अर्थतन्त्र बलियो बनाउँदै साना उद्योग

pradipप्रदीप न्यौपाने



 

मलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तार आजको अपरिहार्य आवश्यकता हो ।  उपलब्ध स्थानीय स्रोत साधन परिचालन तथा रोजगारी सिर्जनाका अतिरिक्त दिगो आर्थिक विकासको क्षेत्रमा यस्ता उद्योगले महìवपूर्ण भूमिका खेल्दै आएका छन् ।  स्वदेशी कला, परम्पराको संरक्षण र प्रवद्र्धनलगायत निर्यातमा वृद्धि तथा आयात प्रतिस्थापनमा लघु, घरेलु तथा साना उद्योगको योगदान छ ।  
आर्थिक विकासका लागि धेरै कार्यक्रम तय गरिन्छ तर दिगो आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा खासै अध्ययन र अनुसन्धान हुन सकेको छैन ।  सरकारी तथा गैरसरकारी संस्थाबाट उद्यमी सिर्जना गर्ने भन्दै वार्षिक रूपमा विभिन्न कार्यक्रम नआएका होइनन् ।  तर पनि त्यस्ता कार्यक्रम लक्षित समुदाय, व्यक्तिसम्म पुग्न सकेको छैन ।  सरकारी वा गैरसरकारी संस्थाबाट सञ्चालनमा आएका केही कार्यक्रम निकै प्रभावकारी छन् ।  यस्ता कार्यक्रम लक्षित वर्गसम्म पुग्दा त्यसले दिगो आर्थिक विकास उद्यमीलाई मात्र हुँदैन देशको आर्थिक विकासमा टेवा दिन्छ ।  स्वदेशमै खेर जाने स्रोत साधनलाई अधिकतम रूपमा प्रयोग गर्दा सजिलैसँग आर्थिक विकास गर्न सकिन्छ ।  लघु, घरेलु तथा साना उद्योग सञ्चालनका लागि लगानी आवश्यक पर्दैन ।  केवल हातमा सीप हुँदा पर्याप्त हुन्छ ।  उद्यमी बन्न चाहनेका लागि घरेलु तथा साना उद्योग विकास समिति र विभागले निःशुल्क रूपमा सीप दिने गर्छ ।  सीपमात्र होइन अहिले त उद्यमीलाई प्रविधिसमेत दिएर उद्योग गर्ने र उद्यमी बनाउने कार्यलाई जोड दिने गरेको पाइन्छ ।
सानो लगानीबाट उद्योग सञ्चालन गरी लाखौँ आम्दानी गर्ने उद्यमीको सङ्ख्या मुलुकभर दर्जनौँ छ ।  स्थानीय स्तरमा रहेका स्रोत र साधनलाई प्रयोग गर्दा उद्योग सञ्चालन गर्न सकिन्छ ।  लघु, घरेलु तथा साना उद्योग सञ्चालन गर्ने इच्छा भएमा एक हजार रुपियाँ लगानी गर्दा प्रयाप्त हुन्छ ।  साना उद्योग सञ्चालनका लागि केवल सीप र इच्छा शक्ति आवश्यक पर्छ ।  सीपविना सञ्चालन भएका उद्योग दीर्घकालीन रूपमा टिक्न सक्दैनन् ।  उद्योग सञ्चालन गर्नु अगावै कुन उद्योग सञ्चालन गर्ने भन्ने योजनाका साथ सीप सिक्नुपर्छ ।  त्यति मात्र होइन सीपसँगै प्रविधि आवश्यक भएमा त्यस्ता उद्यमीको माग र चाहनाअनुरूप प्रविधि ४० देखि ६० प्रतिशत अनुदानमा सरकारी स्तरबाटै पाउन सकिन्छ ।  तालिमबाट सीप सिकेर उद्योग चलाउँदा १५ वर्षमा झण्डै डेढ करोडसम्म आम्दानी गर्न सफल भएका छन् ।  निरन्तर रूपमा मिहिनेत गर्नेका लागि हातको सीप नेपालमै सुन फलाउने र दर्जनौँ व्यक्तिलाई रोजगारी दिने अवसर बन्न सक्छ ।
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका दुलेगौडाकी उद्यमी तुलसी शाहले १० वर्ष अगाडि पाँच हजार रुपियाँको लगानीमा सुरु गरेको उद्योगको क्षमता हाल १० लाखभन्दा बढी छ ।  सिन्के अगरबत्ती, बाटेको अगरबत्ती, मसौरा र मैनबत्ती उद्योग छ उहाँको छ ।  यस उद्योग भाडाको घरको एक कोठामा सञ्चालनमा छ ।  यसै उद्योगको आम्दानीबाट बजारमा एक घडेरी र छोराछोरीलाई विद्यालय तह पढाउन खर्चको व्यवस्थापन हुँदै आएको छ ।  स्थानीय स्तरमा खेर जाने सामानलाई सङ्कलन गरेर स्वदेशी उत्पादनबाटै उत्पादन भएका सामानको बजारीकरणमा कुनै समस्या छैन ।  
कालीगण्डकी नदीको किनारमा खेर गएका ढुङ्गाबाट कलात्मक सामान निर्माण गरेर बागलुङ जिल्लाका सुवासचन्द्र लामिछानेले लाखौँ रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ ।  २१ वर्ष अगाडि १५ सय रुपियाँको लगानीमा सुरु भएको उद्योगको आर्थिक क्षमता अहिले झण्डै एक करोड ५० लाखभन्दा बढी छ ।  यी केही उदाहरण मात्र हुन् ।  सानो लगानीबाट उद्योग सञ्चालन गर्दा घरखर्च मात्र सञ्चालन हुँदैन्, पछि यी ठूला उद्योगमा रूपान्तरण हुन्छ ।  दैनिक रूपमा झण्डै दुई हजारको हाराहारीमा नेपाली युवा विदेशिने गरेका छन् ।  यसरी विदेशिने नागरिकलाई स्वदेशमै सीप सिकाएर उद्यमी बनाउने अभियान सञ्चालन गर्दा स्वदेशमै रोजगारीको अवसर मिल्ने निश्चित छ ।  तर यसतर्फ खै हाम्रो ध्यान गएको ? तसर्थ, सानो लगानीबाट धेरै आम्दानी गर्न सकिन्छ भन्ने विषयमा दुर्गम, ग्रामीण क्षेत्रका जनतामा चेतना जगाउन आवश्यक छ ।  गैरसरकारी संस्थाले ग्रामीण तथा दुर्गम क्षेत्रका जनताको आयआर्जन वृद्धिमा धेरै कार्यक्रम लैजाने गर्दछन् ।  यस्ता कार्यक्रम फलदायी तथा उपलब्धिका विषयमा कसले अनुगमन गर्ने ? यद्यपि अनुगमन कार्यलाई प्रभावकारी बनाउन सकेमा मात्र उद्यमी सिर्जना हुनेछ ।  
प्राकृतिक रेशाजन्य विरूवाका बोक्रालाई प्रशोधनबाट बनाइएका वस्तुमबाट पनि आम्दानी सहज रूपमा गर्न सकिन्छ ।  देशका विभिन्न क्षेत्रमा यत्तिकै खेर गइरहेका रेशाजन्य विरूवाका बोक्रालाई सङ्कलन र प्रशोधन गरेर तयार गरिएको धागोबाट उद्योगमा तयार गरेका वस्तु स्वदेशी साथै अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय भएका छन् ।  प्राकृतिक रेशालाई प्रशोधन गरिएको धागोबाट बन्ने क्याप÷टोपी, ज्याकेट, कोट, ट्राउजर, चप्पल, जुत्ता, किचन चप्पल, ब्याग, पर्स÷वालेट, ह्याण्ड ब्याग, स्काप, रूमाल, डोर म्याट, टेबल म्याट, तकिया खोल, सोफा÷गाडीमा चाहिने सिटका कभरलगायतका सामग्री बन्दछ ।  सानो लगानीबाट प्राकृतिक रेशाजन्य बस्तुबाट तयार हुने सामग्रीमार्फत घरेलु उद्यम थालेका धेरैको अवस्था अहिले कायापलट मात्रै भएको छैन उनीहरूले सयौँको सङ्ख्यामा रोजगारीसमेत दिइरहेका छन् ।  न खेती गर्नुप¥यो, न सिंचाइ, मलखाद र खडेरीकै चिन्ता ।  गाउँका भीरपाखा, वनजङ्गलमा सजिलै उपलब्ध हुने रेशाजन्य विरूवाका लोत्ता प्रशोधन गरेर बनेको धागोबाट आम्दानी हुन थालेपछि पछिल्लो समयमा यस व्यवसायतर्फ उद्योग गर्नेको सङ्ख्या बढेको पाइन्छ ।  रेशालाई प्रशोधन गर्ने सीप सिकेपछि कृषकको आम्दानीको स्रोत बन्नुका साथै आफ्नो क्षमता र लगानीले भेट्ने साना उद्यम थालेका उनीहरू आज देशको आर्थिक गतिविधिमा टेवा दिने तहमा पुगेका छन् ।  उनीहरू नाम–दाम आर्जनसँगै परम्परा–संस्कृतिको सम्बद्र्धनमा सफल भएका छन् ।  अल्लो, हेम्प, केरा, केतुकी, भुइकटहरलगायतका विरूवाका रेशाबाट बन्ने सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा ‘ब्रान्ड’ को रूपमा स्थापित हुने प्रयत्नमा छन् ।  यस्ता रेशाजन्य विरूवा विशेष गरी रूकुम, रोल्पा, बाजुरा, बझाङ, दार्चुलालगायत ३७ जिल्लामा उपलब्ध हुने गर्छ ।  वार्षिक एकलाख केजीभन्दा बढी आउने जिल्लामा प्युठान, जाजरकोट, दैलेख, डोटी, अछाम छन् ।  यही व्यवसायबाट गाउँ तहमा करिब छ लाख र शहरी क्षेत्रमा करिब तीन लाखले रोजगारी पाइरहेको अनुमानित तथ्याङ्क छ ।
लघु, घरेलु तथा साना उद्योगको विकास भएमा मुलुकमा ठूला उद्योगको विकास हुने क्रम निरन्तर अगाडि बढ्छ ।  ठूला उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ साना उद्यमीले उत्पादन गर्दछन् ।  सीपमूलुक तालिमले बेरोजगारीलाई गाउँमै रोजगारी दिएको, सीप नभएका युवालाई सीप सिकाएकोे, विदेश जाने युवालाई स्वदेशमा काम गरौँ गरौँ भन्ने अवस्था सिर्जना भएको छ ।  यसबाट हामीले पनि केही सिको गर्ने हो कि ?  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना