नागको मूर्ति चोरी

भक्तपुर, माघ २८ गते । सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको छ ।

करिब पाँच लाख बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका– १२ चितापोल देउजा गाउँका ३६ वर्षीय राम देउजाको शव सोही नगरपालिकाको नलिन्चोक जोरपाटीस्थित एउटा खेतमा भेटिएको पनि उहाँले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना