सुन काण्डमा एसएसपी नै पक्राउ

  • गोरखापत्र समाचारदाता

काठमाडौं, माघ २३ गते । सुन तस्करीमा संलग्न रहेको अभियोगमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार नियन्त्रणमा लिएको छ।


shyamत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस २१ गते भएको ३४ किलो सुन तस्करीमा एसएसपी खत्रीको संग्लनता रहेको वयानका आधारमा प्रहरी प्रधान कार्यालयबाट अनुसन्धानका लागि खत्रीला२ नियन्त्रणमा लिएको ब्युरो प्रहरीले जनाएको छ।

विमानस्थलमा तैनाथ एसएसपी खत्री र भन्सारका कर्मचारीबीचको ‘सेटिङ’मा दुवईबाट ल्याइएको उक्त सुन भन्सार चेकजाँच पार गरी विमानस्थलको गोल्डेन गेटसम्म आइपुगेको अवस्थामा ब्युरो प्रहरीले अबैध सुनसहित तीन जनालाई पक्राउ गरेको थियो।

त्यस लगत्तै विमानस्थलको भन्सार कक्षमा कार्यरत दुईजना भन्सारका कर्मचारी पक्राउ परेका थिए। उनीहरुले दिएको वयानका आधारमा एसएसपी खत्री पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयले खत्रीलाई माघ ३ गते नै अनुसन्धानका लागि भन्दै विमानस्थलबाट प्रधान कार्यालयमा फिर्ता बोलाएको थियो।

प्रधान कार्यालयमा जगेडामा राखिएका खत्रीलाई नियन्त्रणमा लिई महाराजगञ्जस्थित ब्युरो प्रहरीको कार्यालयमा पुर्याइएको छ। ब्युरो प्रहरीेले सुन बोकेर ल्याउने भरिया नेपालगञ्जका गोपालबहादुर शाही, सुन लिन जाने दिनबन्धु थापा, सन्तोष काफ्ले र रामहरि कार्कीलाई पक्राउ गरिसकेको छ।

उनीहरुले नै दिएको बयानका आधारमा विमानस्थलको भन्सारमा कार्यरत भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाल पनि यसअघि नै पक्राउ परिसकेका छन्। यादव र ढकालले नै सुन तस्करीमा खत्रीलाई पोलेका थिए।  

भन्सार विभागले पनि सुन तस्करीका विषयमा छानविन गर्न विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरे पनि समिति अनुसन्धानकै प्रक्रियामा रहेको बताइएको छ।

यसअघि पनि विमानस्थलमा तैनाथ एसएसपी रविराज श्रेष्ठ ठूलोमात्रामा अबैध विदेशी मुद्रा निर्यातमा संलग्न रहेको अभियोगमा मुछिएका थिए। सो मुद्रा विमानस्थलकाे पार्किङ कक्षसम्म पुर्याउन श्रेष्ठको गाडी नै प्रयोग भएको प्रमाण फेला परेपछि उनी जागिर छोडेर फरार भएका थिए।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना