धावक पण्डितलाई सम्मान

काठमाडौँ, माघ १८ गते । अल्ट्रा धावक सञ्जय पण्डितलाई कोसी समूहले रु दुई लाख १० हजारसहित सम्मान गरेको छ । यहाँ सोमबार आयोजित कार्यक्रममा अन्टार्टिकाको माउन्ट रजम्यानलगायत सिखर आरोहण गरी देशको प्रतिष्ठा बढाएकाले सो सम्मान प्रदान गरिएको हो ।

सो समूहका अध्यक्ष गोविन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मानपत्र प्रदान गर्दै नेपाललाई विश्वमा आरोहणको माध्यमबाट चिनाउन पण्डितले अहम भूमिका निर्वाह गरेकाले त्यसको सराहना गर्नुभयो । उहाँको साहसलाई उच्च मूल्याङ्कन गरी आफ्नो समूहले सम्मान गरेको उहाँले बताउनुभयो ।

सगरमाथा मनास्लुसहित विश्वका १० अग्ला शिखर आरोहण गर्नुभएका पण्डितले अफ्रिकाको सिखर किलिमान्जारो र अस्ट्रेलियाको सिखर कोजियस्कोमा उल्टो हिँडेर आरोहण गर्नुभएको थियो । पण्डित उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुनुहुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds