शिवमहिमा र महाशिवरात्रि

jharendra baral_1 झरेन्द्र बराल

 

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक मुलुक हो ।  विभिन्न समयमा यहा“ मनाइने चाडपवको ऐतिहासिक धार्मिक, सांस्कृतिक, सामाजिक महŒव रहेको छ ।  कुनै पनि देशको संस्कृति त्यहाँको जनजीवन र रहनसहनबारे त्यस देशमा मनाइने विभिन्न चाडपर्व, मेलापात, जात्रा तथा परम्पराले उजागर गरेका हुन्छन् ।  जुन देश जाति र समुदायको संस्कृति धनी छ, विकसित छ, त्यहाँ यस प्रकारका सामाजिक, सांस्कृतिक एवम् धार्मिक चाडपर्व, जात्रा र परम्परा प्रशस्त मात्रामा हुने गर्छन् ।  ती देशको गौरव, प्रतिष्ठाका प्रतीक हुन् ।  यहा“ हरेक जातजातिले मनाउने विभिन्न जात्रापर्व चाडदेखि लिएर देवीदेवताप्रति आस्था, विश्वास, भक्तिका साथ पर्व मनाइन्छ ।  नेपाली संस्कृतिमा महाशिवरात्रिको विशेष महŒव छ, जसले शिवप्रतिको आस्था मात्र झल्काउ“दैन यसको सामाजिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महŒव बोकेको छ ।  
हिन्दुधर्ममा ब्रह्मा, विष्णु, महेश
(शिव) लाई क्रमशः सृष्टि, रक्षा तथा संहारका रूपमा लिइन्छ, जसमध्ये वैदिक कालबाट नै शिवलाई रुद्र्र, भव, सर्व, पशुपति, महादेवका रूपमा पूजाआजा गरिँदै आएको छ ।  यसमध्ये प्राचीनकालबाट नै पशुपतिनाथ पशुहरूका मालिकका नामले प्रख्यात छ ।  शिव शब्दको अर्थ मङ्गल अथवा कल्याण भन्ने हुन्छ ।  सृष्टिका सम्पूर्ण तŒवलाई शिवले नै कल्याण बनाउँछन् भन्ने विश्वास छ ।
संसारमा शिवको पूजा अर्चना प्राचीन कालदेखि नै चल्दै आएको छ ।  वेद, साहित्य, पौराणिक इतिहास, पुरातात्विक सबै दृष्टिले शिव तथा उनका विभिन्न रूपकोे पूजा विश्वव्यापी र प्राचीन रहेको पाइन्छ ।  विश्व सभ्यतामध्ये सिन्धुघाँटी सभ्यताका अवशेषबाट पनि शिव तथा शैव धर्मप्रतिको प्राचीनता एवं आस्था पुष्टि हुन्छ, जहाँ उत्खनन्को क्रममा शिवलिङ्ग वा लिङ्ग आकृतिका प्रस्तरका स्वरूप पाइएका थिए ।  पार्वतीले पनि अनेक तपस्या गरेर शिवलाई पति बनाएबाट शिव महादेव नै देवताका आरध्य तथा सर्वश्रेष्ठ रहेको पाइन्छ ।  विभिन्न स्रोतमा ज्ञान, ऐश्वर्य, वैराग्य, सृष्टिलगायतका गुणले सम्पन्न शिवलाई देवता, असुर र ऋषिहरूमा पनि सर्वाधिक तेजस्वी मान्दै महादेव भनिएको छ ।  महाभारतमा सर्वेश्वर, महेश्वर, कल्याणकारी, सर्वव्यापक आदि नामवाट शिवलाई सम्बोधन गरिएको छ ।  त्रेतायुगमा विष्णु अवतार रामलाई शिवले भक्ति, अनुरत्ति र शक्ति प्रदान गरेका थिए भने द्वापरमा कौरवहरूको संहारार्थ अर्जुनलाई पाशुपतास्त्र प्रदान गर्नुका साथै आफ्ना भक्त वाणासुरको रक्षार्थ कृष्णसँग समेत युद्ध गरेका थिए ।  दुःख, पीडा, अन्याय, सङ्कट तथा सन्त्रासले थाकेका सबैलाई शिवले पूर्ण विश्राम र शान्ति दिन सक्छन् भन्ने विश्वास छ  ।  
शिवमा स्थूलरुपी व्यक्त शरीर र सुक्ष्मरूपी अव्यक्त लिङ्ग गरी दुई रूप छन् ।  त्यस्तै पशु अनुचर आदिका साथ हिमालयको प्रतीक नन्दी (साँढे) मा पार्वतीसँग विराजमान भएका शिवको बायाँ हातमा नवसृष्टिको प्रतीक डमरु रहेको हुन्छ ।  साथै मृत्यु र सङ्गीतमा प्र्रवद्र्धक नटराज शिवजीले ताण्डवनृत्य गर्दा अहङ्काररूपी गजासुरलाई संहार गरेर त्यसको छालाका साथै हिंसाका प्रतीक बाघको छाला धारण गरेर संसारलाई अहङ्कार र हिंसालाई वशमा गरेपछि मात्र विश्वशान्ति हुने सन्देश दिएका छन् ।  शिव परिवारमा मयूर, सर्प, गोरु, बाघ आदि गण एक अर्काका परस्पर शत्रु भए पनि सबैको परस्परमा प्रेम र मिलाप भएबाट सहअस्तित्वको शिक्षा पनि दिएको छ ।  यही भएर पनि शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।  
नेपाली परिप्रेक्ष्यमा प्राचीनकालबाट नै शिवभावना तथा नेपाल शैवधर्मको केन्द्रको रूपमा रहेको पाइन्छ ।  पशुपतिनाथको उत्पत्तिसँग सम्बन्धित कथनदेखि लिएर नेपाल महात्म्य तथा हिमवत्खण्ड जस्ता पौराणिक ग्रन्थमा अनेक कथा पाइन्छन्, जसले नेपाललाई आदिमकालदेखि नै शैवक्षेत्र प्रमाणित गर्छ ।  ग्रन्थअनुसार मृगरूपी महादेव उफ्री हिँड्ने वन नै पशुपति छेउको वन हो तथा महादेवले मृगरूप लिएर क्रीडा गरेको हुनाले नै यस वनको नाम मृगस्थली रहन गएको हो ।  
विभिन्न कोणबाट वर्णन गरिएका देवता शिवको जन्म भएको दिन मानेर महाशिवरात्रि पर्व फागुन कृष्ण चर्तुदशीका दिन मनाइन्छ ।  ज्योर्तिमय लिङ्गका रूपमा प्रकट भएका पशुपतिनाथको विश्वमाझ सर्वाधिक महŒव रहेको छ ।  हिन्दु परम्परा तथा समाजमा प्रत्येक देवीदेवताका विशेष दिन तथा रात छन्, जसमा चार रात्रिहरूको ऐतिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिले विशेष महŒव छ, जुन रात्रिहरू विभिन्न देवीदेवताको जन्मसँग सम्बन्धित छन् ।  भगवान् कृष्णको जन्म भएको रातलाई ‘मोहरात्रि’, बडादशैँको आठौंँ रात अर्थात् दुर्गा पूजाको रातलाई ‘कालरात्रि’, लक्ष्मीपूजाको रातलाई ‘शुखरात्रि’, एवम् शिव जन्मको रातलाई  ‘शिवरात्रि’ मानिन्छ ।  यसमध्ये शिवजन्मको रातलाई महान् मानेर महाशिवरात्रि पर्व शिवमन्दिरलगायतका क्षेत्रमा शिवको पूजा, भक्ति, आरधना गरी भव्य रूपमा मनाइन्छ ।  
सम्पूर्ण सृष्टिपछि पार्वतीले वर्षभरिको त्यो कुन दिन हो, जुन हजुरलाई साह्रै मन पर्छ भनेर सोध्दा फागुन महिनाको कृष्णपक्षको चतुर्दशी मेरा लागि सर्वप्रिय दिन हो भनी शिवले बताएबाट नै शिवरात्रिको सुरुवात भएको मानिन्छ ।  शिवसाधनाबाट सबैको कल्याण गर्न प्रवृत्त गराउने शिवसँग सम्बद्व शिवजीको परमप्रिय तिथि नै शिवरात्रि महापर्व हो, यसबाट पनि यसको महŒव छ ।  
महाशिवरात्रिको समयमा प्रशिद्ध देवता पशुपतिनाथ तथा आसपासका क्षेत्रमा भव्य समारोह आयोजना गरी यो पर्व मनाउने चलन छ ।  विश्वमै प्रख्यात पशुपतिनाथ क्षेत्रमा स्वदेश तथा विदेशबाट असङख्य साधु, सन्त, महात्मा तथा शैव धर्मावलम्बी आई शिव तथा लिङ्गको पूजा, आरधना, भक्ति गर्ने परम्परा छ ।  यसै अवसरमा पशुपति क्षेत्रमा भारतलगायतका विभिन्न क्षेत्रबाट आएका शैवमार्गी तथा साधुहरूले विभिन्न भेष धारण गरी धुनी जगाउने, रमाइलो गर्ने चलन शिवरात्रिको महŒवपूर्ण पक्ष हो ।  
शैवधर्म तथा शिवको महिमासँग गाँसिएको महŒवपूर्ण पक्ष शिवलिङ्ग पूजा पनि हो, जुन शिवको ज्योर्तिमय निराकारको रूप हुनका साथै सिर्जनात्मक शक्तिको प्रतीक हो ।  शिवलिङ्ग नै विश्वको प्रजनन् शक्ति मानिन्छ, जसमा सबै देवताको अस्तित्व र तीनै लोक अडेको मानिन्छ ।  तसर्थ शिवको सर्वाधिक पूजा लिङ्गरूपी पत्थरमा गरिन्छ ।  लिङ्ग पुराणमा शक्तिलाई नै शिव तथा शिवलाई नै शक्ति मानिएको छ, सृष्टिका मूल तŒव अग्निमय पुरुष र सोममय प्रकृति (स्त्री) को संयुक्त रूप नै अद्र्धनारीश्वर शिवको रूप हो ।  शिवलिङ्गको आधारलाई  ‘गौरीपीठ’ मानिन्छ भने योनीको आकारको भएकोले यसलाई शक्तिको रूप मानिन्छ ।  तसर्थ महान् पर्व शिवरात्रिमा विशेषगरी शिवको प्रतीक मानेर शिवप्रति भक्ति, आरधना, पूजा गर्नुका साथै लिङ्गपुजालाई विशेष महŒव दिइन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना