दीपज्योति स्वराङ्कनमा

dipjyotiकाठमाडौँ , माघ २१ गते  ।  नारायण मैनालीको निर्देशन रहेको चलचित्र दीपज्योतिको स्वराङ्कन कार्य भइरहेको छ ।  दीपज्योति मैनालीको ‘डेब्यू’ चलचित्र हो ।  चलचित्रको सल्लाहकार निर्देशकका रूपमा कमल मैनाली रहनुभएको छ ।
सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता र अनिशकुमार मैनाली प्रस्तुतकर्ता रहेको चलचित्रमा रामकृष्ण अधिकारी, उत्तम केसी र नीरञ्जन ठाकुरको संयुक्त लगानी रहेको छ ।
चलचित्रमा नीर शाह, लय सङ्ग्रौला, सजोज खनाल, पुष्कर रेग्मी, रजनी केसी, खुश्बु खड्का, प्रमोद ‘दीप’, शेरबहादुर गुरुङ, रेशम फिरिरी आदिको अभिनय रहेको छ ।
हरीश पन्तको कथा रहेको चलचित्रमा रामजी लामिछानेको नृत्य, सम्राट बस्नेतको द्वन्द्व र सचिन गिरीको सङ्गीत रहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना