सर्वोच्चमा दुई न्यायाधीशलाई शपथ

President -- rajendra

तस्वीर राजेन्द्र चित्रकार

काठमाडौँ, माघ १८ गते । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस दुई न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

सो समारोहमा उपराष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक अं्गका प्रमुखहरु र नेपाल सरकार मुख्य सचिव उपस्थिति हुनुहुन्थ्यो ।

न्यायपरिषद्ले उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको थियो ।

न्यायाधीशद्वयको नाम सोमबार संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना