अपहरणका दाेषी ढुङ्गेल पक्राउ

  • गोरखापत्र समाचारदाता

काठमाडौं, फागुन ७ गते । जग्गा प्लटिङ गर्ने एक ब्यापारी अपहरणका दाेषी नुवाकोट फिकुरीका २९ वर्षीय अशोक ढुङ्गेललाई प्रहरीले मनमैजुबाट पक्राउ गरेको छ।

काठमाडौंको उत्तरीक्षेत्र काभ्रेस्थली, धर्मस्थली र मनमैजु लगायतका क्षेत्रमा गुण्डागर्दी तथा दादागिरी देखाउँदै आएका ढुङ्गेललगायत चार/पाँचजनाको समूहले २०६६ साल चैतमा जग्गा कारोवारी नविनकुमार नेपाललाई अपहरण गरी छ लाख फिरौती लिइ मुक्त गरेका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत पाटनले फरार अवस्थामा रहेका ढुङ्गेलविरुद्ध छ वर्ष कैद सजाय सुनाएको थियो तर उनी काठमाडौं र नुवाकोटमा लुकिछिपि बस्दै आएका थिए।

तार्केश्वर नगरपालिका वडा नम्वर–१९ मा डेरी गरी बस्दै आएका ढुङ्गेललाई ब्युरो प्रहरीले पक्राउ गरी अदालतको आदेशमा कैद भुक्तानका लागि केन्द्रीय कारागार पठाएको छ। करीव ३६ रोपनी निजी जग्गामा डोजर लगाइ प्लटिङ गरिरहेका जग्गाधनी नेपाललाई शुरु–शुरुमा धम्की दिने र डोजरको चावी थुत्ने कार्य गर्दै आएका थिए।

तर पनि नेपालले गुण्डागर्दीमा संलग्न गुण्डाहरु ढुङ्गेल लगायत अमर लामा र सुन्दर श्रेष्ठको समूहले पेस्तोल कन्चटमा तेस्र्याउँदै डोजर चालक लोकनाथ ढुङ्गानाको साथबाट चावी थुत्नुका साथै जग्गाधनी नेपाललाई अपहरण गरी फिरौती रकम लिइ मुक्त गरेका थिए।

अपहरण घटना भएको केही समयपछि महानगरीय प्रहरी बृत बालाजुले अपहरण घटनामा संलग्न अमर लामालाई तत्कालै फिरौती रकम एक लाख नगद, डोजरको चावीसहित गोंगबु नयाँ बसपार्कबाट पक्राउ गर्न सफल भएको थियो ।
उनको पक्राउपछि अन्य अभियुक्तको पहिचान हुनका साथै अपहरण मुद्दामा पक्राउ पर्न थालेका हुन्। केही ब्यक्ति अझै फरार रहेको जनाइएको छ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना