नारदमणि थुलुङ स्मृति पार्क बन्ने

भोजपुर, फागुन ५ गते । भोजपुर जिल्लाको पश्चिमी छिनामखु गाविसको नौलेगाउँमा नारदमणि थुलुङ स्मृति पार्क निर्माण गरिने भएको छ । नारदमणि थुलुङ स्मृति परिषद्ले ३ वर्षमा पार्क निर्माण गरिसक्ने परिषदका सल्लाहकार सदस्य हेमराज राईले जानकारी दिनुभयो । पार्क निर्माणका लागि संस्थालाई स्थानीयवासी तथा साहित्यकार/गीतकार गणेश रसिकले करिब रु ५० लाख बराबरको ६ सय रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

पार्कभित्र विसं २००७ सालका प्रजातान्त्रिक योद्धाका सालिक, पुस्तकालय, परम्परागत सामग्री, पिक्निक स्पट तथा बालबालिकाको मनोरन्जनात्मक थलो रहनेछ । पार्क निर्माणका लागि पहिलो चरणअन्तर्गत सरकारबाट रु ३१ लाख बजेटसमेत प्राप्त भइसकेको बताइएको छ । पार्क निर्माणका लागि प्राविधिक सर्भेसमेत सम्पन्न भएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds