दह ताल संरक्षणको पर्खाइमा

बेनी (म्याग्दी), फागुन ५ गते  । प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीका कारण ‘सानो फेवाताल’को नामले चिनिने म्याग्दीको बरङ्जा गाविसस्थित दह ताल ओझेलमा परेको छ । निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा यो ताल ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्वको दह ताल करिब पाँचसय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

नीलो रङ्गको तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको स्थानीय युवा प्रकाश सापकोटाले जानकारी दिनुभयो । त्यस क्षेत्रका बासिन्दाले यो ताललाई सानो फेवाताल भनेर चिन्छन् । ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने भएपनि अन्य समयमा सुनसान हुने गर्छ ।

भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा गाउँको सिरानमा अवस्थित यो ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने स्थानीय बासिन्दाले बताउँछन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना