फेरिएको फेसनप्रति बढेको आकर्षण

यलु जोशी

काठमाडौँ , माघ २१ गते ।  फेसन जीवनशैलीको महìवपूर्ण पक्ष मानिन्छ ।  फेसनले जीवनलाई सार्थक र उल्लासमय बनाउँछ ।  समयसँगै फेसनमा पनि निरन्तर परिवर्तन आइरहन्छ ।  त्यसरी आउने फेरबदलले पार्टी वा अनेक महोत्ववीय अवसरमा महिलाको व्यक्तित्वलाई उँचो बनाउँछ ।  फेसनका कुरा गर्दा अहिले युवतीमा वेस्टर्न गाउन निकै लोकप्रिय रहेको छ ।  कुनै भोज भतेर होस् या कार्यक्रममा जान होस् सजिलो र राम्रोको हिसाबमा ‘वेस्टन गाउन’ लोकप्रिय रहेको छ ।  यो गाउन अविवाहित हुन् या विवाहित महिला हुन् यो फेसनको प्रयोग र लोकप्रियता निकै रहेको छ ।  
वेस्टर्नको दाँजोमा भारतीय गाउन केही महँगो पर्ने गर्दछ ।  त्यसले गर्दा पनि अधिक नेपाली युवतीलाई वेस्टर्न गाउनले आकर्षण बढाएको फेसन डिजाइनरहरूको धारणा छ ।  काव्य बुटिकका प्रोप्राइटर उमा नेम्कुलले वेस्टर्न गाउन सस्तो हुनका साथै लगाउन सजिलो तथा आरामदायकसमेत हुने कारणले यो बढी चल्तीमा रहेको जानकारी दिनुभयो ।  उहाँले झट्ट हेर्दा रोयल लुक्स दिने गाउन लगाएर हिँडे युवतीहरू सुन्दर मात्र नभएर व्यक्तित्वसमेत राम्रो देखिने बताउँदै यसले वेस्टर्न फेसनमा सजिएर हिँड्न चाहने पछिल्लो पुस्ताको चाहना पूरा गरिदिएको जानकारी दिनुभयो ।  
नेम्कुलका अनुसार वेस्टर्न गाउन तयार गर्दा हल्का कपडामा थोरै ह्यान्डवर्क गरिएको हुन्छ ।  ग्ल्यामरस लुक्स दिने वेस्टर्न गाउनमा किशोरीहरू आफूलाई आकर्षक अनुभव गर्ने भएका कारण पनि अहिले नेपाली फेसन बजारमा वेस्टर्न गाउनले विशेष स्थान प्राप्त गरेको छ ।  यस्तै, फेसन डिजाइनर आस्तिक शेरचनले विभिन्न ‘कलर कम्बिनेसन’ मा तयार गर्न सकिने यस्ता गाउनमा विविध फेब्रिक प्रयोग गर्नसकिने जानकारी दिंदै भन्नुभयो, ‘‘गाउन प्रायः सिल्क, साटर्न सिल्क, एप्पल सिल्क, ब्रोकेट, नेट आदिमा तयार गरिन्छ ।  अहिले रातो, पहेंलो, नीलो, हरियो, कालो, सेतो, बैजनी आदि रङका वेस्टर्न गाउनको चलन बढी छ । ’’pahiran
नायिका तथा पूर्व मिस नेपाल माल्विका सुब्बालाई लामो कुर्कच्चा ढाक्ने गाउनसँग क्रेप चोली र सल पनि प्रयोग गर्दा आफू स्मार्ट देख्ने बताउनुभयो ।  विभिन्न कार्यक्रममा जानुपर्ने र आफू सेलिब्रिटी भएका कारण यस्ता गाउन लागाएर जान सजिलो लाग्ने सुब्बाले जानकारी दिनुभयो ।  
कतिपयले सलबिनाको गाउनसमेत प्रयोग गर्छन् ।  गाउनसँग लगाइने चोलीमा हल्का ह्यान्डवर्क अनि बोर्डर हुन्छ ।  हिजोआज युवतीहरू शारीरिक बनावटअनुरूप शरीरमा चिटिक्क देखिने गाउन अनुसारका एसेसरिज पनि प्रयोग गर्छन् ।  पहिले–पहिले विशेष समारोह वा वैवाहिक कार्यक्रमहरूमा साडी तथा कुर्ता–सुरुवालले बढी महìव पाउँथ्यो भने आजभोलि त्यस्ता कार्यक्रममा गाउनले स्थान पाएको देखिन्छ ।  
गाउन सामान्य युवतीदेखि सेलिब्रेटीसम्मले लगाउने गरेका छन् ।  स्क्रिनमा देखिने स्टाइलदेखि सामान्य अवसरमा लगाएर हिँडेको देखिने वेस्टर्न गाउनको चर्चा नेपालका महìवपूर्ण शहरहरूसम्म समान ढङ्गले फैलिएको छ ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना