दृष्टिविहीनको कथामा ब्लाइन्ड रक्स

Benisha hamalकाठमाडौँ , माघ २८ गते ।  मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘ब्लाइन्ड रक्स’को राजधानीमा छायाङ्कन सुरु भएको छ ।  चलचित्रले क्षमतावान् दृष्टिविहीन युवतीको कथा प्रस्तुत गर्नेछ ।  सुरुमा अशिष्मा नकर्मीले मुख्य भूमिका गर्ने भनिए पनि अहिले दृष्टिविहीन युवतीको भूमिकामा बेनिशा हमालले अभिनय गरिरहनुभएको छ ।
दृष्टीविहिनको क्षमता अभिवृद्धि गर्ने संस्थाका रूपमा दुई वर्षअघि ब्लाइन्ड रक्स स्थापना भएको हो ।  सृष्टि केसीले आफू दृष्टिविहीन भएपछि भोगेको समस्या अरूलाई पनि भोग्न नपरोस् भन्ने चाहनाले सो संस्था खोल्नुभएको हो ।  चलचित्रले दृष्टिविहीन सृष्टिकै जीवन भोगाइ बोकेको छ ।  उहाँको पात्र चरित्रमा बेनिशा हमालले अभिनय गर्नुभएको छ ।  हाउभाउदेखि गेटअपसम्म दुरुस्तै सृष्टि केसीलाई उतार्नुभएकी बेनिशाले चलचित्रको भूमिका चुनौतीपूर्ण रहेको बताउनुभयो ।
नेपाल र भारतमा गरी ३५ दिनमा छायाङ्कन सक्ने योजनामा रहनुभएका निर्देशक मिलन चाम्सले अद्भुत साहस र पौरखको कथा लिएर दर्शकमाझ आउन लागेका छौँ भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना