मस्र्याङ्दीकाे क्षमता - ६९ मेगावाट , उत्पादन ३६ मेगावाट मात्र !




दमौली, माघ २७ गते । तनहुँको आँबुखैरेनी नगरपालिका–६ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् परियोजनाबाट ३६ मेगावाट मात्रै विद्युत् विद्युत् उत्पादन भएको छ ।

नदीमा पानीको बहाव कम हुँदै गएपछि सो विद्युत् गृहबाट ३३ मेगावाट मात्र विद्युत् उत्पादन भएको हो ।
विद्युत् गृहका प्रमुख रामकुमार यादवले अहिले ३६ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको बताउनुभयो । नदीमा पानीको मात्रा घटेपछि उत्पादनमा कमी आएको हो “चैत मसान्तदेखि वैशाख महिनाभर भने चर्को घामले हिउँ पग्लेर नदीमा पानीको बहाव बढ्ने र क्षमताअनुसारकै विद्युत् उत्पादन हुन्छ” – उहाँले भन्नुभयो ।

यस वर्ष विद्युत् गृहमा रहेको युनिट नं २ मर्मत गरिएको केन्द्रले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना