थी घाइते भएका छन् ।

आज बिहान लुम्बिनीबाट सल्यान आउदै गरेको ना ४ ख ७६४६ नं. बस धनवाङ ७ खुना दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । निराजन माध्यमिक विद्यालय सिद्धेश्वरी ढोरचौरका विद्यार्थीहरुलाई लिएर शैक्षिक भ्रमणमा गएको बस दुर्घटना भएको प्रहरी नायव उपरीक्षक श्याम वहादुर खत्रीले जानकारी दिनु भयो । । दुर्घटनामा परी घाईते हुनेमा संगिता गिरी, पवन बस्नेत, साबित्रा भण्डारी, लिला बस्नेत, निशा कुँवर, विनोद शर्मा, राज कुमार बुढाथोकी रहेका छन् । यस्तै कमल बोहरा, चन्द्र बुढाथोकी, संगिता रेउले र संगिता भण्डारी रहेका छन् । 

बस सडकबाट झन्डै १ किलोमिटर तल खसेको छ । बसको टाइराइड भाँचिएका कारण बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङ्गमा उपचार भैरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना