अमेरिकी विदेशमन्त्रीमा रूस निकट मानिने रेक्स टिलरसन



वासिङ्गटन , माघ २० गते । तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ । टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुनुहन्थ्यो ।

नवनियुक्त विदेशमन्त्री टिलरसन ( बाँया ) लार्इ शपथग्रहण गराउँदै अमेरिकी उपराष्ट्पति

माइक पेन्स । साथमा राष्ट्पति डाेनाल्ड ट्रम्प ( दाँयबाट दाेस्राे )  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६४ बर्षीय टिलरसनलाई अमेरिकी सिनेटले विदेश मन्त्रीमा अनुमोदन गरेपछि अव ताजा विदेश निती अपनाइने बताउनु भएको छ ।
विगतमा कुनै पनि सार्वजनिक पदधारण नगरेका टिलरसनलाई रुससँग निकट सम्बन्ध भएको भन्ने विषयमा आलोचना रहदै आएको छ ।

विशाल तेल कम्पनीका पूर्व प्रमुख टिलरसनले रुसी सरकारी तेल कम्पनी रोसनेफ्टसँग अर्बो डलर बराबरको व्यापारिक सम्झौता गरेका थिए ।

अमेरिकी सिनेटमा टिलरसनलाई अनुमादनको लागि भएको मतदानमा रिपब्लिकनहरुले उनको समर्थन गरेका थिए भने, अधिकांस डेमोक्र्याटले भने विरोध गरेका थिए ।
सिनेटमा ५६ भोट उनको पक्षमा परेको थियो भने ४३ भोट उनको विपक्षमा परेको थियो । रासस ÷एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना