मधेशी मोर्चा पुरानै अडानमा

सुरेशकुमार यादव

काठमाडौँ,  फागुन ९ गते ।  निर्वाचन घोषणा र संविधान संशोधन विधेयक अगाडि बढाउने विषयमा सत्तारुढ दल (नेपाली काँग्रेस, माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आ–आफ्नै अडानमा रहेको कारण आइतबार साँझ बसेको बैठकमा सहमति हुन सकेन ।   
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशी मोर्चाले राखेका सम्पूर्ण मागको सम्बोधन हुने गरी संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए पनि मधेशवादी दलका नेताहरू आफ्नो अडानबाट पछि हटेनन् ।  
मधेशी मोर्चाको अडान चुनावको मिति घोषणा गर्नुभन्दा पहिले संशोधन विधेयक पारित हुनुपर्ने छ तर सत्तारुढ दलले संशोधन विधेयक पारित गराउने नै हो तर चुनावको मिति घोषणा गर्न ढिला भइसकेकाले त्यसमा सहयोग गर्न मधेशी मोर्चालाई आग्रह गरेका थिए ।  
मधेशी मोर्चाले माग गर्दै आएको जनसङ्ख्याको आधारमा स्थानीय पुनःसंरचना गर्न पनि प्रधानमन्त्री प्रचण्ड तयार हुनुभएको जानकारी तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले दिनुभयो ।  प्रधानमन्त्रीले बैठकमा भन्नुभयो, जनसङ्ख्याको आधारमा स्थानीय पुनःसंरचना हुनुप¥यो भन्ने तपाईहरूको माग भोलिको मन्त्रिपरिषद् बैठकबाट सम्बोधन हुन्छ, संसद् आगामी बैठकमा संविधान संशोधन विधेयक पनि छलफलका लागि प्रस्तुत गर्नेछौं । ’ प्रधानमन्त्रीले यसो भने पनि मोर्चा सहमत नभएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।  
यादवले भन्नुभयो, ‘निर्वाचनको मिति घोषणा भएकै दिन हामी आन्दोलनको घोषणा गर्छौं, त्यो कुरा उहाँलाई प्रस्ट रूपमा भन्यौंैं । ’
यसअघि बिहान ९ बजे सत्तारुढ दलको बैठक बसेको थियो ।  सो बैठकले पनि चुनावको मिति घोषणा गर्ने निष्कर्ष निकालेको प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी गराउनुभयो ।  नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले बैठकपछि पत्रकारसँग कुरा गर्दै दलहरूको सहमति निर्वाचनको मिति घोषणा गरेर संशोधन विधेयक पारित गराउने भएको बताउनुभयो ।  
यसैबीच, नेपाली काँग्रेस संसदीय दलको कार्यालय
सिंहदरबारमा आइतबार बसेको पार्टीका शीर्ष नेता एवम् पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री सम्मिलित बैठकले निर्वाचन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकले सबै दलसँगको सहमतिमा तत्काल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना