गोरखापत्र दैनिकको प्रधान सम्पादकमा आचार्य

nirmal acharya_1काठमाडौँ, माघ २१ गते ।  गोरखापत्र दैनिकको प्रधान सम्पादकमा निर्मलकुमार आचार्य नियुक्त हुनुभएको छ ।   उहाँलाई संस्थान व्यवस्थापनले अर्काे व्यवस्था नभएसम्मका लागि माघ २१ गतेदेखि निमित्त प्रधान सम्पादक भई कामकाज गर्न जानकारी गराएको छ ।  
गोरखापत्र संस्थान सेवा, दसौँ तह, कार्यकारी सम्पादक पदमा रहनुभएका आचार्यले पुस २१ गतेदेखि गोरखापत्र दैनिककै प्रबन्ध सम्पादकको जिम्मेवारी पाउनुभएको थियो ।  उहाँ ३२ वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने गोरखापत्रमा २७ वर्षदेखि निरन्तर सेवामा रहनुभएको छ ।  उहाँ २०४६ सालमा नेपाली पत्रकारिता सेवामा उपसम्पादक पदमा संस्थानको सेवामा प्रवेश गर्नुभएको थियो ।  
उहाँका प्रथम नेपाली महिला, १०१ प्रथम नेपाली महिला, अग्रणी महिला, गर्गगोत्री आचार्य वंशावली (सम्पादन तथा सहलेखन), सांस्कृतिक सेरोफेरो, मनको ओखती, मेदनीस्मृतिलगायतका कृति प्रकाशित छन् ।
उहाँले गोरखापत्र पत्रकारिता पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, मातृभूमि पुरस्कार, कुलदीपक पदकलगायतका पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ ।  
यसअघि प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएका पुष्कर माथेमालाई संस्थान व्यवस्थापनले गोरखापत्रकै सहप्रकाशन मासिक बालपत्रिका मुनाको सम्पादकको जिम्मेवारी प्रदान गरेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना