राजदूतको जिम्मेवारी र भागबण्डा

Purushottam marhatthaडा. पुरुषोत्तम मरहठ्ठा

 

 

डेढसय वर्ष अघि पश्चिममा आफ्ना विद्यार्थीहरूलाई कला कौशल र ज्ञानका लागि ढोका खुलेपछि प्रविधि हस्तान्तरणबाट जापानले विज्ञान र प्रविधिमा छलाङ् मार्न पुगेको थियो ।  यी विद्यार्थीले पश्चिमसंँग सिकेका प्रविधिहरू आफ्नो मुलुकमा सजिलै भिœयाए ।  एकथरि जापानलाई खुल्ला राख्न चाहन्थे भने अर्कोथरि एकलकाँटे नीति देशले अपनाओस् भन्नेमा थिए ।  पश्चिमी देशमा अध्ययन र रोजगारीका लागि गएका केही आशलाग्दा व्यक्तिहरूबाट नेपालले पनि यस्तै चाहना राख्नु अस्वाभाविक होइन ।   
कमिशनमा चलेको नेपाली अर्थव्यवस्थाले देशलाई औद्योगीकरण गराउनेभन्दा दुई ठूला राष्ट्रको औपनिवेशिक बजारको विकास र विस्तारमा लगाएर मुलुकको सम्पूर्ण मेसिनरी छिमेकीको हितमा नलगाएको भए आज यो मुलुकले उपहारमा पाएका उद्योगहरू आफ्नै अगाडि बेचेको नेपालीले टुलुटुलु हेर्नुपर्ने थिएन ।  नीति निर्माण तहमा बस्नेहरू भ्रष्ट भएसम्म देशभित्र बढ्दै गएको औपनिवेशिक अर्थतन्त्रको जालोले यो मुलुकभित्र कहिल्यै प्रविधि हस्तान्तरण होला भनेर नसोचे पनि हुन्छ ।  
अहिले विश्व बजारमा उच्चस्तरीय प्रविधि भिœयाउन सक्ने जनशक्तिदेखि मध्यमस्तरीय प्रविधि ल्याउनसक्ने खुबी भएका थुप्रै नेपाली कुनै न कुनै पेशा व्यवसायमा रहेका छन् ।  प्रयोग भइरहेका छन् ।  विकसित हतियार प्रविधिहरूसँग बेखबर बनेको नेपालका नागरिक उच्च प्रविधिले सम्पन्न भारत र बेलायतमा प्रयोग हुने हाइटेक हतियारहरू विदेशी बर्दीमा प्रयोग गरिरहेका छन् ।  देशको सुरक्षाको निम्ति नेपाली सेना आफैँले पनि आन्तरिक रूपमा हतियारको विकास नगरेको होला भन्न सकिन्न ।  भीमसेन थापाको पालादेखि फ्रेन्च प्रविधि भिœयाएको नेपालसँग केवल परम्परागत हतियारमात्र होला भनेर मान्न सकिन्न ।  यो मुलुक आन्तरिक र वाह्य सुरक्षामा  आत्मनिर्भर नभएको भए सेनाको व्यारेक आक्रमण गर्ने माओवादीसंग १० वर्षे युद्ध कसरी लड्थ्यो ? तर हामीलाई तिव्र औद्योगिक विकासका लागि पश्चिमी ज्ञान र विज्ञान आफ्नो देशमा भिœयाउने कूटनीतिक प्रतिनिधिको अभाव छ ।  
नेपालको वैदेशिक नीतिलाई स्पष्टसँग राख्न सक्ने असाधारण खुबी र बौद्धिक ज्ञानको अभावले कूटनीति कमजोर बन्दै गएको छ ।  बार्गेनिङ् क्षमताको अभावले धेरै अवसर नेपालले गुमाएको पनि छ ।  दर्जनभन्दा बढी ठाउँमा विगत तीन वर्षदेखि दूताबास शून्य राखेर देशले के गर्न खोजेको थियो कसैले भेउ नै पाएनन् ।  स्थानीय तहको चुनाव घोषणासँगै राजदूतको पदपूर्ति त भयो तर बण्डापत्र गरेर ।  योग्यताभन्दा भागबण्डाको वरियता क्रममा नियुक्त भएर देशको प्रतिनिधित्व गर्नेहरूले सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाण्डे, भेषबहादुर थापाले देखाएको कूटनीतिक चातुर्य देखाउन सक्लान्, नसक्लान् ? दलहित छोडेर राष्ट्रहितमा लाग्ने हो भने त्यो सम्भव छ ।  तर सत्तामा मदोन्मत्त दलहरूको मात्र भागबण्डे कूटनीति नियुक्ति हुँदै जाने हो भने देशका विद्वानहरू आकाशे भरिया बनेर मुलुकलाई बाईबाई गर्नुपर्ने दिन आउन सक्छ ।  यो मुलुक चारआने सदस्यता काटेर बन्नेहरूको मात्र होइन, सबै नेपालीको हो ।  
नेपालबाट नियुक्त भएर जाने राजदूत मुलुकको आन्तरिक र बाह्य घटनाहरूबारेमा निरन्तर जानकार हुनै पर्दछ ।  हालै विपत पत्रकारिताको पुस्तक विमोचनमा अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले पत्रकार र राजदूत दुवै सही सूचनाको भोको हुन्छन् भनेको यथार्थ नेपालका राजदूतहरूले सिक्नु पर्दछ ।  बाह्य देशमा नेपालको प्रचार र प्रसार गर्ने क्षमता मात्र देखाएर हैन मुलुकभित्र प्रविधि भिœयाउने क्षमता भएका ज्ञाताको आवश्यक छ ।  शान्ति र युद्धकालमा शत्रुता र मित्रतापूर्ण सम्बन्ध बनाउन र बिगार्न राजदूतको ठूलो हात हुन्छ ।  नेपालले भोगिसक्यो अघोषित नाकाबन्दीमा विदेशी राजदूतले देखाएको सक्रियताले मुलुकको बर्बादी हुन गएको ।  त्यसैले बन्ने र बिग्रनेमा हाम्रा राजदूतहरूको पनि   महìवपूर्ण भूमिका रहन्छ ।  राजदूतले प्राण सङ्कटमै परे पनि आफ्नो देशको धारणा राख्न डराउनु हुन्न ।  तर हामीले नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्नबाट डरायौँ ।  कौटिल्य अर्थशास्त्रले कूटनीति क्रियाकलापको बारेमा उल्लेख गरे पनि नेपालले त्यसलाई अनुसरण गर्न सकेन ।  
वर्तमान समयमा नेपालको कोही कसैसँग शत्रुतापूर्ण सम्बन्ध नरहेको परिप्रेक्ष्यमा एक आपसमा कलह गराउने काम यो मुलुकका कूटनीतिज्ञहरूले गर्न सक्दैनन् ।  बरु छिमेककाले आफूलाई क्षेत्रीय शक्तिको रूपमा देखाउन हरतरहले लागिरहेका छन् ।  नेपालको कोही कसैसँग शत्रुतापूर्ण सम्बन्ध छ भने त्यो हो गरिबी र पछौटेपन ।  त्यसैका विरुद्ध लड्न हाम्रो कूटनीति परिचालन हुनु आवश्यक छ ।  नेपालले कसैलाई दाम दिएर आफ्नो पक्षमा राख्न सक्दैन तर, साम अर्थात् झैझगडाको शान्तिपूर्ण उपायबाट समाधान गर्न भने सक्दछ ।  नेपालले भेद अर्थात् विपक्षी र उसका समर्थकहरूलाई कलह गराएर आफैं मात्र निकास दिनसक्ने खुबी प्रदर्शन गर्न पनि सक्दैन ।  
नेपालको भलो चाहना गर्ने सबै राष्ट्र देखिन्छन् तर नेपाल स्रोत र साधनले गर्दा आफूभन्दा सम्पन्न होला, शासन व्यवस्था राम्रो देला भन्ने कुनै  देशको चिन्ता हुन पनि सक्छ ।   भारतको नेपालसँग र नेपालको भारतसंँग त्यस्तो नराम्ररी सम्बन्ध बिग्रेको त छैन ।  तर भारतकै कारण नेपालका कतिपय मित्रहरू नेपाललाई बेलाबखत मद्दत गर्न सक्तैनन् ।  सम्बन्धमा तनाव छैन तर पनि खुसी छिन्न खोजिन्छ ।  दुवैमा विजय आकाङ्क्षा बढेको पनि छैन ।  मौका पर्दा पछाडिबाट खल्बल्याइदेला भन्ने डर भने दुवैमा देखिएको छ ।  वास्तवमा हामी सीमा जोडिएका चीन र भारतसँग मित्रभावले रहने प्राकृतिक मित्र राज्य हौँ ।  हामी कसैलाई निषेध गर्ने स्थितिमा छैनौँ तर कसैलाई परास्त गरेर दीर्घकालको शत्रु बनाउन हामी जस्तोसुकै नीति अख्तियार गर्न सक्दैनौँ ।  शक्ति प्राप्त गर्ने, कायम राख्ने र आफ्नो मुलुकलाई दीर्घकाल कसरी सुरक्षित बनाउनेमा भने हामी लाग्नै पर्दछ ।  सधैँको लम्पसारवादले नेताको स्वाभिमान त झुक्यो झुक्यो जनताको शिर झुकाउन दिनु भएन ।  त्यसैले षाड्गुण्य नीतिअपनाएर साम, दाम, भेद र दण्डको  नीति सन्धि, विग्रह, संशय, जस्ता विषयमा नेपालको कूटनीतिलाई अलि खार्नैपर्ने भएको छ ।  
भविष्यमा देशलाई कायापलट गराउने प्रविधि हस्तास्तरण र आर्थिक समृद्धि ल्याउन हाम्रा राजदूतहरूले खेल्ने भूमिकाबाट नै देशको गिर्दै गएको साखलाई माथि उठाउन सकिन्छ ।  क्षमतावान राजदूतले मुलुकको कायापलट गराउने आर्थिक र प्राविधिक सहयोग मुलुकभित्र ल्याउन जस्तोसुकै निर्णय लिने हैसियत राख्न सक्दछन् ।  भागबण्डामा परेका राजदूतले आफूलाई नियुक्त गर्ने दलको हितबाहेक देशको समग्र हितमा काम गर्न सक्लान् ? नेताका सन्तानलाई छात्रवृत्ति दिलाउने र औषधोपचार गराउने काममा हाम्रा नियोगहरू केन्द्रित भए भने लोकतन्त्रले नेपालीको लागि भावुुकता बाहेक केही दिन सक्दैन ।  राजदूतमा प्रज्ञागुण, अभिज्ञा गुण र उत्साह गुण छैन भने तिनले देशको लागि हैन दलको लागि प्रतिनिधित्व गर्नेछन् ।  सर्वाधिकार सम्पन्न राजदूतका अतिरिक्त भियना कन्भेन्सनका आधारमा अन्तर्राष्ट्रिय संगठनमा राज्यको प्रतिनिधित्व गर्नका लागि राज्यको प्रतिनिधित्व गर्ने राजदूतहरू अब यो देशले भागबण्डामा पठाउने हो भने दलको क्षेत्राधिकारमा नपर्ने विद्वानहरूको त रामधुलाई हुने नै भयो ।  
मुलुक अहिले संक्रमणको उत्कर्षमा पुगेको छ ।  त्यसैले देशको व्यथा घटाउनमा भागबण्डे राजदूतहरूले कसरी सम्बन्धित देशमा मुलुकको प्रस्तुती दिनेछन् त्यसैमा नेपाली जनताको भविष्य निर्धारण हुनेछ ।  नेपालको प्रतिनिधित्व गर्ने राजदूतहरूले आफ्नो पदावधिलाई ख्वामितहरूको भक्तिमा लगाएर सजिलै समय बिताउँछन् कि राष्ट्रिय हितमा चलायमान हुन्छन् तिनको भूमिकाबाट थाहा हुने नै छ ।   
नेपालसँग देखाउने धेरै छ सगरमाथादेखि लुम्बिनी, पशुपतिदेखि मुक्तिनाथ, फेवादेखि रारा, कोशीदेखि कर्णालीसम्मका अनगिन्ती नदी नाला ताल तलैयाबाट परिआउँदा सुन बनाउने हैसियत देखाउन हाम्रा कूटनीतिको क्षमतामा भर पर्छ ।  हामी कुनै देशमाथि पूरै निर्भर बन्नुपर्ने अवस्था छैन ।  हाम्रा राजदूतको कूटनीतिक सक्रियता राष्ट्र हितको लागि देखियो भने मुलुकले प्रविधि मात्र हैन पुँजीसमेत यो भिœयाउन सक्छ ।  राजदूत नियुक्ति पुरस्कारको पारितोषिक मान्ने हो भने दूतावासले भोड्का र ह्वीस्की ख्वाएको बीलभर्पाइ मन्त्रालयमा पठाएर सदैव लोकतन्त्र दिवस, गणतन्त्र दिवस मनाउने चलन कायमै रहनेछ ।  त्यसैले देशको कायापलट गराउन हाम्रो खाँचोमा उठेका सहयोगी हातहरूसँग हाम्रा राजदूतहरूले प्रतिफलको सम्भावना खोज्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना