नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता फागुन २६ देखि

सिराज खान

नेपालगञ्ज, फागुन ४ गते  ।  हालसम्मकै यस क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार राशिको दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २६ गतेदेखि चैत ४ गतेसम्म नेपालगञ्जमा आयोजना गरिने भएको छ । जिल्ला फुटबल संघ बाँकेले मंगलवार यहाँ प्रेस मिटको आयोजना गरेर आगामी ३ बर्षका लागि टुबोर्गको मुख्य प्रायोजनमा नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता निरन्तर आयोजना गरिने जानकारी गराएको हो ।
प्रतियोगितामा देशकै सबैभन्दा बढी चर्चित ७ वटा राष्टिय फुटबल क्लबका साथै एउटा भारतीय फुटबल क्लबको सहभागिता रहने जनाउँदै बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा रेडबुल, प्रिति चाउचाउ र रुसलान सह प्रायोजक हुने बताउनु भयो । अध्यक्ष शाहीका अनुसार प्रतियोगितामा मनांग मस्र्यांगदी क्लब, संकटा क्लब, नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरीको टोली, शसस्त्र प्रहरीको टोली, गत बर्षको विजेता सुदुर पश्चिम–११, मध्यपश्चिम–११ र भारतको दिल्ली युनाइटेड क्लबको सहभागिता रहने छ ।
गत बर्ष आयोजना गरिएको प्रतियोगितामा एक रुपैयाँ प्रथम पुरस्कार रहेकोमा यस बर्ष सो राशी बृद्धि गरेर प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुनेलाई २ लाख ५१ हजार रुपैयाँ पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ । nepalganj goldcup
हरेक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई एउटा मोबाइल सेट प्रदान गरिने छ भने म्यान अफ द सिरिज हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने संघका अध्यक्ष शाहीले बताउनु भयो ।
प्रतियोगिताका लागि ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र सोही बमोजिम रकम संकलनमा लागेको शाहीले बताउनु भयो । सो अवसरमा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य प्रदेशसिंह राठौर, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओली र टुबोर्ग कम्पनीका एरिया प्रमुख अशोक पौडेलको उपस्थिति रहेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना