चराको स्वर्गमा लाटोकोसेरो उत्सव

krishna p bhusalकृष्णप्रसाद भुसाल

 

व्यापार मेला, कृषि महोत्सव, पर्यटन महोत्सव, सडक महोत्सव आदिले स्थानीय स्तरमा बजार प्रवद्र्धन र मनोरञ्जन प्रदान गरिरहेका छन् ।  तर ती सबै महोत्सवभन्दा भिन्न उद्देश्य र महìवका साथ लाटोकोसेरो तथा हुचिल उत्सव यही माघ २१ र २२ गते कपिलवस्तु जिल्लाको जगदिशपुर जलाशय क्षेत्रमा चल्दैछ ।  यो उत्सवको प्रमुख लक्ष्य ओेझेलमा परेका लाटोकोसेरो संरक्षणका लागि स्थानीय समुदाय र सरोकारवाला निकायहरूलाई सुसूचित र जागरुक बनाउनु हो ।  प्रकृतिका साथीहरू संस्थाले स्थानीय समुदायसँगको सहकार्यमा आयोजना गरेको यस उत्सवमा सिमसार र कृषि भूमिमा देखिने दुर्लभ चरा अवलोकन प्रतियोगिता, प्रकृतिको फोटो खिच्ने, लाटोकोसेरा सम्बन्धी लघु म्युजियम प्रदर्शनी, विज्ञका विचार तथा प्रस्तुतीहरू, वातावरण संरक्षण सम्बन्धी स्टल र स्थानीय समुदायका नाच तथा झाँकीहरू राखिएको छ ।  
कृषकका उपयोगी साथी र कल्याणकारी पक्षी लाटोकोसेरो र हुचिलहरू हाम्रो वरिपरि पाइने कतिपय हानिकारक किराफट्याङ्ग्रा, साना जीव र मुसालाई आहार बनाई पारिस्थितिक प्रणाली सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशील बनाउन महìवपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।  शिकारी चरा समूह अन्तर्गत पर्ने मांसाहारी लाटोकोसेराको एक बयस्क जोडीले चार महिनाको समयावधिमा तीन हजार मुसा खाने एक अध्ययनले देखाएको छ ।  लाटोकोसेरालाई वातावरणीय सन्तुलनको सूचकको रूपमा पनि हेरिन्छ ।  पुराना वन जंगलसँग सम्बन्धित धेरै लाटोकोसेराहरूलाई प्राकृतिक स्रोत व्यवस्थापनमा संलग्न विज्ञ तथा संस्थाहरूले त्यस्ता वनजङ्गलहरूको स्वास्थ्य र भाग्यको सूचना दिने चराको रूपमा लिने गरेका छन् ।  उदारहणका लागि भारतीय उपमहाद्वीपका वन क्षेत्रमा बस्ने ‘चश्मे उलूक’ धेरै पुराना र मान्छेको आवतजावत एकदमै कम भएका सालका जङ्गलमा बस्दछ ।  
लाटोकोसेरो पर्यावरणीय दृष्टिले मात्र नभई सांस्कृतिक र ऐतिहासिक हिसाबले पनि महìवपूर्ण मानिन्छ ।  संसारका धेरै सभ्यताहरूमा लाटोकोसेराले अन्धकारमा देख्ने शक्तिका, अज्ञानता चिर्ने विद्वता र ज्ञानको प्रतिनिधित्व गर्दछ ।  हिन्दू संस्कृतिमा लाटोकोसेराको स्थान सम्मानजनक छ ।  धनकी देवी लक्ष्मीको बाहनको रूपमा लाटोकोसेरोलाई पुजिन्छ ।  यसको स्वरलाई पौराणिक साहित्यमा गायनकलाको स्वरसाधनाको निम्ति सहयोगी हुने कुरा पुराणमा जनाइएको पाइन्छ ।  इसाई धर्ममा लाटोकोसेरोलाई प्रभु येसुको ज्ञानको प्रतिनिधि पात्रको रूपमा हेरिन्छ ।  विश्वमा २२५ प्रजातिका लाटोकोसेराहरू पाइन्छन् भने नेपालमा २२ प्रजातिका लाटोकोसेराहरू पाइन्छन् ।
    पारिस्थितिक मात्र होइन, धार्मिक र सांस्कृतिक महìव समेत बोकेका प्रकृतिको अभिन्न अङ्ग लाटोकोसेराहरू भने मूलतः तस्करी र अवैध चरा व्यापारका कारण सङ्कटमा परिरहेका छन् ।  नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेराको व्यापार सबैभन्दा बढी भएको पाइन्छ ।  प्रकृतिका साथीहरू संस्थाको एक अध्ययन अनुसार वाषर््िाक रूपमा नेपालबाट कम्तीमा दुई हजार लाटोकोसेरो अवैध रूपमा विदेश चोरी निकासी हुने र सयौंको सङ्ख्यामा मारिने गर्छन् ।  अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेराहरू हुचिल, हाप्सिलो, महाकौशिक, भासोलूक, उलूक र कालपेचक लोप हुने अवस्थामा छन् ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पंक्षी संरक्षण संघले संयुक्त रूपमा सन् २०११ मा प्रकाशन गरेको नेपालका चराहरूको अवस्था प्रतिवेदन अनुसार ८ प्रजातिका लाटोकोसेराहरू राष्ट्रिय रूपमा सङ्कटापन्न अवस्थामा छन् ।  बढ्दो अवैध व्यापार सँगै वनजंगलको फँडानी र खण्डीकरण, बूढा रुखहरूको कटानी, आवास निर्माण, शहरीकरण आदिले बासस्थान विनाश, आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग र मौसम परिवर्तन जस्ता कारणहरूले गर्दा लाटोकोसेराहरू लोप हुने अवस्थामा पुगेका हुन्  ।  विष प्रयोग गरी मारिएका मुसा र अन्य साना स्तनधारी जीवहरू खाँदा पनि लाटोकोसेरो मर्ने गर्छन् ।    
लाटोकोसेरोहरूको संरक्षण स्थानीय समुदाय, क्लब, विद्यार्थी, संरक्षणकर्ता, सुरक्षाकर्मी र सरकारी निकाय सबैको सहकार्यबाट मात्र सम्भव छ ।  अहिले चलिरहेको आयोजित यस उत्सवले पनि आम रूपमा जनचेतना अभिवृद्धि गर्दै लाटोकोसेरो संरक्षणमा सहकार्यको निम्ति थप मार्ग प्रशस्त गरेको छ ।  
सन् २००३ मा रामसार सूचीमा सूचीकृत मानव निर्मित जगदिशपुर जलाशय क्षेत्र हजारौँ घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, कीराहरू र बोट बिरुवाको लागि महìवपूर्ण बासस्थान हो भने स्थानीय जनसमुदायको लागि जीवनयापनको आधार ।  २२५ हेक्टर क्षेत्रफल ओगटेको यो ताल सन् १९७० को दशकको सुरुतिर सिंचाइ प्रयोजनको लागि जखिरा ताल र यस आसपासका कृषि भूमिमाथि बनाइएको थियो ।  कपिलवस्तु जिल्लाका ११ गा.वि.स. र एक नगरपालिकाको कुल छ हजार २०० हेक्टर खेतीयोग्य जमिन सिञ्चित गर्न पानी आपूर्ति यस तालबाट हुने गर्दछ ।  बाणगंगा नदीको पानी फर्काइएबाट यसले बाढी कम गर्न र तालको पीँधको पानीले वरिपरिका कृषि जमिनको भूमिगत पानीको स्रोतलाई पुनरोत्पादन गर्दछ ।  यहाँ ४३ प्रजाति माछा, १० प्रजातिका उभयचर र ४२ प्रजातिका सरीसृपको अभिलेख गरिएको छ ।  यस ताल क्षेत्रमा १६८ प्रजातिका चराहरूको अभिलेख गरिएको छ जहाँ विश्वमा नै दुर्लभ मानिएका ९ प्रजातिका चरा पनि देख्न सकिन्छ ।  यो ताल नेपालमा रहेका ३६ वटा चराका लागि महìवपूर्ण क्षेत्रहरूमध्ये एउटा हो ।  यस क्षेत्रले ३२ प्रजातिका स्तनधारी जनावरहरूको वासस्थानलाई सघाउ पु¥याएको छ ।  यसका अलावा शंखेकिराका थुप्रै प्रजाति पनि यहा पाइन्छन् ।  
जगदिशपुर जलाशय हिउँदे आगन्तुक चराहरूको स्वर्गीय आश्रयस्थल हो ।  उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै अनकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनि हजारौँ चराहरू यहाँ आउँछन् ।  ई.स. १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको सिमसारमा आश्रित चराहरूको गणनाका पछिल्ला वर्षहरूको अध्ययनमा यस क्षेत्रमा हिउँदे आगन्तुक तथा अन्य पानी चराहरूको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।  यसपाली करिब २३ हजार पानी चरा गणना गरिएको थियो ।  सिमसार क्षेत्रको सूचक रूपमा हेरिने यी आगन्तुक चराहरूको सङ्ख्यामा आएको वृद्धिले यस तालमा व्यावसायिक माछापालनमा रोक लगाइएपछि तालको सुधारोन्मुख वातावरणीय सन्तुलनलाई जनाउँछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना