कोरियाली युद्ध र साम्राज्यवादी हस्तक्षेप

rajendra kiratiराजेन्द्र किराँती


 

सन् १८९४/९५ मा भएको चीन–जापान युद्धमा जापानको विजयपछि कोरियामा चिनियाँ प्रभाव समाप्त भयो ।  १९०४/५ मा भएको रुस–जापान युद्ध पनि जापानले जित्यो ।  त्यसपछि १९१० मा कोरियालाई जापानमा गाभियो ।  कैयौँ राष्ट्रवादी कोरियाली विदेश पलायन भए ।  कोरियामा जापानी साम्राज्यवादी उपनिवेश कायम भयो ।  त्यसबेला जापान एसियाको प्रमुख साम्राज्यवादी मुलुक थियो ।  यसको हस्तक्षेपबाट एसिया प्रशान्त क्षेत्रका मुलुक आक्रान्त थिए ।  
सन् १९४५ अगष्टमा शोभियतसङ्घले जापानविरुद्ध युद्धको घोषणा ग¥यो ।  ३८औँ समानन्तर रेखा उत्तरको भूभागमा शोभियतसङ्घ र दक्षिण क्षेत्र अमेरिकाले कब्जा ग¥यो ।  जापानले आत्मसमर्पण ग¥यो ।  विश्वयुद्धमा जापानको पराजयसँगै उसको सबै औपनिवेशिक सत्ताहरू ढले ।  कोरिया माथिको उपनिवेश पनि समाप्त भयो ।  जनगणतन्त्र कोरिया स्थापनाको घोषणा गरियो यद्यपि लामो समय टिकेन ।  अमेरिकाले सैन्य कमाण्डमा दक्षिण कोरियामा कठपुतली सरकार बनायो ।  शोभियत तथा अमेरिकी धुरीमा विभाजित कोरियाली प्रायदीपमा स्थिति तनावपूर्ण भयो ।  
अमेरिकी योजनामा १९४८ मे १० मा राष्ट्रियसभाको चुनाव गरियो ।  यसमा उत्तर कोरियाले भाग लिएन ।  यसलाई शोभियतसङ्घ, कोरियाली कम्युनिस्ट र दक्षिण कोरियाको राजनीतिज्ञहरूले बहिष्कार ग¥यो ।  गणतन्त्र कोरियाको अस्थायी सरकार गठन भयो ।  यसले १७ जुलाई १९४८ मा राष्ट्रिय राजनीतिक संविधान जारी ग¥यो ।  औपचारिक रूपमा १५ अगष्ट १९४८ मा गणतन्त्र कोरियाको स्थापना गरियो ।  त्यसको तीन महिनापछि उत्तर कोरियाले पनि विधायीकाको निर्वाचन ग¥यो ।  १९४८ सेप्टेम्बर ९ मा किमइलसुङको नेतृत्वमा छुट्टै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया घोषणा गरियो ।  दुवै सरकारले आ–आफैँ वैधानिक रहेको दाबी गर्दै उनीहरू बीचको स्थायी सीमारेखालाई अस्वीकार गरे ।  दक्षिण कोरियाको राष्ट्रपति रिहीले कम्युनिस्ट र वामपन्थीहरूलाई राजनीतिबाट निकाला गरे ।  हजारौँलाई हत्या गरे ।  अमेरिकी वैशाखी टेकेको कठपुतली सरकारविरुद्ध छापामार युद्ध लड्न पहाड कम्युनिस्टतिर लागे ।
साम्राज्यवादी रवैयाबाट उत्तर सशङ्कीत हुनु स्वाभाविकै थियो ।  उत्तरले पनि शोभियतसङ्घ र चीनसँग परामर्श गर्नथाले ।  दुईतिरको सेनालाई ३८औँ समानन्तर सीमारेखा (अमेरिकी सैन्य अधिकारीले खडा गरेको शोभियत तथा अमेरिकी अधिनस्त रहने गरी उत्तर दक्षिण छुट्टयाउने सीमारेखा) वारिपारि उच्च सतर्कतामा राखियो ।  यसबीचमा सानातिना भिडन्त धेरै भए ।  जुन २५ १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामा आकर्मण ग¥यो ।  केही दिनमै एकपछि अर्को विजय प्राप्त गर्दैैै राजधानी सिउल कब्जा ग¥यो ।  
उत्तरकोभन्दा दक्षिणको सैन्य क्षमता न्यून थियो ।  आर्टीलरी हतियार र लडाकु जाहजहरू कम थियो ।  दक्षिणको सैन्य क्षमता आधा मात्रै थियो ।  उत्तर कोरियाली जनसेना राजधानी कब्जाका लागि अघि बढिरहेको थियो ।  २७ जुनमा राष्ट्रपति रिही सीउलबाट भागे ।  २८ जुन बिहानै उत्तर कोरियाली सेनालाई रोक्न त्यहाँस्थित हान नदीको पुलमाथि दक्षिण कोरियाले बम प्रहार ग¥यो ।  यसमा सयौँ निर्दोष नागरिक मारिए ।  सोही दिन राजधानी सीउल कब्जा भयो ।  यता रिहीले हारको पीडामा आफ्नो अधिनस्त क्षेत्रमा रहेका हजारौँ निर्दोष राजनीतिक प्रतिद्वन्द्वीहरूको हत्या गरे ।  धेरै निर्दोष जनता मारिए ।   
यसपछि अमेरिकी राष्ट्रपति ट्रुम्यानले कम्युनिस्टहरू हावी भए अमेरिकी पुँजीवादी साम्राज्य कम्जोर हुने निष्कर्ष निकाले ।  राष्ट्रसङ्घको कभरमा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेना कोरियामा उतारियो ।  त्यसमा एक्काइस मुलुकको सहभागिता थियो ।  एकचालीस मुलुकले युद्धजन्य सामग्री, आर्थिक, प्राविधिक तथा भौतिक सहयोग गरे ।  यसमा नब्बे प्रतिशत अमेरिकी सेनाको उपस्थिति थियो ।  उत्तरले युद्धलाई ‘पितृभूमि. मुक्ति युद्ध’ को संज्ञा दियो ।  अमेरिकाले सन् १९३० को हिटलर आक्रमणसँग तुलना ग¥यो ।  यता चीनले साम्राज्यवादी सैन्य हस्तक्षेपविरुद्धको प्रतिरोध युद्ध भने ।
बहुराष्ट्रिय सेनाले चौतर्फी हमला सुरु ग¥यो ।  हवाई, जल र थल सेना पूर्वी इचियोन बन्दरगाहमा अवतरण ग¥यो ।  स्थिति जटिल बन्दै गयो ।  कोरियाली जनसेना इचियोनको लडाइँमा हुँदा राजधानी सीउल धरापमा पर्दै थियो ।  बहुराष्ट्रिय सेनाको आक्रमणबाट १९५० सेप्टेम्बर २५ मा राजधानी सीउल दक्षिणका सेनाले पुनः हात पा¥यो ।  उत्तरको भारी आर्टीलरी हातहतियार अमेरिकी हवाई हमलाबाट ध्वस्त भयो ।  दक्षिणले लाखौँ सर्वसाधरणलाई कत्लेआम गरे ।  
   १९५० अक्टोबरमा चीनले उत्तरलाई सहयोग गर्ने घोषणा ग¥यो ।  १९ अक्टोबरमा लालसेनाले यलु नदी पार ग¥यो ।  कोरियामाथि साम्राज्यवादी हस्तक्षेप भएको भन्दै चीनले उत्तर कोरियालाई सहयोग गर्ने निर्णय ग¥यो ।  चिनियाँ सेनाको संलग्नतासँगै शोभियत सेनाले पनि हवाई कभर एवं चीनलाई सैन्य सहयोग दियो ।  यसमा अमेरिकी गठबन्धन सेना पछि हट्न बाध्य भयो ।  लालसेनाले मध्य डिसेम्बर १९५० सम्ममा अमेरिकी सेनालाई ३८औँ समानन्तर रेखाबाट दक्षिण तर्फ फर्कायो ।  अमेरिकी राष्ट्रपति ट्रुमानले राष्ट्रिय सङ्कटकाल घोषणा गरे ।  १७ डिसेम्बर १९५० बाट युद्धको नेतृत्व लालसेनाले लियो ।
४ जनवरी १९५१ मा लालसेनाले राजधानी सीउललाई दोस्रो पटक कब्जा गरे ।  यसपछि अमेरिकी जनरल म्याक आरथुरले जापानमा जस्तै अणुबम पड्काउने प्रस्ताव गरे ।  मञ्चुरीयास्थित जनमुक्तिसेनाको वेसक्याम्पमा अणुबम खसाल्ने योजना थियो ।  यसबाट गठबन्धन सेना आतङ्कित भएको प्रस्ट हुन्छ ।  यद्यपि चिनियाँ सेनाको लजिस्टीकलगायतका युद्धजन्य सामग्रीको चरम अभाव हुनथाल्यो ।  यसले उत्तर कोरियाली र चिनियाँ सेनामा ठूलो भोकमरी भयो ।  
यसलाई ध्यान दिँदै शोभियतसङ्घले आपूर्ती रेखालाई सुरक्षित राख्न हवाई जहाज र सैर्यौ ट्रकहरू पठायो ।  यता चीनले पनि सेप्टेम्बर १९५१ बाट हवाई सेना परिचालन ग¥यो ।  उता कोरिया मिसनका अमेरिकी कमाण्डर म्याक आरथुर मनोगत ढङ्गले चलेको भन्दै हटाइयो ।  त्यसपछि जनरल रिजवे कमाण्डर भए ।  १९५१ अप्रिलबाट चिनियाँ जनमुक्ति सेनाले पाँचौँ प्रत्याक्रमण सुरु ग¥यो ।  यो अभियान निकै प्रभावकारी भयो ।  यसको अमेरिकी गठबन्धन सेनाले प्रत्याक्रमण ग¥यो ।  चिनियाँ सेना केही पछि हट्न बाध्य भयो ।  ३८औँ समानन्तर रेखादेखि ठीक उत्तरपट्टि राष्ट्रसङ्घले निर्धारण गरेको ‘कानसस रेखा’ मा आएपछि न हार न जितको स्थिति भयो ।  
त्यसपछि युद्धबिराम सम्झौताको प्रस्ताव ल्याइयो ।  युद्धबिरामकै अवधिमा अर्थात् जुलाई १९५१ देखि जुलाई १९५३ सम्म कयौँ भिडन्त भए ।  त्यसपछि युद्धबिराम भयो साथै ३८औँ समानन्तर रेखा वारिपारि असैनिकीकृत क्षेत्र घोषणा गरियो ।  शान्ति वार्ताद्वारा युद्धको अन्त्य गरियो तर अझै पनि शान्ति सन्धि भएको छैन ।  यसबाट प्राविधिक रूपमा कोरियाली युद्धको अन्त्य भएको छैन ।  वास्तवमा यो अमेरिका र शोभियत–चीन समाजवादी धुरी बीचको राजनीतिक युद्ध थियो ।  यो युद्ध इस युद्धमा झण्डै १५ लाख सैनिक मारिए भने त्योभन्दा बढी घाइते भए ।  २५ लाखभन्दा बढी सर्वसाधारणको मृत्यु, घाइते र अपहरणमा परे ।  दैनिक ८०० टनभन्दा ज्यादा हवाई बमबारी गरिएको थियो ।  उत्तरको अधिकांश भवन, पुल, आयोजना लगायतका भौतिक पूर्वाधार ध्वस्त भए ।  कोरियाली सहर र गाउँ वगर र हिउँले ढाकिएको फोहोर मैलाको थुप्रो जस्तो देखिन्थ्यो ।  अन्धाधुन्द हवाई बमबारीबाट बच्न त्यहाँका सबै उद्योग, कलकारखाना, विद्यालय, अस्पताल र सरकारी कार्यालय भूमिगत बनाइयो ।  उत्तरले सम्पूर्ण जनतालाई भूमिगत भवन निर्माणको उर्दी जारी ग¥यो ।  गहिरो सुरुङ बनाउन निर्देश गरियो ।  
अमेरिका र दक्षिण कोरियाली सैनिकहरूले युद्धबन्दीहरूलाई गरेको आमहत्या, अमानवीय व्यवहार र ज्यादाती डरलाग्दो थियो ।  यता चिनियाँ जनस्वयंसेवक सेनाले भने युद्धबन्दीहरूलाई मानवीय ढङ्ले राखेको बताइन्छ तर चिनियाँ क्याम्पमा पनि भोकमरी, उपचारको अभाव र अनुकूल वातावरण नहुँदा धेरै युद्धबन्दीहरूको मृत्यु भयो ।  यता अमेरिकी गठबन्धन सेनाले युद्धबन्दीहरूको शरीरमा जबरजस्ती कम्युनिस्ट विरोधी टाटू खोप्न लगाए भने चिनियाँ र उत्तर कोरियाली सेनाले गठबन्धन सेनाका युद्धबन्दीहरूलाई कम्युनिस्ट विचार घोक्न लगाए ।  अझै पनि उत्तर तथा दक्षिणसँग थुप्रै युद्धबन्दी रहेको छ ।  
६० को दशकबाट दक्षिण कोरियाले आर्थिक विकासको बाटो लियो ।  वेश्यावृत्ति लगायतका सेवाबाट तात्कालीन कुल राष्ट्रिय उत्पादनको २५ प्रतिशत ओगटेको थियो ।  सन् १९६५ देखि १९७५ सम्म भियतनाममा अमेरिकालाई सहयोग गर्न दक्षिण कोरियाले सैनिक पठायो ।  दक्षिण कोरियालाई रकम उपलब्ध भयो ।  यसबाट कुल राष्ट्रिय उत्पादन पाँच दोब्बर बढी भयो ।  यही बिन्दुबाट दक्षिण कोरिया औद्योगीकरण र आधुनीकीकरणको दिशातर्फ अघि बढ्यो ।  आज दक्षिण कोरियाको प्रतिव्यक्ति आय विश्वमा तेह्रौँ स्थानमा रहेको छ ।
उत्तर कोरियाको भौतिक पूर्वाधार ध्वस्त गरियो ।  राष्ट्रपति किमइलसुङ्गले शोभियत सरकारसँग आर्थिक तथा औद्योगिक सहायताको अपिल गर्नुभयो ।  ऋण मिनाहासँगै तत्काल एक अर्ब रुवल नगद तथा औद्योगिक सामग्री तथा उपभोग्य वस्तु सहयोग ग¥यो ।  पूर्वी युरोपका मुलुकले पनि पुनःनिर्माणमा लजिस्टीक, प्राविधिक तथा स्वस्थ्य सहयोग ग¥यो ।  चीनले सम्पूर्ण युद्ध कर्जा मिनाहा गर्दै व्यापार समन्वय र ध्वस्त संरचना पुनःनिर्माणको लागि हजारौँ जनसेना पठायो ।  
आज पनि उत्तर कोरियामा नाकाबन्दीको अवस्था छ ।  अमेरिका दक्षिण कोरियाको सबैभन्दा नजिकको मित्र छ ।  भड्किलो संयुक्त सैन्य अभ्यासले उत्तर कोरियालाई उक्साइ रहेको छ ।  उसले पनि प्रतिक्रिया स्वरूप अणविक बम र ब्यालेस्टिक मिसाइल पड्काइ रहेको छ ।  यसै हप्ता पनि उसले पछिल्लो मिसाइल परीक्षण गरेको छ ।  यसमा उत्तरको पनि सीमा कमजोरी रहेको छ तर यस प्रायदीपमा शान्ति स्थापना गर्ने हो भने अमेरिकाले भड्किलो सैन्य गतिविधि पनि बन्द गर्न जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना