रोजिका मिस टिन

miss teenकाठमाडौँ , माघ २४ गते ।  एकतीस प्रतिस्पर्धीलाई उछिन्दै रोजिका पोखरेलले ‘मिस टिन कन्टेस्ट नेपाल–२०१७’ को शीर्ष उपाधि जित्नुभएको छ ।  राजधानीमा शनिबार सम्पन्न प्रतियोगितामा मिस ट्यालेन्टसहित प्रथम कविना थापा उपविजेता र मस्ट इन्टेलिजेन्टसहित भावना काफ्ले द्वितीय उपविजेता बन्नुभएको छ ।
यस्तै, शर्मिला सापकोटा तृतीय उपविजेता र इशिका शाक्य चौथो उपविजेता हुनुभएको छ ।  यसैगरी, मिस ब्युटिफुल सुष्मा लामा, ब्युटी विथ रेस्पोन्सिबिलिटी पूजा श्रेष्ठ, बेस्ट पर्सनालिटी बिशेस्था शिल्पकार, बेस्ट क्याटवाक सम्झना राई, मस्ट फोटोजेनिक मिठु पाण्डे, मस्ट पपुलर सलिना पाण्डे, मस्ट स्टाइलिस्ट प्रगति राई र मस्ट फ्रेन्ड्लीको उपाधि सोनी मगरले प्राप्त गर्नुभएको छ ।   प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्नुभएको थियो ।  कार्यक्रममा निशा देशार, अनिल शाहीले गीत प्रस्तुत गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना