सरकारको पूरै ध्यान चुनावतिर :प्रधानमन्त्री

puspa kamal dahal prachanda_1काठमाडौँ, फागुन २ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि चुनाव अपरिहार्य रहेकाले सरकारको पूरै ध्यान चुनावतिर गएको बताउनुभएको छ ।  
आगामी माघ ७ गतेभित्र तीनवटै निकायको चुनाव सम्पन्न गराउने गृहकार्यमा सरकार लागेको बताउँदै उहाँले माघ ७ गतेभित्र चुनाव भएन भने देशमा ठूलो दुर्घटना हुने खतरा देखिएकाले त्यसलाई रोक्न चुनाव गराउन आवश्यक रहेको बताउनुभयो ।  
प्रतिक्रियावादीहरूले सबै खाले अतिवाद प्रयोग गरेर अहिलेको परिवर्तनलाई रोक्न प्रयास गरिरहेको दाबी गर्दै उहाँले देशमा परिवर्तन ल्याउन भूमिका खेलेका मधेसीलाई देशको मूलप्रवाहमा आउन नदिन अतिवादी खेलहरू भइरहेको बताउनुभयो ।
२२औँ जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रले पेरिसडाँडामा आइतबार आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रधामन्त्री प्रचण्डले संविधान निर्माण हुन नदिने शक्तिहरू अहिले संविधान कार्यान्वयन हुन नदिनका लागि सक्रिय भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “त्यही शक्तिहरूले चलखेल गर्न नपाऊन् भनेर नै तोकिएको समयमा निर्वाचन गराउन प्रक्रियाहरू सुरु भएका छन् । ”
जनयुद्ध लडेर आएका शक्तिहरू आपसमा विभाजित भएका कारण परिवर्तन नचाहने शक्ति बलियो हुँदै गएको
विश्लेषण गर्नुभयो ।  
उहाँले परिवर्तनलाई संस्थागत गर्न पनि अलगअलग रहेका माआवादीलाई एक हुन आह्वान गर्नुभयो ।  उहाँले भन्नुभयो, “अर्को फागुन १ गतेको जनयुद्ध दिवससम्म सबै माओवादी एक हुनेछन् र एकै ठाउँमा जनयुद्ध दिवस मनाउनेछौँ । ”
कार्यक्रममा नेता रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रवक्ता पम्फा भुसाल, नेताहरू दीनानाथ शर्मा, गिरिराजमणि पोखरेल, स्थानीय विकास मन्त्री हितराज पाण्डे, कानुनमन्त्री अजयशङ्कर नायक लगायतको उपस्थिति थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना