पुराना खानेपानी मर्मतमा रु ९५ करोड

काठमाडौँ, फागुन १० गते । खानेपानी तथा ढल निकास विभागले पुराना खानेपानी आयोजना मर्मत सम्भारका लागि रु ९५ करोड ३० लाख बजेट विनियोजन गरेको छ । विभागले ७५ जिल्लाका दुई हजार १७० योजना मर्मतका लागि उक्त रकम विनियोजन गरेको हो ।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले खानेपानी सेवा नियमन तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत पुराना खानेपानी आयोजनालाई मर्मत गर्नका लागि बजेट छुट्याएको जानकारी दिनुभयो ।

त्यसमध्ये सबैभन्दा धेरै दार्चुलामा २१५ योजना मर्मत सम्भार गर्न लागेको छ भने सबैभन्दा कम मनाङमा तीन योजना मर्मत सम्भार गर्न लागेको छ । यसका लागि दार्चुलामा रु तीन करोड ५२ लाख र मनाङमा १५ लाख बजेट विनियोजन गरेको विभागले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना