पिंकी बनिन् मिस तामाङ

pinkiकाठमाडौं , माघ २३ गते ।  तामाङ कला, संस्कृति, भेषभूषा र भाषा प्रवद्र्धनको उद्देश्यसहित शनिबार राजधानीमा आयोजित मिस तामाङ–२०१७को शीर्ष उपाधि काठमाडौँकी पिंकी घिसिङले जित्नुभएको छ ।  गत वर्षकी मिस तामाङ उर्मिला योञ्जनले पिंकीलाई ताज हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै, प्रथम उपविजेता काठकाडौँकी नवाङ मोक्तान र द्वितीय उपविजेता धादिङकी रिता थिङ बन्नुभएको छ ।  २८५३ औं सोनाम ल्होछारको अवसरमा एभरेष्ट फेशन होम र नेपाल तामाङ कला संस्कृति केन्द्रद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा ३५ जना सहभागी थिए ।
प्रतियोगितामा चिनो लामाले सहभागीको डे«स डिजाइन र रोजिन शाक्यले कोरियोग्राफी गर्नुभएको थियो ।  कर्यक्रममा गायक अभिनास घिसिङ, महादेव त्रिपाठीलगायतले गीत, जादुकलाका साथै हास्यव्यङ्ग्य प्रस्तुत गर्नुभएको थियो ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना