प्रहरी हिरासत कक्षमा सिसी क्यामरा जडान

सल्यान, माघ २४ गते । जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा सिसी  क्यामरा जडान गरिएको छ । हिरासतमै राखिएका अभियुक्तले आत्माहत्या गरे पछि सिसी क्यामरा राखिएको हो । प्रहरी हिरासतमा रहेकाहरुले झैझगडा लगायतका बिभिन्न क्रियाकलापहरु गर्न सक्ने भएकाले त्यसको निगरानी लागी सिसी क्यामरा जडान गरिएको प्रहरी नायब उपरिक्षक श्याम बहादुर खत्रीले बताउनु भयो । उहाले भन्नु भयो विगतका दिनमा प्रहरी हिरासतमा नै बिभिन्न घटना घटे ,घटना घट्न बाट रोक्न र घटेका घटनाको बास्तबिकता के हो भनेर थाहा पाउनको लागी सिसी क्यामरा जडान गरिएको हो ।”
हिरासतमा तीन थान सिसी क्यामरा जडान गरिएको छ । महिला बस्ने कोठामा एक र पुरुष बस्ने कोठामा दुई थान सिसी क्यामरा जडान गरिएको छ । करिब ४५ हजार बराबरको लागतमा सिसी क्यामरा जडान गरिएको छ । यहाँका सरकारी कार्यालयहरु मध्ये पहिलो पटक जिल्ला प्रहरी कार्यालयले सिसी क्यामरा जडान गरेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना