स्ववियु चुनाव: जहाँ स्थगित भयाे, त्यहाँ अब दुई वर्षपछि

  • गोरखापत्र समाचारदाता

काठमाडौं, फागुन १८ गते। त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले बुधवार स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन हुन नसकेका क्याम्पसमा अब दुई वर्षपछि मात्र निर्वाचन हुने बताउनुभएको छ।

Rss_Images_1488352102115_RoS_ KTM_170301IMG_0127

रफत सञ्चार क्लबले बुधवार गरेको साक्षात्कार कार्यक्रममा उहाँले निर्वाचन हुन नसकेर स्थगित भएका क्याम्पसमा दुई वर्षपछि मात्र स्ववियुको निर्वाचन हुने स्पष्ट गर्नुभयो।

उहाँले भन्नुभयो–विद्यार्थी संगठनहरुसँग क्याम्पसले आन्तरिक सहमति गरेर स्ववियू निर्वाचन गर्न सक्लान्, त्रिवि निर्वाचन समितिले भने अब निर्वाचन गराउँदैन।

बुधवार त्रिभुवन विश्व विद्यालयका उपत्यकाका सात र उपत्यका बाहिरका १५ वटा अांगिक क्याम्पसमा निर्वाचन भैरहेको जानकारी पनि त्रिपाठीले दिनुभयो। उहाँले स्ववियू निर्वाचन आचारसंहिता विद्यार्थी नेता र संगठनका कारण लागू गर्न नसके पनि निर्वाचन शान्तिपूर्ण भएको वताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना