अनकारीको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण

धनुषा, फागुन ५ गते । जनकपुरमा विकास निर्माणका लागि विभिन्न माग गर्दै आमरण अनशनमा बसेका अनशनकारीको स्वास्थ्य अवस्था विगिँ्रदै गएकोप्रति तराई मानवअधिकार रक्षक सञ्जाल ९थर्ड एलायन्स०को गम्भीर ध्यानाकर्षण भएको छ ।

विगत १४ दिनदेखि शान्तिपूर्णरुपमा आन्दोलन गर्दा पनि नेपाल सरकारको कुनै पनि निकायले वास्ता नगरेको भन्दै थर्ड एलायन्स केन्द्रीय कार्यालयका मानवअधिकार अधिकृत किरणकुमार कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बृहत्तर जनकपुर विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति पार्टी नेपालका कलामुद्दिन राइन र मिथिलेश दासको स्वास्थ्य अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएकाले जीवनको अधिकार नै सङ्कटमा परेको मानवअधिकार अधिकृत कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो विज्ञप्तिमा ‘अनशनकारी उठबस गर्नमा समेत समस्या परेको कुरा अनुगमनबाट देखिएको हुनाले समयमै वहाँहरुको स्वास्थ्यप्रति ध्यान दिनुपर्ने नितान्त आवश्यक देखिन्छ । नेपाल सरकारले यथासम्भव अनशनकारीको मागलाई गम्भीरताका साथ लिई यथाशीघ्र सहमति सम्झौता गरी जीवनको अधिकारलाई संरक्षण गर्न सम्बन्धित सबैमा सञ्जालको माग गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds