भत्कँदो साम्राज्यवादी शिविर

 dinanath_sharmaदीनानाथ शर्मा

 

संसार परिवर्तनशील छ भन्ने कुरा इतिहास सिद्ध छ ।  आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक सम्बन्धमा पनि परिवर्तन हुँदै आएको छ ।  उन्नत र विकसित पनि छ संसार ।  युग सापेक्ष परिवर्तनको संवेगलाई कसैले रोक्न सक्दैन ।  आफ्नो गतिमा निरन्तर अगाडि बढिरहन्छ ।  
एक्काइसौं शताब्दीको प्रवेशसँगै विश्व राजनीतिक प्रणालीले कोल्टे फेर्न सुरु ग¥यो ।  एउटा युग यस्तो थियो, बेलायती साम्राज्यमा कहिले सूर्यास्त हुँदैन भनिन्थ्यो ।  दोस्रो विश्वयुद्धपछि बेलायती साम्राज्यको अन्त भयो ।  आर्थिक र राजनीतिक सम्बन्धहरू अमेरिकातिर सरे ।  बीसौं शताब्दीको उत्तराद्र्धमा अमेरिका विश्वको सर्वशक्ति सम्पन्न राष्ट्र बन्यो ।  खुला अर्थ राजनीतिको आधारमा संसारमा एकछत्र साम्राज्य कायम गर्ने सपना बोकेर अगाडि बढ्यो ।  विश्व बैंक, युनिटरी फण्ड, विश्व अर्थव्यवस्थामा अंकुश लगाउने महìवपूर्ण औजार बने ।  
नब्बेको दशकमा शीतयुद्ध अन्त्यको घोषणा भयो ।  एकध्रुवीय विश्वको घोषणा ग¥यो अमेरिकाले ।  अमेरिकी अर्थ राजनीतिक पण्डित र पश्चिमा संसारले समाजवादको पतनको घोषणा गरे ।  सोभियत सङ्घको विघटनसँगै अमेरिका संरक्षित कम्युनिस्ट पार्टीहरूले अन्तर्राष्ट्रिय अन्तरविरोध सकियो भन्दै हिँडे ।  एसिया, अफ्रिका, ल्याटिन अमेरिका र विशेषगरी अरब मुलुकमा युद्ध थोपरेर सैन्य श्रेष्ठता देखाउने, रुस, चीनलाई घेराबन्दी गर्ने, तेलमा एकाधिकार कायम गर्ने र हतियारको व्यापार गर्ने रणनीति अख्तियार ग¥यो अमेरिकाले ।  अरब संसारका कतिपय जेहादी संगठनहरू अमेरिकी सैन्य कुटिलता र सीआईएका अवैध सन्तानहरू थिए ।  ओसामा विन लादेन अमेरिकाद्वारा तालिमप्राप्त जेहादी नायक थिए ।  तर तिनै अमेरिकाका लागि महँगो साबित भए ।  सीआईएको षड्यन्त्रको सिद्धान्त असफल भयो ।  सन् २००० को सेप्टेम्बर ११ को पेन्टागन र न्यूयोर्कमाथिको आक्रमणले अमेरिकी एकछत्र हैकममा ठूलो चुनौती खडा ग¥यो ।  त्यसपछि विश्व साम्राज्यवादको धुरी कमजोर बन्दै गयो ।  
यता चीनले समाजवादअन्तर्गत अर्थ राजनीतिलाई राष्ट्रिय हित अनुकूल आत्मसात् ग¥यो ।  विश्व अर्थव्यवस्थासित प्रतिस्पर्धा गरेर श्रेष्ठता कायम गर्न युद्धस्तरमा लाग्यो ।  चीनलाई युद्धमा तान्न प्रयत्न नभएको होइन ।  वर्मा, उत्तरकोरिया, पाकिस्तान, जापान, अफगानिस्तानतिर भिडाउन कोसिस भयो ।  स्वतन्त्र तिब्बतलाई अझै पनि उचालिएकै छ ।  दक्षिणपूर्व र प्रशान्त महासागर क्षेत्रमा सैन्य अखडा स्थापना गरेर अप्ठेरो पार्ने र उत्तेजित गर्ने काम भयो ।  तैपनि चीन शान्त रह्यो ।  शान्ति र आर्थिक सम्मृद्धि चीनको रणनीतिक लक्ष्य बन्यो ।  आफ्नो सम्पूर्ण स्रोत, साधन र शक्ति त्यसका लागि प्रयोग ग¥यो ।  चीनको शान्त कूटनीतिले षड्यन्त्रको सिद्धान्तलाई पराजित ग¥यो ।
पश्चिमा पुँजीवादी अर्थशास्त्रीले एक शताब्दी लगाएर तयार पारेको अर्थवैश्यीकरणले हावा खायो ।  आर्थिक संकट र मन्दीले पश्चिमा संसार पटक पटक प्रभावित भयो ।  सीमित पुँजीपति वर्गमा राष्ट्रको समग्र अर्थतन्त्र नियन्त्रित हुनु नै आर्थिक संकटको प्रमुख कारण हो भन्ने देखियो ।  राज्य निरीह भयो ।  राजनीति फेल भयो ।  ग्रिसको पछिल्लो आर्थिक संकटले त्यही कुरा पुष्टि ग¥यो ।  विश्व राजनीतिक प्रणाली र अर्थव्यवस्थामा पुनर्विचार गर्नुपर्छ भन्न थाले पश्चिमा विद्वानहरूले ।  समाजवादी अर्थराजनीतिभित्र पुँजीवादको रक्षा कसरी हुनसक्छ भन्ने विषयमा विश्वव्यापी रूपमा बहस सुरु भएको छ ।  विश्व राजनीति र अर्थ साम्राज्य एशियातिर सर्दैछ भन्ने निष्कर्ष निकालिँदै छ ।  
केजीवीले सोभियत सङ्घ विघटनलाई जोगाउन सकेन ।  ट्वीन टावरमाथि आक्रमण भएको भेउ पाउन सकेन सीआईएले ।  रअको गलत सूचनाको कारण भारत पराजित हुन पुग्यो चीनसँगको युद्धमा ।  काँग्रेस आईको राजनीति जोगाउन सकेन रअले ।  पुरानो विश्व व्यवस्था टिकाउन विचार सिद्धान्तको विकासभन्दा पनि कथित जासुसी संस्थाको षड्यन्त्रमा भर गरियो ।  जुन अप्राकृतिक र विजातीय अभ्यास थियो ।  एक्काइसौं शताब्दीको राजनीति बद्नाम संस्थाको आडमा सञ्चालन गर्न सम्भव छैन ।  पुरानो विश्व व्यवस्था आफ्नै आन्तरिक कारणले असफल हुँदैछ ।  समय पुगेपछि समाप्त हुनु प्रकृतिको नियम नै हो ।  नयाँ विश्व व्यवस्थाको जन्म एक्काइसौं शताब्दीको अनिवार्य सर्त हो ।
एक्काइसौं शताब्दीको प्रवेशसँगै विश्व राजनीतिक रंगमञ्चमा केही महìवपूर्ण घटना भएका छन् ।  विश्व पुँजीवादी अर्थ राजनीतिक प्रणाली जोगाउन भएका सबै प्रयत्न असफल हुँदैछन् ।  सद्दामका विरुद्धको अमेरिकी लगानीको औचित्य पुष्टि भएन ।  अफगानिस्तानमा भएको अमेरिकी सैन्य कारवाहीको औचित्य पुष्टि हुन सक्दैन ।  अहिले इजरायल, इराक, इरान समेतका मुस्लिम देशमा युद्ध थोपरेर विश्व पुँजीवादी प्रणालीको रक्षा संभव छैन ।  
९÷११ को ट्वीन टावर र पेन्टागनमाथिको आक्रमणपछि पछिल्लो चरणमा विश्व राजनीतिक रंगमञ्चमा तरंग पैदा गर्ने महìवपूर्ण घटना छन् ।  प्रथम, पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीको विजय ।  विश्वमा समाजवादी सत्ताको अवसान भयो भन्ने निष्कर्ष निकाल्ने पश्चिमा पुँजीवादी विद्वान भनिनेहरूको भनाइ यो घटनाले झुट साबित गरिदियो ।  सगरमाथाको देशमा ६५ प्रतिशतभन्दा बढी जनमत वामपन्थीको छ भन्ने कुरा उनीहरूकै चुनाव प्रणालीद्वारा सिद्ध भयो ।  यसले विश्वको पुँजीवादी क्याम्पको निद्रा हराम ग¥यो ।  दोस्रो, भारतीय राजनीतिमा रहँदै आएको नेहरू परिवारको वर्चस्व भत्काउँदै धार्मिक, साम्प्रदायिक पार्टीका नेता नरेन्द्र मोदीले अत्याधिक मत लिएर चुनाव जित्नुभयो ।  यथास्थितिवादको राजनीतिक विकल्प खोज्दा दक्षिणपन्थी क्याम्पमा मत केन्द्रित हुनपुग्यो ।  यथास्थितिका विरुद्धको जनताको प्रतिवाद थियो यो ।  अग्रगामी राजनीतिक शक्ति नभेटिँदा हुने यस्तै हो ।  तेस्रो, बेलायतको जनमत संग्रहमा त्यहाँका जनताले साम्राज्यवादी क्याम्पका मुखियाहरूलाई धराशयी बनाए ।  केवल बेलायती प्रधानमन्त्री क्यामरुनको पराजय मात्रै थिएन, ओवामा समेत समग्र युरोपियन युनियनका मुखियाको पराजय थियो ।  समाजवादी क्याम्पका विरुद्धको शक्तिशाली किल्ला युरोपियन युनियन भत्किने क्रम शुरु भयो ।  आर्थिक मन्दी, आप्रवासी, शरणार्थी समस्या र  बेरोजगारीको संकटमा फस्दै छ ।  पुँजीबजारमा चिनिया अर्थतन्त्रले बलियो पकड बनाउँदै छ ।  
पछिल्लो समयमा अमेरिकाको राष्ट्रपतिय पदको उम्मेदवारमा ट्रम्पको विजयले विश्व राजनीतिमा महìवपूर्ण र ऐतिहासिक अर्थ राखेको छ ।  साम्राज्यवादी क्याम्प (शिविर)मा ट्रम्पको विजय पनि अनपेक्षित भयो ।  विश्व राजनीतिक, आर्थिक, कूटनीतिक र सैन्य गतिविधिप्रति अमेरिकी जनताको असहमति र विरोध प्रकट भयो ।  संसारको समृद्ध लोकतन्त्र र बलियो अर्थतन्त्रले अमेरिकी जनतालाई सन्तुष्टि दिन सकेको रहेनछ ।  सनातनी अमेरिकी नीतिले २१ औं शताब्दीको नेतृत्व सम्भव छैन भन्ने निचोडको परिणाम हो ।  व्यक्तिगत रूपमा ट्रम्प कस्तो भन्ने महìवपूर्ण प्रश्न होइन ।  अमेरिकी जनता अमेरिकामा उथलपुथल र ठूलै परिवर्तन चाहन्छन् ।  राजनीतिक प्रणालीमा ठूलो परिवर्तन ल्याउने वैकल्पिक शक्ति देखेनन् ।  ट्रम्पले चुनावको बेला ल्याएको आप्रवासी नीति, राष्ट्रियता कूटनीति र सैन्य गतिविधिमा केही परिवर्तन ल्याउने ठानेर उनलाई विजयी बनाए ।  जर्मनी, फ्रान्स, बेलायत समेतका देशका मुखिया स्तब्ध भए ट्रम्पको विजयमा ।  
एक शताब्दीदेखि विकास गर्दै ल्याएको राजनीतिक प्रणालीलाई ट्रम्पले एकै हप्ताभित्र भत्काई दिए भन्न थालेका छन् अमेरिकी विद्वान र विश्लेषकहरू ।  साम्राज्यवादी क्याम्प अब क्रमशः दुई धु्रवमा विभक्त हुँदैछ– वैश्यीकरणको वकालत गर्ने र वैश्यीकरण विश्वको निर्विकल्प प्रणाली होइन भन्ने ।  ट्रम्पले अमेरिकी राष्ट्रियताको झण्डा उठाएर वैश्यीकरण विश्वको निर्विकल्प प्रणाली होइन भने ।  साम्राज्यवादी क्याम्पका लागि यो ठूलो झड्का हो ।  
परम्परागत विश्व राजनीतिक प्रणालीमा पुनर्विचार गर्नुपर्छ भन्ने बहस चल्न थालेको छ ।  साम्राज्यवादी क्याम्प भत्किँदै छ तर समाजवादी क्याम्पले वैचारिक रूपमा आफूलाई सक्षम बनाउन निकै मिहनेत गर्नुपर्छ ।  समय पुगेपछि फलामको बार तोडेर पनि नयाँ राजनीतिक प्रणालीको उदय हुनेछ ।  
राष्ट्रपति ट्रम्पले अमेरिकी पहिचान र एकत्वमा जोड दिँदै आएका छन् ।  राष्ट्रियतासित केन्द्रित छ यो भाव र भनाइ ।  आप्रवासीप्रति अनुदार, सीमामा पर्खाल, वातावरण संरक्षण सहयोगमा कटौती, अमेरिकी लगानी फिर्ता गर्ने नीति खुला विश्व व्यवस्थालाई चुनौती हो ।  ट्रम्पको नीति रक्षात्मक स्थितिको अभिव्यक्ति हो र अमेरिका रक्षात्मक अवस्थामा फर्कंदै छ ।  युरोप पहिलेदेखि नै बचाउको पक्षमा छ ।  युरोपियन युनियनका कानुनहरू झ्याउ र झन्झट भइसकेका छन् ।  राजनीतिप्रति उदासिनता र वितृष्णा बढ्दै गएको छ ।  त्यसैले ठोकेर भन्न सकिन्छ, विश्व राजनीतिक प्रणालीले कोल्टे फेर्दैछ ।  यो वैज्ञानिक समाजवादको संक्रमणकालीन चरणमा प्रवेश गर्दैछ ।  यसको केन्द्र एसियातिर सर्दैछ ।  
यही भूराजनीतिक चपेटाको वरिपरि नेपालको संक्रमणकालीन राजनीतिले चक्कर काटेको छ ।  पुरानोले नयाँ युगको प्रतिनिधित्व गर्न सम्भव छैन ।  नयाँ भु्रणले आकार ग्रहण गरिसकेको छैन ।  हाम्रो संविधानले लोकतान्त्रिक समाजवादको प्रस्थापना गरेको छ ।  त्यसको व्याख्या हुन बाँकी छ ।  बुझाइमा एकरूपता कायम गर्न जरुरी छ ।  नयाँ विचारसहितको शक्तिशाली नेतृत्व खोजेको छ युगले ।  परिवर्तनको प्रसव पीडापछि जन्मिने बच्चाले तीनवटामध्ये कुनै एक बोकेको छ ।  एक– सचेत अग्रगामी, दुई– प्रतिगामी, तीन– निरंकुश अधिनायकवादी ।  हामीले सचेत अग्रगामी प्रणाली पैदा गर्ने सपना देख्नुपर्छ ।  






थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना