आवेदन आह्वान

काठमाडौँ, फागुन २१ गते । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले ‘चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१७ नेपाल’को आवेदन आह्वान गरेको छ ।  कार्यक्रमको पहिलो चरणको परीक्षा आगामी चैत १२ गतेदेखि काठमाडौँ, विराटनगर, चितवन, पोखरा र बुटबलमा सञ्चालन हुने जनाइएको छ ।  
नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार ‘चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड’मा १२ उत्तीर्ण र २० वर्षभन्दा कम उमेरका विद्यार्थीले मात्र सहभागिता जनाउन सक्नेछन् ।  तीन चरणमा सञ्चालन हुने यो परीक्षाको अन्तिम चरणमा चयन भएका पाँचजना उत्कृष्ट विद्यार्थी आगामी नोभेम्बरमा थाइल्याण्डमा हुने ११औँ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना