सामुदायिक सूचना केन्द्रको अवधारणा

rajendra kiratiराजेन्द्र किराती

 

सूचना तथा सञ्चार प्रविधिको अभूतपूर्व विकासले सिङ्गो विश्व जगत्मा उथलपुथल भएको छ ।  यसले जीवन र जगत्को सोचाइ, बुझाइ र हेराइमा आमूल फेरबदल ल्याएको छ ।  पुरानो, अव्यावहारिक र झन्झटिलो प्रविधिलाई नयाँले विस्थापन गर्नेक्रम तीव्र देखिन्छ ।  एक जमानामा हुलाक सेवा सूचना तथा सञ्चारको सबैभन्दा महŒवपूर्ण साधन थियो ।  यो मानव समाजको अभिन्न पक्ष थियो ।   सिङ्गो विश्व मानव जगत्को सञ्चार रेखा नै हुलाक थियो ।  त्यसबेला हुलाकीले एक ठाउँको सूचना अर्को ठाउँमा बोकेर पु¥याउनुपथ्र्यो ।  सम्पूर्ण सूचना तथा सञ्चारको व्यावहारिक तथा भरपर्दो माध्यम नै हुलाक थियो ।  सानो सूचनाको लागि हप्तौँसम्म कुर्नुपथ्र्यो ।  नेपालको मेचीबाट महाकालीसम्म खबर र सामान आदान–प्रदान गर्दा दुई हप्ताभन्दा बढी लाग्थ्यो तर मार्कोनीले सन् १८९५ मा वेतार सम्प्रेषण विधि पत्तो लगाएपछि सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ आयाम थपिएको देखिन्छ ।  यसले सूचना–सञ्चारमा ऐतिहासिक फड्को मार्नुको साथै हुलाक प्रविधिको वैज्ञानिक तथा वस्तुवादी विकल्प पेस ग¥यो ।
पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियानसँगै नेपालमा हुलाक सेवाको अवधारणा विकास भएको देखिन्छ ।  त्यसबेला कागजे र थाप्ले हुलाक प्रणाली थियो ।  चिठ्ठी तथा कागजपत्र बोक्नेलाई कागजे र वोस्तामा रसदपानी लगायतका सामग्री बोक्नेलाई थाप्ले हुलाक सेवा भनिन्थ्यो तर नेपालमा संस्थागत रूपमा भने वि.सं. १९३५ बाट मात्र हुलाक सेवा प्रारम्भ भएको देखिन्छ ।  प्रारम्भमा यसलाई नेपाल हुलाक घर भनिन्थ्यो ।  हुलाक सेवाले विकासको लामो ऐतिहासिक शृङ्खला बनाएको देखिन्छ ।  दुई दशक अघिसम्म सूचना सञ्चारमा हुलाक सेवाको वर्चस्व थियो ।  नेपालको गाउँ–गाउँमा यसको सेवा र संरचना विस्तार गरिएको थियो ।  सम्पूर्ण नेपाली जनताको जीवनरेखा नै हुलाक थियो ।  सबै वर्ग, जाति, क्षेत्र तथा लिङ्गका नागरिकलाई सुसूचित, घुलमिल र सम्पर्कको माध्यम थियो हुलाक ।  यो सेवा सामाजिकीकरण, सद्भाव तथा भाइचारा सम्बन्धको अभिन्न आयाम थियो ।  
नेपालको दुर्गम तथा विकट क्षेत्रमा विशेषतः यो निर्विकल्प सञ्चार माध्यम थियो ।  यसको कार्यक्षेत्र, कार्यभार, औचित्य, साङ्गठानिक संरचना तथा जनशक्तिको आयतन व्यापक थियो ।  हाल पनि यसको संरचना यथावतै छ तर तीव्र प्रविधि विकासको कारण दिनदिनै औचित्य खस्कँदो छ ।  यसले सेवा भार पनि नाटकीय रूपमा घटाएको छ ।  यसअन्तर्गत एउटा हुलाक सेवा विभाग र पाँच वटा केन्द्रीय कार्यालय छन्– गोश्वारा हुलाक, केन्द्रीय टिकट भण्डार, हुलाक प्रशिक्षण केन्द्र, केन्द्रीय धनादेश कार्यालय र नेपाल फिलाटेलिक ब्यूरो ।  यता पाँचै क्षेत्रमा क्षेत्रीय निर्देशनालय, जिल्ला हुलाक कार्यालय र आठ सय बयालीस वटा इलाका हुलाक कार्यालय छन् ।  गाउँ–गाउँमा तीन हजार ७४ अतिरिक्त हुलाक छन् ।  देशको विभिन्न स्थानमा चार सयभन्दा बढी टेलीसेन्टर छन् ।  त्यस्तै हुलाकअन्तर्गत निजामतीतर्फ आठ हजार ६०५ र अतिरिक्त हुलाकतर्फ १० हजार ८५७ कर्मचारीकार्यरत छन् ।  यसबाट हुलाक सेवाको आयतन, औचित्य, दायित्व र कार्यक्षेत्रको व्यापकता छर्लङ्गै देखिन्छ ।
आज सूचना तथा सञ्चार प्रविधिमा भएको अभूतपूर्व विकासले हुलाक सेवा विस्थापित हुँदै गइरहेको छ ।  यति धेरै भौतिक, साङ्गठानिक र जनशक्तिको संरचना भएको संस्था करिब–करिब औचित्यहीन बन्दै गइरहेको छ ।  त्यसैले अब राज्य रचना अनुरूप हुलाक संरचनाको गठन र आधुनिकीकरण जरुरी भएको छ ।  यसलाई परिमार्जन गर्दै समयसापेक्ष बनाउने सन्दर्भमा सरोकारवाला बीच गम्भीर बहस र छलफलको खाँचो छ ।  हुलाक सेवाअन्तर्गतको भौतिक तथा साङ्गठानिक संरचना अनि जनशक्तिलाई पुनर्संरचना, अत्याधुनिकीकरण वा स्तरीकरण अपरिहार्य देखिन्छ ।  यसको कार्यक्षेत्र, भूमिका र कार्यपद्धति विकास एवं स्तरीकरण गर्न अपरिहार्य भएको छ ।  उच्च प्रविधि र उपकरणसहितको कार्यालय व्यवस्थापन साथै मातहतका जनशक्तिलाई आवश्यता अनुरूपको प्राविधिक तथा व्यवस्थापकीय तालिम र प्रशिक्षण दिनु अनिवार्य देखिन्छ ।  
यही यथार्थलाई ध्यान दिई सूचना तथा सञ्चार मन्त्रालयले हुलाकलाई सामुदायिक सूचना तथा सेवा केन्द्रको रूपमा विकास गर्ने रणनीतिक कार्ययोजना ल्याएको छ ।  यही दीर्घकालीन उद्देश्य अनुरूप हुलाकले अब सामान्य खबर आदान–प्रदान मात्र नभएर सूचना र सञ्चारको युगसापेक्ष सबै काम गर्नेछ ।  हरेक स्थानीय निकायमा यसको संरचना विस्तार गरिनेछ ।  यसलाई अत्याधुनिक प्रविधियुक्त बनाई नागरिकको सबैखाले सूचनाको हकलाई व्यावहारिक कार्यान्वयन गरिनेछ ।  यसको दायरा, दायित्व र औचित्य फराकिलो पारिनेछ ।  अबको रूपान्तरित हुलाक वा सूचना तथा सेवा केन्द्रलाई जनताको सूचना र सञ्चारको हकलाई संस्थागत गर्ने स्थानीय प्राधिकार निकायको रूपमा विकास गरिनेछ ।  यसमा सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका नागरिकको समान पहुँच सुनिश्चित गरिनेछ ।  यो जनसमुदायको आत्मीय साथी जस्तो वा जनमैत्री हुनेछ ।
यसमा समग्र मानव क्रियाकलापको सूचना उपलब्ध गराइनेछ ।  प्रत्येक सामुदायिक सूचना तथा सेवा केन्द्रमा आफू मातहत रहेको सबैखाले सूचनाको केन्द्रीकरण गरिनेछ ।  यसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा
धार्मिक तथ्याङ्कहरूलाई अभिलेखीकरण गरिनेछ ।  जनसङ्ख्या, प्राकृतिक स्रोतसाधन, आर्थिक क्रियाकलाप, विकास निर्माण, सांस्कृतिक सम्पदा एवं पर्यटकीय पूर्वाधारको तथ्याङ्क ‘कम्प्युटराइज्ड’ प्रविधिमा राखिनेछ ।  जनसङ्ख्याको अध्यावधिक गरिएको समग्र विवरण जस्तै महिला, पुरुष, बालबच्चा, युवा, वृद्धवृद्धा र अपाङ्गहरूको अवस्था सम्बन्धी तथ्याङ्क राखिनेछ ।  जन्मदर, मृत्युदर, मातृमृत्युदर, बालमृत्युदर, कुपोषण र सुत्केरी महिलाको अवस्थासम्बन्धी प्रतिवेदन राखिनेछ ।  यस अतिरिक्त शिक्षा, स्वस्थ्य, रोजगारी र खाद्य सम्प्रभूतामा पहुँचसम्बन्धी तथ्याङ्क राखिनेछ ।  रोजगारीको समस्या र सम्भावना तथा बेरोजगारको तथ्याङ्क पनि राख्नेछ ।  
यसैगरी स्थानीय क्षेत्रभित्र खेतीयोग्य र बाँझो जमिन, वनजङ्गल, खनिज र जलविद्युत् लगायतका स्रोतसाधनको विवरण अभिलेखीकरण गरिनेछ ।  कृषि तथा पशुपालनसम्बन्धी सम्भावना, चुनौती र अवसरको तथ्याङ्क राखिनेछ ।  उद्योग, सहकारी तथा वित्तीय संस्थाहरूको तथ्याङ्क राखिनेछ ।  सूचना केन्द्र सबैखाले जनसरोकारका सूचनाको भकारी बनाई स्थानीय स्तरमा हुने सबैखाले सूचनाको व्यवस्थित र वैज्ञानिक रूपमा केन्द्रीकरण गरिनेछ ।  नागरिकले सङ्घ, प्रदेश तथा स्थानीय निकायसम्बन्धी कुनै पनि सूचना चाहेमा सजिलै प्राप्त गर्न सक्नेछ ।  यसमा आधारभूत परामर्श, वृद्धाभत्ता, रेमिट्यान्सलगायतका वित्तीय सेवा उपलव्ध गराइनेछ ।  यो उच्च प्रविधिमैत्री, व्यवस्थित र जनमैत्री हुनेछ ।  
त्यसैले, सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले यसको कार्यभार, दायित्व, दायरा र औचित्यको आयतन बढाएको छ ।  पुरातन संरचना, सोच, प्रविधि, जनशक्ति र कार्यशैलीको आमूल रूपान्तरण वा पुनर्संरचना नै हो ।  यसैको कडी स्वरूप परम्परागत हुलाक सेवा संरचनाको पुनर्संरचना र आधुनिकीकरण, प्रविधको विकास, जनशक्तिको सशक्तीकरण साथै कार्यशैलीको वैज्ञानिकीकरण गर्नु आजको वस्तुगत आवश्यता हो ।  यस मानेमा सामुदायिक सूचना तथा सेवा केन्द्रको अवधारणा वस्तुवादी, व्यावहारिक, युग र प्रविधि सापेक्ष एवं जनचाहना अनुरूप देखिन्छ ।  यसलाई मूर्तिकरण गर्न सबै सरोकारवालाको नीतिगत, प्राविधिक, व्यावहारिक तथा भावनात्मक सहयोग, सहकार्य र प्रतिबद्धता जरुरी छ ।  तब मात्र सामुदायिक सूचना तथा सेवा केन्द्र अवधारणाको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना