महाशिवरात्रि पर्वका लागि पशुपतिमा धनगढीबाट अायाे मुढा

  • गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २३ गते । पशुपतिमा महाशिवरात्रि पर्वका लागि धुनी जगाउन ४५ हजार किलो मुढा व्यवस्था गरिएको छ। महाशिवरात्रि फागुन १३ गते परेको छ।

नेपाल टिम्वर कर्पोरेशनले यी मुढा/दाउरा धनगढीबाट ल्याएको हो। मुढालाई शिवरात्रिमा धुनी जगाउने जोगीलाई दिने गरी हाल पशुपति गुठी गोश्वारा कार्यालयले जिम्मामा लिएको छ।

गोश्वारा प्रमुख खिमा ओलीका अनुसार माग भएको ४५ हजार किलो मुढामध्ये केही मुढा धनगढीबाट आउँन बाँकी छ।

पशुपति क्षेत्र विकास कोषले चारदेखि पाँचहजारको सङ्ख्यामा महाशिवरात्रि मनाउन साधुसन्तको आगमन हुने अनुमानका साथ साधु सन्तको सेवाका लागि विभिन्न समिति गठन गरेको छ। कोषका सदस्यसचिव डा. गोविन्द टण्डनका अनुसार १३ लाख भक्तजन महाशिवरात्रिमा पशुपति दर्शनका लागि आउने अनुमान छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना